अमेरिकाका कारण टाट पल्टियो भारतको चौथो ठूलो वायु सेवा कम्पनी 'गो फर्स्ट', '१ खर्ब घाटामा'

काठमाडौं । भारतीय विमान सेवा प्रदायक कम्पनी गो फर्स्ट (Go First) टाट पल्टिएको छ । यात्रीको संख्याका आधारमा त्यहाँको चौथो ठूलो घरेलु विमान सेवा प्रदायक कम्पनीले आफू ऋण तिर्नै नसक्ने अवस्थामा पुगेको भन्दै इन्सल्भेन्सी कानूनको धारा १० अन्तर्गत अदालती संरक्षण माग्दै आवेदन दिएको हो ।  अमेरिकी इञ्जिन आपूर्तिकर्ताका कारण आफू टाट पल्टिएको भन्दै कम्पनीले अदालती संरक्षण मागेको हो । कम्पनीले एक्कासी आफ्ना सयौं उडानहरु पनि रद्द गरेको थियो । गो फर्स्ट सस्तो खालको हवाई सेवा प्रदान गर्ने (Budget Airlines) कम्पनी हो । यो सन् २०१९ यता धराशयी हुने भारतको पहिलो शीर्ष हवाई सेवा प्रदायक पनि हो । त्यति बेला जेट एयरवेज (Jet Airways) टाट पल्टिएको थियो । जेट एयरवेज एक दशकभित्र टाट पल्टिने तेस्रो भारतीय एयरलाइन्स थियो । कोरोना भाइरसको महामारीको प्रभावबाट भारतको हवाई उड्ययन क्षेत्र उब्रिरहेको अनि यात्रीहरुको संख्या पनि कीर्तिमानी स्तरमा उक्लिरहेकै समयमा कम्पनी टाट पल्टिएको हो ।  करीब २ दशकदेखि व्यवसाय चलाइरहेको गो फर्स्ट घाटामा चलिरहेको थियो । कम्पनीले मंगलवार एक्कासी मे ३ देखि मे ५ को बीचमा सबै उडानहरु रद्द गरेको घोषणा गर्दै भारतको दिल्ली स्थित राष्ट्रिय कम्पनी ल ट्रिब्यूनल (एनसीएलटी)मा स्वेच्छिक रुपमा दामासाहीमा जान चाहेको भन्दै आवेदन दिएको थियो । कम्पनीको ६० प्रतिशतभन्दा धेरै उडान ग्राउन्डेड भइसकेको थियो । अमेरिकी कम्पनी प्र्याट एन्ड ह्वाइट्नीसँग कम्पनीले किनेको इञ्जिनहरुमा सधैं समस्या आइरहेको कम्पनीले भनेको छ । इञ्जिनमा समस्याका कारण गो फर्स्ट ले ५७ थान एयरबस ए३२० नियो मध्ये आधा ग्राउन्डेड गर्न बाध्य बनेको बताइएको छ । समाचारहरुका अनुसार मार्च ३० सम्ममा कम्पनीको ३० थान विमान ग्राउन्डेड थिए । यसका कारण कम्पनीको १ खर्ब ८ अर्ब भारतीय रुपया (१ अर्ब ३० करोड डलर) बराबर आम्दानी गुमेको अनि खर्च बढेको बताइएको छ । कम्पनीले प्र्याट एन्ड ह्वाइट्नीमाथि सिंगापुरमा आकस्मिक आर्बिट्रेटरले दिएको आदेश पालना गर्न पनि असफल भएको आरोप लगाएको छ । सो आर्बिट्रेशनमा प्र्याट एन्ड ह्वाइट्नीलाई सन् २०२३ को अप्रिल २७ सम्ममा गो फर्स्टलाई कम्तिमा पनि १० ओटा सर्भिसेबल स्पेयर इञ्जिन भाडामा दिन निर्देशन दिएको थियो । सोही कारण कम्पनी घाटामा गएको आरोप गो फर्स्टको थियो । भारतमा हवाई सेवा व्यापारमा प्रचुर सम्भावना छ । तर पनि त्यहाँ बारम्बार कम्पनीहरु असफल भइरहेका छन् । भारतले यो वर्ष चीनलाई उछिनेर विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश बन्ने अनुमान संयुक्त राष्ट्र संघले गरेको छ । मध्यम वर्गिय जनसंख्या बढेसँगै हवाई यात्राको माग पनि बढेका छन् । भारतको घरेलु हवाई क्षेत्रको आधाभन्दा धेरै हिस्सा इन्डिगोको पोल्टामा छ । घरेलु बजारको ७ दशमलव ८ प्रतिशत हिस्सा भएको यो कम्पनी यात्रीको संख्याका आधारमा भारतको चौथो ठूलो हवाई सेवा प्रदायक हो । यस वर्षको पहिलो त्रैमासमा २९ लाख १० हजार यात्रीहरुले गो फर्स्टबाट यात्रा गरेका थिए । तर पनि कम्पनीले आफूलाई जोगाएर राख्न सकेन । एजेन्सी

सम्बन्धित सामग्री

तीन वटा जहाज नहुनेले वायुसेवा कम्पनी खोल्न नपाउँने

काठमाडौं, भदौ १६ । वायु सेवा सञ्चालन गर्ने नयाँ कम्पनीसँग तीन वटा जहाज अनिवार्य हुनुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार वायु सेवा कम्पनी सञ्चालन नियमको १० औँ संशोधन गर्दै यस्तो नियम बनाएको हो । नियम संशोधन भएसँगै नयाँ कम्पनीसँग तीन वटा जहाज हुनैपर्ने भएको हो । हाल वायु सेवा सञ्चालन गरिरहेका कम्पनीका […]

आर्थिक संकटमा फसेको सिम्रिक एयरका हेलिकोप्टर उडानमा प्रतिबन्ध

आर्थिक संकटमा फसेको निजी क्षेत्रको वायु सेवा कम्पनी सिम्रिक एयरले शुक्रबारदेखि हेलिकोप्टर उडान गर्न नपाउने भएको छ ।

थाइ स्माइलको काठमाडौँ– बैङ्कक उडान शुरु

काठमाडौँ – सम्पूर्ण वायु सेवा सहित सञ्चालनमा रहेको क्षेत्रीय वायु सेवा कम्पनी थाइ स्माइल एयरवेजले काठमाडौंदेखि बैङ्ककसम्मको हवाई उडान सेवा सुचारु गरेको छ । असार १७ देखि काठमाडौं–बैङ्कक दुईतर्फी  हवाई सेवा प्रारम्भ भएको हो । सोही मिति देखि दैनिक रुपमा काठमाडौँं–बैङ्कक हवाई सेवा सञ्चालन गर्ने थाइ स्माइल एयरवेजको योजना रहेको छ । यस रुटको लागि […]

तालिम नलिएका व्यक्तिले विमान अवतरण गरेपछि...

उडान र अवतरणको तालिम नलिएका व्यक्तिलाई यात्रीले भरिएको विमान अवतरणको अनुमति दिएको एक विमान कम्पनीले ठूलाे रकम जरिबाना तिर्नुपरेको छ ।  नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले सुरक्षा नियम उल्लङ्घन गर्ने निजी वायु सेवा कम्पनी एअर विस्तारालाई १० लाख भारु जरिबाना गरेको हो । एअर विस्तारालाई नागरिक उड्डयन निगरानीमा राखिएको डीजीसीएका अधिकारीले बताएका छन् । उडान र अवतरणको तालिम नलिएका एक जना सहचालकले मध्य प्रदेश राज्यको इन्दाैर विमानस्थलमा विमान अवतरण गराएका थिए । यात्रीका जीवनलाई जोखिममा पार्ने गम्भीर उल्लङ्घन ...

सुर्खेतमा श्री एयरलायन्सको परीक्षण उडान सुरु

निजी वायु सेवा कम्पनी श्री एयरलाइन्सले काठमाडौं–सुर्खेत विमानस्थलमा परीक्षण उडान सुुरुवात गरेको छ । काठमाडौं–सुर्खेत सिधा परीक्षण उडान सुरु गरेको श्री एयरलाइन्सको ८० सिट क्षमताको क्युआर–८०० जहाजले सेवा सुरु गरेको नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख उमेश पन्थीले जानकारी दिए ।“चालक भरतसिंह थापाको नेतृत्वमा जहाज सुर्खेत विमानस्थलमा अवतरण गरेको हो”, उनले भने, “अब नियमित उडान गर्दा […]

एटीआर अघि नयाँ सीआरजे-२०० जहाज ल्याउँदै सौर्य एयरलाइन्स, पुरानो एउटा जहाज फेजआउट

काठमाडौं। निजी क्षेत्रको वायु सेवा कम्पनी सौर्य एयरलाइन्सले ठूला जहाज एटीआर-७२ ल्याएर सञ्चालन गर्नुअघि एउटा सीआरजे-२०० जहाज थप्ने योजना