बोइङका ५५ वर्षिय सीईओ डेनिस मुलेनबर्गले गत वर्ष तलब तथा अन्य सुविधा गरेर ३ करोड डलर अर्थात् ३ अर्ब ३९ करोड रुपैयाँ पारिश्रमिक बुझेका थिए । गत वर्ष उनले हात पारेको यो रकम अघिल्लो वर्षको तुलनामा ६० लाख डलर बढी हो । २०१८ मा पहिलो पटक बोइङको आम्दानी १०१ अर्ब डलरको कीर्तिमानी अवस्थामा पुगको थियो । यसबाट मुलेनबर्गले पनि फाइदा लिएका थिए । तर इथियोपियन विमान दुर्घटना भएपछि मुलेनबर्गले आफ्नो ३४ वर्षको करियरमा सर्वाधिक नराम्रो अवस्थाबाट गुज्रन परेको छ ।