हीन भावना र कुण्ठाले भरिँदा चिकित्सकलाई समावेश गरिएन : सरकारी चिकित्सक संघ

सरकारी चिकित्सक संघ (गोदान)ले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको दरबन्दी तेरिज प्रस्ताव हेरफेर प्रति पुनः आपत्ति जनाएको छ । नयाँ दरबन्दी निर्माण गर्दा समेत चिकित्सकलाई समावेश नगरेको भन्दै गोदानले आपत्ति जनाएको हो ।संघद्वारा जारी विज्ञप्ति भनिएको छ । ‘स्वास्थ्य जस्तो निकै प्राविधिक तथा मानव जीवनसँग प्रत्यक्ष जोडिएको मन्त्रालयमा नर्सिङ अधिकृत, जनस्वास्थ्य अधिकृत आदि समावेश गरिनु तर, चिकित्सक समूह मेडिकल अधिकृत जानाजान नराखिनु हास्यास्पद खेद पूर्ण छ ।’चिकित्सकलाई नजरअन्दाज गरिएको भन्

सम्बन्धित सामग्री

सरकारी चिकित्सक संघमा डा समाज गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित

सरकारी चिकित्सक संघ (गोदान)को अध्यक्षमा डा समाज गौतम विजयी भएका छन्। आइतबार भएको  निर्वाचनमा डा गौतमले डा ऋषिकान्त अर्याललाई पराजित गर्दै जित हासिल गरेका हुन्।

डाक्टर साहमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारी चिकित्सक संघको माग

सरकारी चिकित्सक संघ नेपालले जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सतिश साहलाई आक्रमण गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न माग गरेको छ।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा अब स्वास्थ्य समूहकै सचिव हुने

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य समूहकै सचिव बनाइने भएको छ । संशोधित दरबन्दी सूचीमा स्वास्थ्य समूहकै सचिव राखिने उल्लेख गरिएको छ । प्रशासन समूहमा एघारौं तहकै सचिव हुनुपर्ने व्यवस्था दरबन्दी सूचीमा उल्लेख गरेपछि सरकारी चिकित्सक संघ (गोदान) र नेपाल चिकित्सक संघले चर्को विरोध गरेका थिए । नयाँ दरबन्दी सूचीमा बागमती प्रदेशमा उपसचिवमा भने नवौँ र १० औं तहका प्रशासनतर्फका कर्मचारी रहने छन् । यस्तै, गण्डकी प्रदेशमा स्वास्थ्य सेवा तर्फका डा. विनोद विन्दु शर्मा, लुम्बिनीमा डा

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको दरबन्दीमा सरकारी चिकित्सक संघको फेरि आपत्ति

चर्को विरोधपछि बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले संंसोधन गरेको दरबन्दी तेरिजमा सरकारी चिकित्सक संघ (गोदान)ले फेरि पनि आपत्ति जनाएको छ।

बागमतीको स्वास्थ्य मन्त्रालयमा प्रशासनको सचिव राखेकोमा विरोध

२७ भदौ, काठमाडौं । बागमती प्रदेशमा नवगठित स्वास्थ्य मन्त्रालयमा प्रशासनतर्फकै सचिव रहने व्यवस्थासहितको सांगठनिक संरचना तयार पारेपछि सरकारी चिकित्सक संघ (गोदान) र नेपाल चिकित्सक संघले आपत्ति जनाएका छन् । यसअघि गण्डकी र लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवातर्फकै सचिव राखिएको भन्दै बागमतीमा पनि सोहीअनुसार दरबन्दी राख्न उनीहरुले माग गरेका थिए । यसैगरी प्रदेशमा कार्यरत स्वास्थ्यका […]

भेरीका चिकित्सकमाथि आक्रमण गर्नेलाई कारवाही गर्न सरकारी चिकित्सक संघको माग

काठमाडौं : सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले भेरी अस्पतालमा उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको दोषीलाई कारवाही गर्न माग गरेको छ। गोदानले बिहीबार राति उपचारमा संलग्न चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको हो।गोदानका अध्यक्ष डा. रविन खड्का र महासचिव डा. कीर्तिपाल सुवेदीले शुक्रबार बिहान विज्ञप्ति जारी गरी चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षामा गम्भीर भई घटनामा संलग्नलाई कडा कारवाही गर्न सरकारसँग माग गरेका छन्। बाँकेको नेपालगञ्जस्थित भेरी

स्वास्थ्य मन्त्रालयमा धर्ना दिने सरकारी चिकित्सक पक्राउ

काठमाडौं– कर्मचारी समायोजनको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धर्ना दिइरहेका चिकित्सकहरु पक्राउ परेका छन्। सरकारी चिकित्सक संघ (गोदान) का अध्यक्ष डा दीपेन्द्र...

वीर अस्पतालमा उपकुलपति नियुक्त गर्ने विषयलाई हल्का रुपमा नलिइयाेस्: चिकित्सक संघ

काठमाडाैं - सरकारी चिकित्सक संघ, नेपालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपति छनौंट प्रक्रियामा असहमति जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेको छ ।  स्वास्थ्य सेवामा कार्यरत चिकित्सक बाहेकका चिकित्सकलाई प्रतिष्ठानको उपकूलपति बनाउन खोजिएको आशंका गर्दै त्यसविरुद्ध सरकारी चिकित्सक संघ, नेपालले शुक्रबार स्व...