काठमाडौं: डोटीका डाक्टर जितेन्द्र सिंहमाथि आक्रमण गर्नेलाई कारबाही गर्न ढिलासुस्ती गरिएको भन्दै नेपाल चिकित्सक संघले आन्दोलन गर्ने चेतावनी दिएको छ। एक हप्ताभित्र माग पूरा नभए देशभरका चिकित्सकहरु आन्दोलनमा उत्रिने संघले जनाएको छ।
नर्भिक अस्पतालमा चिकित्सकको लापरवाहीले बिरामीको गलत अपरेसन भएको घटनामा संघको ध्यानाकर्षण भएको संघका महासचिव लोचन कार्कीले बताएका