प्रजातन्त्रवादी चिकित्सक संघ गण्डकी प्रदेशमा नयाँ कार्य समिति

प्रजातन्त्रवादी चिकित्सक संघ गण्डकी प्रदेश प्रथम अधिवेशनबाट अध्यक्षमा डा सूर्यज्योति श्रेष्ठ सर्वसम्मत चयन भएका छन्।

सम्बन्धित सामग्री

वीउवासंघका ३५ कार्य समिति सदस्य सर्वसम्मत, को - को भए चयन ?

वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघको आगामी दुई वर्षको कार्यकाकालका लागि कार्य समिति सदस्यहरू सर्वसमम्मत चयन भएका छन् ।  संघको वाणिज्य, उद्योग, एशोसिएट र एफिलिएट चारै क्षेत्रका कार्य समिति सदस्य सर्वसम्मत चयन भएको संघका प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द खरेलले जानकारी दिए ।  वाणिज्यतर्फ १५ पदका लागि २५ जनाको उम्मेदवारी परेको थियो । त्यस्तै उद्योगतर्फ १३ सदस्यका लागि १६ जना र एशोसिएटमा ६ पदका लागि ८ जनाको उम्मेदवारी परेको थियो । बुधवार उम्मेदारी फिर्ता लिने समयभित्र पदभन्दा बढी संख्याका अकांक्षीले उम्मेदवारी फिर्ता लिएपछि सर्वसम्मत भएको हो । ३५ सदस्यीय कार्य समितिले संघको पदाधिकारी चयन गर्ने खरेलले बताए ।  वाणिज्यतर्फ अनोज रुंगटा, अरबिन्द्र अमात्य, तारा प्रसाद, गोबिन्दप्रसाद शाह, दीपकुमार टिवडेवाल, सिद्धार्थ धुरका, मनोजकुमार दास, प्रेमचन्द्र गोयल, नरेशकुमार टिवडेवाल, र अवधेशकुमार सरावगी सदस्य छानिएका छन् । त्यस्तै सुमनकुमार क्याल, यसकुमार अग्रवाल, मनोजकुमार शर्मा, मुरली जलान र माधव राजपाल कार्य समिति सदस्यमा सर्वसम्मत भएका छन् ।  उद्योततर्फ अंकितकुमार खेतान, सुनिलकुमार खेतान, अनुप अग्रवाल, प्रभात रुंगटा, आशीषकुमार लाठ, विकास कुमार क्याल, पन्नालाल प्रसाद साह, सुरेशकुमार रुंगटा, शिवजी प्रसाद साह कलवार, मोहित गुप्ता, सुशान्त चाचान, निरज अग्रवाल र सौरभ केडिया चुनिएका छन् ।  एशोसिएटमा प्रकाशकुमार खण्डेलवाल, विनय कावरा, हेमन्तकुमार वैद, अनिलकुमार अग्रवाल पटवारी, हरिप्रसाद गौतम र शुभमकुमार खण्डेलवाल छन् । एफिलिएटतर्फ ुबद्धिप्रसाद (हरि) पन्त यसअघि नै निर्विरोध भइसकेका छन् ।

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नयाँ कार्य समिति चयन

नेपाल मर्चेन्ट बैंकर्स संघको १३औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । क्लब हिमालय नगरकोटमा भएको उक्त वार्षिक साधारण सभाले पेस भएका अन्य प्रस्ताव उपर छलफल गरी सर्वसम्मतिका साथ पारित गर्दै नयाँ कार्य समिति चयन निर्वाचनको प्रक्रियाबाट विजय लाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरिएको हो । नवनिर्वाचित कार्य समिति :

बिपी कांग्रेस लमजुङको जिल्ला कार्य समिति गठन

लमजुङ– लमजुङमा नेपाली कांग्रेस बिपी जिल्ला कार्य समिति गठन भएको छ । समिति गठन गर्न आयोजित भेलाले सभापतिमा तेजनाराण अधिकारीलाई चयन गरेको हो । पदाधिकारीपछि टुङ्ग्याउने गरि ५१ सदस्यीय कार्य समिति निर्माण भएको नवगठित समितिका सभापति अधिकारीले जानकारी दिए । भेलामा नेपाली कांग्रेस विपीका केन्द्रीय सभापति पुष्प पराजुलीको उपस्थिति थियो । नेपाली कांग्रेसले विपी कोइरालाको […]

राप्रपा नेपालको केन्द्रीय कार्य समिति बैठक जारी

काठमाडौं : राप्रपा नेपालको केन्द्रीय कार्य समिति बैठक आजबाट काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा शुरु भएको छ। बैठकको शुभारम्भ गर्दै पार्टी अध्यक्ष कमल थापाले उत्साह, उर्जा र उच्च मनोबल सहित निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन्। थापाले मुलुकको पछिल्लो अबस्था बारे संक्षिप्त भनाई राखेका छन्। अहिले थापाले वर्तमान राजनितिक परिस्थिति तथा भावी कार्यदिशा सम्बन्धमा कार्यपत्र प्रस्तुत गरिरहेका छन्। बैठकमा महामन्त्री भास्कर भद्राले सचिवालय सम्बन्धि प्रतिवेदन, महामन्त्री सुशील श्

पोखरा विश्वविद्यालय क्रिकेट क्लवमा नयाँ कार्य समिति

पोखरा (हाम्रो खेलकुद) – पोखरा विश्वविद्यालय क्रिकेट क्लवको अभिषेक यादवको अध्यक्षतमा चौथौ नयाँ कार्य समिति चयन गरेको छ। पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सोमबार वसेको वैठकबाट अध्यक्षमा अभिषेक यादव, उपाध्यक्षमा विज्ञान कार्की, श्रद्धा बञ्जारा, सचिवमा जगदिश भण्डारी, सहसचिवमा संदेश श्रेष्ठ चएन भएका हुन् । त्यस्तै सदस्यहरुमा लोकेन्द्र चन्द ,दीपेन्द्र शर्मा (मेस्सी), सुबाश बास्तोला र तृष्णा देवकोटा […]

कांग्रेस केन्द्रीय कार्य समिति बैठक आज सकिँदै

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज सम्पन्न हुँदैछ। आजको बैठक दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। गत असार २७ गते सुरु भएको बैठकमा पार्टीका प्रदेश सभापतिहरू, केन्द्रीय सदस्य तथा पदाधिकारीले बोलिसकेका छन्। आज सभापति शेरबहादुर देउवा बोल्ने र निर्णयको माइन्युटिङसहित बैठक सम्पन्न गर्ने तयारी छ।बैठकमा उपसभापति पूर्णबहादुर खड्काको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समि

कांग्रेस केन्द्रीय कार्य समिति बैठक आज पनि बस्दै

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज पनि बस्दैछ।   बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। स्थानीय तहको आगामी निर्वाचनको तयारी तथा उम्मेदवार चयनका लागि संसदीय बोर्ड गठन लगायतका विषयमा छलफल गर्न कांग्रेस बैठक शुक्रबार सुरु भएको हो। बैठकमा गत फागुन २९ गते सुरु भएको एक महिने चुनावी घरदैलो अभियानको समीक्षा पनि भइरहेको छ। शुक्रबारदेखि शुरु भएको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्

व्यापार संघको कार्य समिति निर्विरोध निर्वाचित

नेपालकै पहिलो व्यापारी संस्था मोरङ व्यापार संघको ३३औं कार्य समिति सदस्यहरु निर्विरोध निर्वाचित भएका छन्।...

नेपाल महिला चेम्बर कार्य समिति गठन

भदौ २, काठमाडौं । नेपाल महिला चेम्बर कार्य समिति बुधवार गठन गरिएको छ ।  नेपाल चेम्बर अफ कमर्सका कार्य समिति उपाध्यक्ष उर्मिला श्रेष्ठको अध्यक्षतामा नवगठित समितिको महासचिवमा लिमा अधिकारी, कोषाध्यक्षमा चारु सिखारिया तथा सदस्यहरुमा क्रमश : राजलक्ष्मी सिंह, जानकी प्रधान श्रेष्ठ,  कोहिनुर श्रेष्ठ, स्वरुपा श्रेष्ठ, रज्जु तण्डुकार, विना प्याकुरेल, कल्पना देवि पिया श्रेष्ठ र अदिति गोयल रहेका छन् ।   त्यसैगरी सल्लाहकारहरुमा क्रमश : अन्जना ताम्राकार, सान्ती लक्ष्मी शाक्य, निलम ताम्राकार, सोफी उपाध्याय रहेका छन् । नवगठित नेपाल महिला चेम्बरका पदाधिकारी तथा सल्लाहकारहरुलाई अध्यक्ष राजेन्द्र मल्लले मनोनयन पत्र प्रदान गरेका छन् ।   सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष मल्लले महिलाहरुको आर्थिक उत्थान हुन सकेमा समृद्धि हासिल गर्न सकिने भएकाले नवगठित महिला चेम्बरले महिला उद्यमशीलता विकास तर्फ ध्यान दिनुपर्ने बताए ।

फ्रेन्ड्समा नयाँ कार्य समिति

काठमाडौं । दीपक थापाको अध्यक्षतामा ‘ए’ डिभिजन क्लब फ्रेन्ड्सको नयाँ कार्यसमिति चयन भएको छ । गत असारमा भएको साधरण सभाले दीपक थापालाई नै कार्य समितिको संयोजक चयन गरेको थियो । कार्य समितिमा ११ जना हुनुपर्ने भए पनि सोमबार १० सदस्यीय नयाँ कार्य समिति चयन भएको हो । एक वरिष्ठ उपाध्यक्ष नियुक्त गर्न बाँकी रहेको नवनियुक्त […] The post फ्रेन्ड्समा नयाँ कार्य समिति appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.