युद्ध थेग्न नसकेर आकस्मिक कर लगाउँदै रुस

काठमाडौं । युक्रेनी युद्धको मारमा अहिले बाँकी विश्व मात्रै होइन, रुस पनि पिल्सिरहेको छ । युद्धका कारण रुसको यूरोपेली देशहरूलाई कच्चा तेल बेचेर हुने आम्दानी ठप्पै छ । तेलको विक्री बढाउन रुसले चीन र भारत जस्ता देशहरूलाई भारी छूटमा तेल बेच्नु परिरहेको छ ।  पैसाको अभाव बढ्दै गएपछि रुस सरकारले घरेलु कम्पनी र व्यापारीहरूलाई एकमुष्ठै आकस्मिक कर तिराउन लागिरहेको छ । रुसले हालै मात्रै ठूला रुसी कम्पनीहरूमाथि १० प्रतिशतको आकस्मिक कर लगाउने विधेयक मस्यौदा पारित गरेको छ । मंगलवार त्यहाँका अर्थमन्त्रीले यसको घोषणा गरेका थिए ।  कर बापतको रकम एकमुष्ठ तिराउन लागिएको छ । यो विधेयकले सन् २०२१ यता वार्षिक १ अर्ब रुबल (१ करोड १९ लाख अमेरिकी डलर)भन्दा बढी नाफा कमाउने कम्पनीहरूलाई निशाना बनाएको छ । यो कर बढेर ३ खर्ब रुबल (३ अर्ब ६० करोड डलर)सम्म पुग्न सक्ने प्रथम उपप्रधानमन्त्री आन्द्रेई बेलोउसोभले भनेका थिए ।  यो करको प्रस्ताव कम्पनीहरूले गरेको उनको भनाइ छ । सन् २०२१ र सन् २०२२ मा कम्पनीहरूलाई ठूलो आकस्मिक लाभ भएको थियो । मुनाफा बजेटको भन्दा पनि ठूलो भएको अनि यो कुरा उनीहरूले बुझेको बेलोउसोभ बताउँछन् । यसबाट उठेको रकम सामाजिक खर्चमा प्रयोग गरिने अर्थमन्त्रालयले बताएको छ ।  यसबारे थप जानकारी भने दिइएको छैन । यो करको मारमा रुसको मलखाद र धातु उद्योगहरू पर्न सक्ने अनुमान गरिएको छ । पश्चिमी देश र तिनका मित्र देशहरूले रुसी इन्धनमा प्रतिबन्ध लगाएका छन् । तर, कृषि र केही औद्योगिक कच्चा पदार्थ अझै पनि रुसको महत्त्वपूर्ण निर्यात कमोडिटीका रूपमा रहेको छ । रुसले युक्रेनी युद्धका लागि चाहिने रकमको जोहो गर्न यस्तो आकस्मिक कर लगाउन लागेको यो पहिलो पटक होइन । गएको वर्ष युक्रेनमा हमला गरेलगत्तै विश्व बजारमा प्राकृतिक ग्यासको भाउ बढेर कयौं वर्षयताकै उत्कर्षमा पुगेपछि रुसले भीमकाय ऊर्जा कम्पनी ग्याजप्रोमलाई पनि यस्तै खालको कर तिराएको थियो ।      सन् २०२२ को पहिलो अर्धवार्षिक अवधिमा ग्याजप्रोमले कीर्तिमानी मुनाफा कमाएको थियो । तर, कर वृद्धिका कारण पूर्ण वार्षिक रूपमा भने कम्पनीको मुनाफा ४० प्रतिशतले घटेको थियो । कच्चा तेल निर्यातमा लगाएको प्रतिबन्धका कारण रुसको ऊर्जा आम्दानी घटेको छ । आर्थिक मन्दीको भयबीच विश्व बजारमा कच्चा तेलको भाउ युक्रेनी युद्ध शुरु हुनुअघिको स्तरभन्दा तल ओर्लिएको छ । एजेन्सी

सम्बन्धित सामग्री

आकस्मिक तयारीका लागि सधैँ चनाखो हुनुपर्छ : स्वास्थ्यमन्त्री

पाटन– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आकस्मिक तयारीका लागि सधैँ चनाखो हुनुपर्ने बताएका छन् । आकस्मिक चिकित्सकीय समूहको कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले आकस्मिक तयारीका लागि सबै पक्ष सधैँ चनाखो हुनुपर्छ भने । ‘आकस्मिक तयारीका लागि हामी सधैँ चनाखो हुनुपर्छ । यो कुनै एक ठाउँमा मात्रै हुने कुरा हैन तसर्थ मुलुकको सबै क्षेत्रलाई ध्यानमा […]

भेरी अस्पतालको आकस्मिक कक्ष स्तरोन्नति

बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा थप आकस्मिक कक्ष स्तरोन्नति तथा स्थानातरण गरिएको छ । यसअघि पुरानो भवनमा १६ बेडको आकस्मिक कक्ष सञ्चालन हुँदै आएकोमा १४ बेड थप गरी नवनिर्मित भवनमा ३० बेडको आकस्मिक कक्ष सञ्चालनमा ल्याइएको हो । नयाँ आकस्मिक कक्षको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले बुधबार एक समारोहका बीच उद्घाटन गरे । […]

भरतपुर अस्पतालको अत्याधुनिक 'आकस्मिक सेवा' नयाँ भवनबाट

भरतपुर अस्पतालको आकस्मिक (इमर्जेन्सी) सेवा दशकपछि नयाँ भवनबाट सुरुआत भएको छ। भरतपुर अस्पतालले तीस बर्षपछि आकस्मिक कक्ष विस्तार गरेको हाे।...

धादिङ अस्पतालमा आकस्मिक सेवा विस्तार

दिनहुँ बिरामीको चाप बढेसँगै धादिङ अस्पतालले आकस्मिक कक्षको सेवा विस्तार गरेको छ । तीन शय्या क्षमताको आकस्मिक कक्षलाई शनिबारबाट १२ शय्यामा विस्तार गरिएको हो । आकस्मिक कक्ष सञ्चालन हुँदै आएका साना–साना कोठालाई पुनःनिर्माण गरेर एउटै कोठाबाट १२ शय्याको सुविधासम्पन्न आकस्मिक कक्ष सञ्चालन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिए ।डा.दिनेश रेग्मीलाई आकस्मिक शाखाको जिम्मेवारी तोकी दुई चिकित्सक, मेडिकल अधिकृत र स्टाफ नर्सहरूले २४ सै घण्टा सेवा उपलब्ध गराउने पनि अध्यक्ष

धादिङ अस्पतालमा आकस्मिक सेवा विस्तार

दिनहुँ बिरामीको चाप बढेसँगै धादिङ अस्पतालले आकस्मिक कक्षको सेवा विस्तार गरेको छ। तीन शय्या क्षमताको आकस्मिक कक्षलाई शनिबारबाट १२ शय्यामा विस्तार गरिएको हो। आकस्मिक कक्ष सञ्चालन हुँदै आएका साना–साना कोठालाई पुनःनिर्माण...

मेरो भारत भ्रमण आकस्मिक होइन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो भारत भ्रमण आकस्मिक नभएको बताएका छन् । भारत भ्रमणमा जानुअघि त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो भ्रमण बाहिर आउँदा आकस्मिक जस्तो देखिए पनि दुई महिनाअघि तत्कालीन भारतीय राजदूत विनमोहन क्वात्राले दिएको निम्तो रहेको बताए।

केएमसीमा आकस्मिक सेवा सहज बनाउन स्वयंसेवक परिचालन

काठमाडौं : काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) ले आकस्मिक कक्षमा आउने बिरामीले सजिलै उपचार पाउन भनेर आकस्मिक उपचार कक्षको सेवामा व्यापक सुधार गरेको छ। केएमसीले आकस्मिक कक्षमा थप सुधार गरेर उपचार छिटो, छरितो र प्रभावकारी बनाएको हो।बिरामी र कुरुवालाई सघाउन आकस्मिक कक्षमा २४ सै घण्टा ‘इमर्जेन्सी स्वयंसेवक’ को टोली नै परिचालन गरिएको छ। आकस्मिक उपचारका लागि आउने बिरामीलाई सजिलै आकस्मिक कक्षमा लैजान अस्पतालको मूलद्वारसामु ट्रली, ह्विलचेयर र स्ट्र

बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बसेको छ। सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको चर्चा चलिहरेको बेला मन्त्रिपरिषदको आकस्मिक बैठक बसेको हो।  ...

धादिङको गजुरीमा दुई हेलिकोप्टर आकस्मिक अवतरण

मौसमका कारण धादिङको गजुरीस्थित बजारमा दुई हेलिकोप्टर आकस्मिक अवतरण गरेको छ । नेपालगञ्जबाट कोरोनाका बिरामी लिएर काठमाडौँ आउँदै गरेका हेलिकोप्टर गजुरी बजारमा आकस्मिक अवतरण गरिएको हो ।आकस्मिकरूपमा अवतरण गर्ने हेलिकोप्टरमा मनाङ एयर र अल्टिच्युड कम्पनीका हुन् । काठमाडौँमा भिजिविलिटी कम भएकाले धादिङको गजुरीमा आकस्मिक अवतरण गरिएको हो ।

गजुरीमा दुई हेलिकप्टर आकस्मिक अवतरण

धादिङ – मौसम खराबीका कारण धादिङको गजुरी बजारमा दुई हेलिकोप्टर आकस्मिक अवतरण गरिएका छन् ।नेपालगञ्जबाट कोरोना भाइरसका बिरामी लिएर काठमाण्डाै आउँदै गरेका दुई हेलिकोप्टर गजुरी बजारमा आकस्मिक अवतरण गरिएकाे हाे । आकस्मिक अवतरण गर्ने हेलिकप्टरमा मनाङ एअर र अल्टिच्युड कम्पनीका रहेका छन् ।काठमाण्डाैमा भिजिविलिटी कम भएकााले धादिङकाे गजुरीमा हेलिकप्टर आकस्मिक अवतरण गरिएकाे हाे ।