टेस्लाले कमायो कीर्तिमानी मुनाफा

कात्तिक ४, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकले गएको गर्मीयाममा कीर्तिमानी संख्यामा विद्युतीय सवारी साधन बेचेको छ । कम्प्युटर चिप र अन्य सामग्रीको अभावबीच पनि कम्पनीले कीर्तिमानी मुनाफा कमाएको छ ।  कम्पनीले बुधवार बताएअनुसार तेस्रो त्रैमासमा टेस्लाले १ अर्ब ६२ करोड डलर नाफा कमाएको छ । योसँगै दोस्रो त्रैमासमा कायम भएको १ अर्ब १४ करोड डलर मुनाफको कीर्तिमान तोडिएको छ ।  मुनाफाको यो आकार गत वर्षको  सोही अवधिको तुलनामा पाँच गुणाभन्दा बढी हो । सन् २०२० को तेस्रो त्रैमासमा कम्पनीको मुनाफा ३० करोड डलर मात्रै थियो । जुलाईदेखि सेप्टेम्बर अवधिमा कम्पनीको आम्दानी १३ अर्ब ७६ करोड डलर रहेको छ । आम्दानीको यो आकार वाल स्ट्रिटले गरेको प्रक्षेपणभन्दा कम भएपछि अहिलेसम्मकै उच्च हो । सो अवधिमा टेस्लाको आम्दानी १४ अर्ब डलरभन्दा धेरै हुने अनुमान गरिएको थियो ।  समीक्षा अवधिमा कम्पनीले प्रतिकित्ता शेयरमा १ डलर ८६ सेन्ट मुनाफा गरेको छ । सो अवधिमा यो मुनाफा प्रतिकित्ता १ डलर ६२ सेन्ट रहने विश्लेषकहरुले अनुमान गरेका थिए । एजेन्सी

सम्बन्धित सामग्री

९५ प्रतिशतले घट्यो सामसुङको मुनाफा

काठमाडौं । प्रविधि उपकरणहरुको गिर्दो मागसँगै सामसुङ कम्पनीले चिप व्यवसायले पनि कीर्तिमानी क्षति व्यहोरेको छ । आर्थिक मन्दीका साथै उपभोक्ताहरुको खर्च गर्ने दरमा आएको कमीका कारण यो वर्ष सन् २०२३ को पहिलो त्रैमासिकमा विश्व बजारमा सेमिकन्डक्टरको मूल्यमा गिरावट आउनुका साथै बिक्रीमा पनि उल्लेख्य कमी आएको हो । दोस्रो त्रैमासिकबाट बजारमा विस्तारै सुधार आउने र विश्वव्यापी […]

सामसङको मुनाफा ९५ प्रतिशतले घट्यो, १४ वर्षयताकै कम

काठमाडौं । दक्षिण कोरियाली स्मार्टफोन तथा चिप निर्माता कम्पनी सामसुङको मुनाफामा उच्च कमी आएको छ । यस वर्षको जनवरी–मार्च त्रैमासमा कम्पनीले ६ खर्ब ४० अर्ब वन सञ्चालन मुनाफा (operating profit) गरेको छ । मुनाफाको यो आकार एक वर्षअघिको भन्दा ९५ प्रतिशत कम हो । त्यतिबेला कम्पनीको सञ्चालन मुनाफा १४१ खर्ब २० वन थियो । मुनाफाको यो आकार १४ वर्षको कुनै पनि त्रैमासमध्ये सबैभन्दा कम हो । समीक्षा अवधिमा कम्पनीको कमाइ १८ प्रतिशतले घटेर ६३७ खर्ब वनमा झरेको छ । समीक्षा अवधिमा कम्पनीको चिप विभागले ४५ खर्ब ८० अर्ब वन नाफा कमाएको छ । एक वर्षअघि सो विभागले ८४ खर्ब ५० अर्ब वन नाफा कमाएको थियो । महँगी अकासिएसँगै विश्वभरबाट ग्राहक तथा उपभोक्ताहरूले आफ्नो खरिदारीमा धमाधम कटौती गरिरहेका छन् । जसले गर्दा स्मार्टफोन, पर्सनल कम्प्युटर आदिको विक्री घटेको छ । यसका कारण अघिल्लो ९ महीनाको अवधिमा चिपको मूल्य ७० प्रतिशतले घटेको छ । कम्पनीले यो महीनाको शुरुमा चिपको उत्पादन घटाउने निर्णय गरेको थियो ।  कम्पनीका अन्य प्रतिस्पर्धीहरूले पनि यस्तै खालका निर्णयहरू गरेका थिए । यसले चिपको भाउमा सुधार ल्याउन केही मद्दत गर्न विश्लेषण गरिएको छ । तर, चिपको प्रयोग बढाउने उपकरणको मागमा उल्लेख्य सुधार नआएसम्म सामसङको लागि चालु त्रैमास पनि पहिलो जस्तै हुने विश्लेषकहरू बताउँछन् । यस वर्षको दोस्रो अर्धवार्षिक अवधिमा भने कम्पनीको चिप विक्री सुध्रिने आशा सामसङले गरेको छ । चिप एकाईमा कीर्तिमानी घाटा भए पनि पहिलो त्रैमासमा सामसङले पूँजीगत खर्च (capital expenditure) मा १०७ खर्ब वन खर्च गरेको छ । यो अहिलेसम्म कुनै पनि वर्षको पहिलो त्रैमासमा भएको सबैभन्दा धेरै खर्च हो । योमध्ये ९८ खर्ब वन त कम्पनीले चिपमै खर्च गरेको छ । पछिल्लो समय कम्पनीले अमेरिका र दक्षिण कोरियाका केही कारखानामा चिपको उत्पादन बढाएको छ । कम्पनीले यो वर्ष पनि चिप उत्पादनमा गएको वर्षकै हाराहारीमा खर्च गर्ने बताइएको छ । चिप व्यवसाय घाटामा गए पनि पहिलो त्रैमासमा सामसङको मोबाइल व्यवसायले भने ३९ खर्ब ४० अर्ब वन खुद नाफा कमाएको छ । एक वर्षअघि नाफाको आकार ३८ खर्ब २० अर्ब वन थियो । कम्पनीले अहिले विक्रीभन्दा पनि नाफामा बढी ध्यान दिइरहेको काउन्टरप्वाइन्टका वरिष्ठ विश्लेषक जिन पार्कले बताएका छन् । एजेन्सी

टिकटकको मातृ कम्पनीले कसरी कमायो कीर्तिमानी नाफा ?

लोकप्रिय सोसल मिडिया प्लाटर्फम टिकटकको मातृ कम्पनीको रुपमा रहेको बाइटडान्सले गतवर्ष कीर्तिमानी मुनाफा गर्न सफल भएको छ । कम्पनीले मुनाफामा पहिलोपटक टेन्सेन्ट होल्डिंग्स तथा अलिबाबा ग्रुप होल्डिंग्स लिमिटेड जस्ता अन्य चिनियाँ दिग्गज कम्पनीलाई पछि पारेको छ । सन् २०२२ मा बाइटडान्सले अघिल्लो वर्षको तुलनामा ७९ प्रतिशत बढी मुनाफा वृद्धि गर्दै २५ अर्ब डलर कुल नाफा […]

'भूल भुलैया २' को प्रदर्शनले बलिउडलाई राहत

पछिल्लो समय दक्षिण भारतीय फिल्मले बक्स अफिसमा कीर्तिमानी कलेक्सन गरिरहेका बेला बलिउड फिल्मले भने खासै राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन्। गत डिसेम्बरमा प्रदर्शनमा आएको ठूलो बजेटको फिल्म '८३' देखि अहिलेसम्म पनि असफल फिल्मको शृंखला जारी छ। यस्तैमा गत शुक्रबार प्रदर्शनमा आएको 'भूल भुलैया २' ले भने बलिउडलाई केही राहत दिएको छ। फिल्मले प्रदर्शनमा आएको चौथो दिनमै ९० करोडभन्दा बढीको कारोबार गरेको छ। ६८ करोड बजेट रहेको फिल्मले शुरुको ३ दिनमै लगानी सुरक्षित गरेर मुनाफा कमाएको हो

सामसङको मुनाफा ५२ % ले बढ्ने अपेक्षा

पुस २५, सोल (दक्षिण कोरिया) । दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसङको मुनाफा उच्च दरमा बढ्ने अपेक्षा गरिएको छ । सन् २०२१ को अन्तिम तीन महीनामा कम्पनीले १३८ खर्ब वन मुनाफा गर्ने अपेक्षा गरिएको छ । मुनाफाको यो आकार गतवर्षको सोही अवधिको तुलनामा ५२ प्रतिशतले धेरै हुने छ । यो चार वर्षयता चौथो त्रैमासको उच्च मुनाफा पनि हुनेछ । सर्भर मेमोरी  चिपको उच्च माग र चिप करार म्यानुफ्याक्चरिङ व्यवसायमा उच्च मुनाफाका कारण मुनाफा बढ्ने कम्पनीले बताएको छ ।  पीसी र विद्युतीय सामग्रीको कीर्तिमानी मागका कारण कम्पनीको मुनाफा बढ्ने क्रममा रहेको प्रविधि विश्लेषक साम रेनोल्डको भनाइ छ । मुद्राको विनिमय दरमा आइरहेको उतारचढावले  पनि कम्पनीलाई लाभ मिलेको उनी बताउँछन् । यद्यपि, गत त्रैमासमा अपेक्षित मुनाफा यसअघि अनुमान गरिएको भन्दा चाहीं कम हुनेछ । डिसेम्बर त्रैमासमा कम्पनीको मुनाफा १५२ खर्ब वन रहने विश्लेषकहरुको अनुमान थियो ।एजेन्सी

सफ्ट बैंकको भिजन फण्डले कमायो २ अर्ब डलर मुनाफा

साउन २६, टोकियो (जापान) । जापानी बहुराष्ट्रिय लगानी समूह सफ्ट बैंक ग्रुप कर्पोरेशनको भिजन फन्डले २ अर्ब डलरभन्दा धेरै मुनाफा कमाएको छ ।  चालू आर्थिक वर्षको पहिलो त्रैमासमा समूहको खुद मुनाफा ३९ प्रतिशतले घटेर ६ अर्ब ९० करोड डलरमा आएको भएपनि फन्डको मुनाफा भने बढेको हो ।  अप्रिल–जुन त्रैमासमा कम्पनीको सूचीकरण पोर्टफोलियोबाट हुने खुद मुनाफा चिनियाँ इ–रिटेलर कम्पनी कुफाङलगायत कम्पनीको शेयरमा आएको कमीका कारण घटेको हो । मेमा भने समूहले कीर्तिमानी मुनाफा कमाएको थियो । एजेन्सी

सोनीको आम्दानी कीर्तिमानी उचाईमा

साउन २१, टोकियो । जापानी विद्युतीय सामाग्री निर्माता कम्पनी सोनी ग्रुपले जुनसम्मको तीन महीनामा कीर्तिमानी आम्दानी गरेको छ ।  कोरोना भाइरसको महामारी बीच घरमै बसेर काम गर्ने मानिसहरुबाट सुदृढ मागका कारण कम्पनीको आम्दानीले नयाँ उचाई छोएको हो । कम्पनीले आगामी वर्षको मार्चमा सकिने क्रममा रहेको चालू आर्थिक वर्षको लागि मुनाफा प्रक्षेपण पनि बढाएको छ । कम्पनीका अनुसार गत त्रैमासमा सोनीको विक्री २२ खर्ब येन (२० अर्ब डलर) माथि रहेको छ । येनका आधारमा यो गत वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशत धेरै हो ।  समीक्षा अवधिमा सञ्चालन मुनाफा पनि २६ प्रतिशतले बढेर २ खर्ब ८० अर्ब येन (२ अर्ब ५० करोड डलर) मा पुगेको छ । अप्रिल–जुन त्रैमासको विक्री र सञ्चालन मुनाफा दुबै अहिलेसम्मकै उच्च हो । संक्रमणबाट बच्न मानिसहरु घरमै बस्ने क्रम बढ्दा टिभी, भिडियो गेम उपकरण र म्युजिक स्ट्रिमिङ सेवाको विक्री बढेको छ । एक वर्ष अघिको तुलनामा डिजिटल क्यामराको विक्रीमा सुधार आएको कम्पनीले बताएको छ । कम्पनीले सञ्चालन मुनाफा  प्रक्षेपण ५ प्रतिशतले बढाएर ९ खर्ब ८० अर्ब येन (९ अर्ब डलर) मा पुर्‍याएको छ । केही समयसम्म कम्पनीको उत्पादन र सेवाको माग सुदृढ रहने अपेक्षा गरिएको छ । एजेन्सी

५३ प्रतिशतले बढ्यो सामसुङको नाफा, ३ महिनाको नाफा ११ अर्ब डलर

काठमाडौं । दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले पछिल्लो तीन महिनामा कीर्तिमानी मुनाफा हात पारेको छ । चालू वर्ष सन् २०२१ को दोश्रो त्रैमासिकमा कम्पनीको मुनाफामा ५३ प्रतिशतले बढोत्तरी भएको छ । चिपको मूल्य तथा मागमा भएको तीव्र वृद्धिसँगै सामसुङले अप्रिलदेखि जूनसम्मको अवधिमा साढे १२ ट्रिलियन कोरियन वन अर्थात् ११ अर्ब डलर मुनाफा कमाएको हो । […]

टेस्लाले कमायो कीर्तिमानी मुनाफा, ३ महिनामा १ अर्ब डलर

काठमाडौं । विद्युत्तीय कार निर्माता अमेरिकी कम्पनी टेस्लाले कीर्तिमानी मुनाफा गर्न सफल भएको छ । सन् २०२१ को पहिलो त्रैमासिकमा टेस्लाले पहिलोपटक १ अर्ब डलर मुनाफा कमाएको हो । मंगलबार सार्वजनिक भएको टेस्लाको वित्तीय प्रतिवेदन अनुसार यस अवधिमा टेस्लाले ९ अर्ब डलर आम्दानी गरेको छ । यस त्रैमासिकको आम्दानी गत वर्षको सोही अवधिको भन्दा ७५ […]