मस्कले अमेरिकालाई तिर्नु पर्ने कर ११ अर्ब डलर, टेस्लाको शून्य

फागुन १, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी अर्बपति व्यापारी एनल मस्कले सन् २०२१ को लागि आफूले अमेरिकालाई करीब ११ अर्ब डलर कर तिर्ने बारम्बार बताएका छन् । हुनत उनले यसो भन्दा धेरै कर तिर्नुपर्यो भनेर गुनासो गरेको पनि हुन सक्छ । यो अमेरिकाको संघीय सरकारलाई कुनै व्यक्तिले तिरेको अहिलेसम्मकै धेरै कर हुने दाबी उनले गरेका छन् । मस्कले कीर्तिमानी स्तरमा कर तिर्दा उनको कम्पनी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाले भने संघीय सरकारलाई एक सेन्ट पनि नतिर्ने देखिएको छ । संघीय सरकारलाई कर बुझाउने योजना टेस्लाको निकट भविष्यमा समेत कुनै योजना नभएको देखिएको छ । कम्पनीले हालै गत वर्ष टेस्लाको लागि अहिलेसम्मकै धेरै मुनाफा मुलक भएको तथ्यांक सार्वजनिक गरेको छ । सन् २०२१ मा टेस्लाको खूद मुनाफा ५ अर्ब ५० करोड डलर थियो । समायोजनपछिको आम्दानी ७ अर्ब ६० करोड डलर छ । कम्पनीले हालै अमेरिकाको सेक्युरिटिज एन्ड एक्सचेञ्ज कमिशन (सेक) मा बुझाएको वार्षिक वित्तीय फाइलिङको फूटनोटमा भने अमेरिकी व्यवसायमा कम्पनीलाई गत वर्ष १३ करोड डलर घाटा भएको बताइएइको छ । कुल विक्रीको ४५ प्रतिशत अमेरिकी बजारमा भएको भएपनि कम्पनीको कर पूर्वको सारा मुनाफा सबै विदेशमा भएको व्यवसायबाट आएको बताइएको छ । विदेशमा टेस्लाको कर ८३ करोड ९० लाख रहेको फूटनोटमा बताइएको छ । राज्यलाई तिुर्न पर्ने कर ९० लाख डलर छ भने संघीय करको आकार शून्य छ। कम्पनीको अमेरिकी व्यवसायले घाटा बेर्होनुमा अमेरिकी बहुराष्ट्रिय कम्पनीहरुबीचको साझा अभ्यासका कारण भएको हुन सक्ने अमेरिकी कर  विज्ञ ट्याक्स एनालिष्टका प्रमुख अर्थशास्त्री मार्टिन सुलिभान बताउँछन् । कर योग्य आम्दानी थोरै देखाउन वा कर नै नतिर्न अमेरिकी बहुराष्ट्रिय कम्पनीहरुमा विदेशमा सहायक कम्पनीहरु खोल्ने प्रवृत्ति देखिएको छ । उदाहरणका लागि कम्पनीले कुनै बौद्धिक सम्पत्ति विदेशमा रहेकामध्ये कुनै एउटा सहायक कम्पनीलाई दिन्छन्, अनि अमेरिकी व्यवसायलाई भने सोको प्रयोग बापत शुल्क तिराउँछन् । यस्तै खालका व्यवहारका कारण विदेशका व्यवसाय निकै नाफामा चल्दा पनि अमेरिकी व्यवसाय भने घाटामा चल्ने वा थोरै मात्रै नाफा कमाउने अवस्था सृजना हुन्छ । यस्तो नगर्नु अमेरिकी बहुराष्ट्रिय कम्पनीको हकमा कुरिती हुने सुलिभान बताउँछन् ।  अमेरिकाका बहुराष्ट्रिय कम्पनीहरुको ६१ प्रतिशत अन्तरराष्ट्रिय मुनाफा टयाक्स हेभेन देशहरु बर्मुडा, क्येमन्स, आयरल्यान्ड, लक्जेम्बर्ग, नेदरल्यान्ड स्वीटजरल्यान्ड र सिंगापुरमा भएको हालै अमेरिकी  अर्थमन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ । कर प्रणालीमा भएको छिद्रको प्रयोग गरेर वा कर तिर्नबाट टेस्लालगायत ठूला अमेरिकी कम्पनीहरु बच्ने गरेको भन्दै पछिल्लो समय आलोचकहरुले बताइरहेका छन् । यसरी मुनाफा र जागिर विदेशपार लैजाने प्रवृत्तिमा अन्त्य गर्ने प्रयास पनि भइरहेको छ । तर अहिलेसम्म अमेरिकाको संसद यसो गर्न असफल भइरहेको छ । कम्पनीले फाइलिङमा कुन देशमा टेस्लाले नाफा कमाइरहेको छ भनेर पनि भनेको छैन । यसबारे सोधिएको प्रश्नको उत्तर पनि दिएको छैन । कम्पनीले विगतमा भएको घाटा देखाएरै पनि अहिलेको आम्दानीमा तिर्नु पर्ने करबाट पनि बच्ने देखिन्छ । ‘क्यारी फवार्ड’ हुने खूद सञ्चालन घाटा देखाएर पनि कम्पनी कर तिर्नबाट सजिलै बच्न सक्ने विश्लेषकहरुले बताएका छन् । टेस्लाले एक दशकसम्म घाटा मात्रै बेहोरेको थियो सन् २०२० मा पहिलो पटक यसले नाफा कमाएको थियो । मस्कको दूर्लभ कर  हामी सर्वसाधारणहरुले त हरेक वर्ष आफ्नो वर्षभरिको आम्दानीमा कर बुझाउँछौं । विश्वका अति धनाढ्यहरुले त झन् कति धेरै कर तिर्लान् भन्ने प्रश्न तपाईहरुको मनमा पनि बारम्बार आएको हुन सक्छ । तर यिनीहरुले  झन आय कर नै नतिरेको सुन्दा तपाईहरुलाई अचम्म लाग्न सकछ । जेफ बेजोस, माइक्ल ब्लुम्बर्ग, वारेन बफेट र एलन मस्क लगायत सबैभन्दा धनीहरुले कयौं वर्ष अमेरिकाको संघीय सरकारलाई आय कर नै नतिरेको भन्दै गत वर्ष एउटा समाचार सार्वजनिक भएको थियो । सन् २०१८ मा यिनीहरु मध्ये कसैले पनि अमेरिकाको संघीय सरकारलाई एक सेन्ट पनि आय कर तिरेनन् ।  मस्कको कुरा  गर्नु पर्दा उनले टेस्लाबाट तलब नै लिदैंनन् । तलबको सट्टा उनले कम्पनीको प्रदर्शनका आधारमा बेच्न मिल्ने शेयर पाउँछन् । ती शेयर नचलाउँदा वा नबेच्दा सम्म उनले सरकारलाई कर तिर्नु पर्दैन । सन् २०२२ को अगष्टमा म्याद सकिन लागेका २ करोड २९ लाख कित्ता स्टक अप्शन मस्कले किन्नु पर्नेछ । गत वर्ष अतिरिक्त शेयर किन्न मस्कले ती अप्शनहरु चलाउन शुरु गरे । मस्कले २३ अर्ब ६० करोड डलर बराबरको शेयर किन्न १४ करोड २६ लाख डलर खर्च गरेका छन् । योसँगै सन् २०२१ को लागि उनको कर योग्य आय २३ अर्ब ५० करोड डलरमा पुगेको छ । अमेरिकामा संघीय करको कर ४१ प्रतिशत छ । मस्कले आफूसँग पहिला नै भएको अतिरिक्त शेयरमध्ये केही शेयर पनि बेचेका थिए । यसमा पनि उनले पूँजीगत लाभ कर तिर्नु पर्छ । यी सबैले गर्दा सन् २०२१ मा मस्कले तिर्न पर्ने संघीय आय कर ११ अर्ब डलर पुगेको हो । मस्कले गएको वर्ष थप ८४  लाद कित्ता स्टक अप्शन पाएका छन् । योसँगै उनीसँग कूल ६ करोड ७५ लाख स्टक अप्शन छ । तर यी स्टक अप्सनको म्याद सन् २०२८ मा मात्रै गुज्रिनेछ । यी शेयर चलाउन उनीसँग अझै पाँच वर्षको समय छ । एजेन्सीको सहयोगमा 

सम्बन्धित सामग्री

११ अर्ब हिनामिनापछि समस्याग्रस्त घोषणा

सर्वसाधारणको करिब साढे ११ अर्ब रूपैयाँ निक्षेप रकम हिनामिना भएपछि सरकारले दुई सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शिव शिखर र तुलसी सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ।...

सहुलियतपूर्ण ब्याज अनुदानका लागि सरकारले छुट्यायो ११ अर्ब रुपैयाँ

सरकारले सहुलियतपूर्ण ब्याज अनुदानका लागि ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

११ अर्ब बराबरको विद्युत भारततर्फ निर्यात

काठमाडौं । यस वर्षको पुस ३ गतेसम्ममा ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत् नेपाल विद्युत प्राधिकरणले निर्यात गरी ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ । प्रााधिकरणले देशभित्र खपत गरी […]

११ अर्ब १६ करोडको विद्युत भारत निर्यात

काठमाडौं– ३ पुससम्ममा ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत नेपाल विद्युत प्राधिकरणले निर्यात गरी ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ । प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत […]

११ अर्ब लगानी, ८३ हजार स्वरोजगार

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले विगत १३ वर्षमा स्वरोजगारका कार्यक्रम सञ्चालन गर्न ११ अर्ब लगानी गरेको छ । कोषले स्थापनाको १३ वर्षमा विभिन्न स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्न ११ अर्ब ९ करोड ४८ लाख ३५ हजार रुपैयाँ लगानी गरेको हो ।कोषले यो अवधिमा ८३ हजार युवालाई स्वरोजगार बनाएको जनाएको छ । यसमध्ये विपन्न वर्ग कर्जाअन्तर्गत […]

राष्ट्र बैंकद्वारा ११ अर्ब ८४ करोड पुनरकर्जा स्वीकृत

राष्ट्र बैंकले मंसिर मसान्तसम्म ११ अर्ब ८४ करोड रुपैयाँ पुनरकर्जा स्वीकृत गरेको छ । विशेष र साधारण गरी बैंकले कुल २९ वटा बैंक तथा वित्तीय संस्थाहरुमार्फत ९१ ऋणीहरुलाई कुल ११ अर्ब ८४ करोड ४ लाख रुपैयाँ पुनरकर्जा स्वीकृति दिएको हो ।यस्तो स्वीकृति विशेष पुनरकर्जामा १० वटा वित्तीय संस्थाबाट १५ जना ऋणीहरुलाई २ अर्ब ४५ करोड ७८ लाख रुपैयाँ र साधारण पुनरकर्जामा २७ वित्तीय संस्थाहरूबाट ७६ ऋणीहरुलाई ९ अर्ब ३८ करोड २६ लाख रुपैयाँ स्वीकृत गरेको बैंकले जनाएको छ । प्रदेश अन्तर्गत यस्तो कर्जा सबैभन्दा बढी

प्रतिबन्धित कन्टेन्ट राखेको भन्दै गूगललाई ११ अर्ब जरिवाना

रुसले गूगललाई प्रतिबन्धित कन्टेन्ट राखेको भन्दै ११ अर्ब रुपैयाँ जरिवाना तिराउने भएको छ । धेरै पटक भन्दा पनि गूगलले अनैतिक कन्टेन्ट डिलिट नगरेको भन्दै रुसले यस्तो जरिवाना तिराउने भएको हो । रुसी अदालतले मेटालाई पनि यही प्रतिबन्धित कन्टेन्ट डिलिट नगरेको भन्दा ३ अर्ब रुपैयाँको जरिवाना तिराएको छ । रोयटर्सका अनुसार मेटाले करिब २ हजार ब्यान गरिएको सामाग्रीहरु हटाएको...

एलन मस्कले गरे ११ अर्ब डलर कर तिर्ने घोषणा

न्युयोर्क, ६ पुस : अमेरिकाको चार पांग्रे विद्युतीय सवारी कम्पनी टेस्लाका मालिक एलन मस्कले ११ अर्ब डलर कर तिर्ने घोषणा गरेका छन् । कर नतिरेकाे भन्दै सामाजिक सञ्जालमा आलाेचना भइरहेका बेला टेस्लाका प्रमुख कार्यकारी मस्कले आफूले यो वर्ष ११ अर्ब डलर कर तिर्ने बताएका हुन् । टाइम म्यागेजिनले मस्कलाई वर्ष व्यक्ति घोषित गरेको केही समयपछि […]

एलन मस्कले गरे ११ अर्ब डलर कर तिर्ने घोषणा

अमेरिकाको चार पाङ्ग्रे विद्युतीय सवारी कम्पनी टेस्लाका मालिक एलन मस्कले ११ अर्ब डलर कर तिर्ने घोषणा गरेका छन् ।  कर नतिरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेका बेला टेस्लाका प्रमुख कार्यकारी मस्कले आफूले यो वर्ष ११ अर्ब डलर कर तिर्ने बताएका हुन् ।  टाइम म्यागेजिनले मस्कलाई वर्ष व्यक्ति घोषित गरेको केही समयपछि वारेनको भनाई आएको थियो । उनलाई वर्ष व्यक्ति घोषित गरेको भन्दै विभिन्न व्यक्तिले टाइम म्यागेजिनको आलोचना गरेका थिए ।यसअघि अमेरिकी माथिल्लो सदन सिनेटमा डेमोक्रयाटिक पार्टीकी

तामाकोसी–५ मा सञ्चय कोषले सवा ११ अर्ब लगानी

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीमार्फत दोलखामा निर्माण हुन लागेको ९९.८ मेगावाटको तामाकोसी पाँचौं जलविद्युत् आयोजनाको लागि सञ्चय कोषले सवा ११ अर्ब ऋण लगानी गर्ने भएको छ ।४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाको क्यास्केड आयोजनाको रुपमा रहेको सो आयोजनाको लागि कुल लागतको ७० प्रतिशत अर्थात ११ अर्ब ३३ करोड लगानी गर्न लागेको हो । आयोजनाको लागत करिब […]