४ जीवन बीमा कम्पनीले दिए गत आवको मुनाफाबाट लाभांश , कुन कम्पनीको कति लाभांश ?

काठमाडौं । नेप्सेमा सूचीकृत १२ जीवन बीमा कम्पनीहरुमध्ये चार जीवन कम्पनीमात्रै आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट  लाभांश घोषणा गरेका छन् । एशियन लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ  र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन । यी मध्ये एशियन लाइफ ,सिटिजन लाइफ इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ लाभांश साधारण सभाबाट पारित गरिसकेका छन् ।  सिटिजन लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भइसकेको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस दिएको हो । त्यस्तै एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ७ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४०७८ प्रतिशत नगद लाभांश दिएको हो । त्यस्तै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशलमव ८४ प्रतिशत नगद लाभांश दिएको हो । त्यस्तै सन नेपाल लाइफ इन्स्योरेन्सले गत आवको मुनाफाबाट २३ दशलमव ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव २५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । यस कम्पनीले हालसम्ममा साधारण सभाको मिति तय गरेको छैन ।   

सम्बन्धित सामग्री

एक महीनामा जीवन बीमा समूहका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । एक महीनामा जीवन बीमा समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यस समूहको परिसूचक गत कात्तिक २१ गते ९ हजार ७ सय ५१ दशमलव ६४ विन्दुमा रहेकोमा यही मङ्सिर २१ गते १० हजार ४३३ दशमलव ०२ विन्दुमा पुगेको हो । यस आधारमा यस समूहको परिसूचक एक महीनामा ६ दशमलव ९९ प्रतिशत बढेको छ ।  एक महीनामा सर्वाधिक कमाउनेको सूचीमा दोस्रोमा निर्जीवन बीमा समूहका लगानीकर्ता छन् । यो समूहको परिसूचक एक महीनामा ५ दशमलव १८ प्रतिशत वृद्धि भएको छ । गत कात्तिक २१ गते यस समूहको परिसूचक ९ हजार ५९१ दशमलव ६६ विन्दुमा रहेकोमा यही मङ्सिर २१ गते १० हजार ८८ दशमलव ४१ पुगेको हो ।   नेपाल बीमा प्राधिकरणले प्रिमियममा आईपीओ निष्कासन गर्दा प्रिमियमबापतको संकलन गरेको रकम लाभांशको रूपमा वितरण गर्न पाउने भएका छन् । सोही कारण बीमा समूहको शेयरमा लगानीकर्ताको आकर्षण परेको हो । बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको चुक्ता पूँजी रू. ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ५० करोड पुर्‍याउन निर्देशन दिएको थियो ।  एक महीनामा १३ समूहगत परिसूचकमध्ये सबैभन्दा बढी लघुवित्त समूहको परिसूचक ४ दशलमव ८९ प्रतिशत घटेको छ । गत कात्तिक २१ गते यस समूहको परिसूचक ३ हजार ४२४ दशमलव ४ रहेकोमा मङ्सिर २१ गते ३ हजार २५६ दशमलव ९४ मा झरेको हो । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूलाई १५ प्रतिशतभन्दा बढी लाभांश प्रस्ताव गर्दा ९५ प्रतिशतसम्म विभिन्न कोषमा छुट्याउनु पर्ने प्रावधान ल्याएसँगै शेयर मूल्य ओरालो लागेको हो । यसो त चालू आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकांश कम्पनीहरूको खराब कर्जा बढेको छ भने केही कम्पनीहरू नोक्सानीमा छन् । यही कारण यस लघुवित्त कम्पनीहरूको शेयर मूल्य ओरालो लागेको जानकारहरू बताउँछन् ।  त्यस्तै उत्पादन तथा प्रशोधन समूहको परिसूचक एक महीनामा ४ दशलमव ५५ प्रतिशत र बैंकिङ्क समूहको परिसूचक २ दशलमव ७३ प्रतिशत घटेको हो ।

एसियन लाइफले पारित गर्यो २७ प्रतिशत लाभांश

एसियन लाइफ इन्स्योरेन्सले २७ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीको १३ औं वार्षिक साधारणसभाले २५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश पारित गरेको हो ।भर्चुअल रूपमा बसेको कम्पनीको वार्षिक साधारणसभाले पारित गरेसँगै लगानीकर्ताले २७ प्रतिशत लाभांश पाउने भएका छन् । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट चुक्ता पुँजीको २७ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।विसं. २०६४ सालदेखि कारोबार सुरू गरेको कम्पनीले विसं. २०७८ सम्म आइपुग्दा ३० अर्ब रुपैयाँको जीवन बीमा कोष र ३० अर्ब रुपैयाँ लगानी रहे

मंगलवार जीवन बीमा समूहको मात्र परिसूचक बढ्यो, ८१ करोडभन्दा बढीको शेयर खरीदविक्री

माघ ११, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक ५ दशमलव ५९ अंक घट्दा कारोबारमा आएका समूहमध्ये जीवन बीमा समूहको मात्र परिसूचक बढेको छ ।  यस दिन जीवन बीमा समूहको परिसूचक शू्न्य दशमलव ४४ प्रतिशत बढेको हो । पूँजी वृद्धिलाई जोड दिएको यो समूह अन्तर्गतका कम्पनीहरुमध्ये धेरैले लाभांश प्रस्ताव गर्न बाँकी छ । बीमा समितिले यस वर्ष बीमा कम्पनीहरुलाई कर वाहेक नगद लाभांश वितरणमा रोक लगाएको छ ।  यतिबेला सूचीकृत कम्पनीहरुमध्ये अधिकांश कम्पनीहरुले गत आर्थिक वर्षको वार्षिक साधारण सभा गरिसकेका छन् । विमांकिय मूल्याङ्कनका कारण एक वर्ष वार्षिक साधारण सभा ढिलो हुदैं आएका जीवन बीमा कम्पनीहरुमध्ये भने धेरैले वार्षिक साधारण सभा गर्न बाँकी छ । नगद लाभांशमा रोक लगाएका कारण आकर्षक बोनस शेयर दिने अपेक्षा लगानीकर्ताहरुले जीवन बीमा कम्पनीहरुसँग गरेको देखिन्छ ।  मंगलवार बजारको कुल कारोबार रकममा जीवन बीमा समूहको मात्र १५ दशमलव १० प्रतिशत हिस्सा रहेको छ । यस दिन रू. ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार बराबरको ९७ लाख ८४ हजार ६५१ कित्ता शेयर कारोबार भएकोमा जीवन बीमा समूहको रू. ८१ करोड ४८ लाख ९७ हजार बराबरको ७ लाख ६४ हजार ३२५ कित्ता शेयर कारोबार भएको हो । यस दिन सर्वाधिक कारोबार पनि जीवन बीमा समूह अन्तर्गतकै कम्पनीको भएको छ । एशियन लाईफ इन्स्योरेन्सको मंगलवार सर्वाधिक रू. २६ करोड ९४ लाख ५१ हजार बराबरको २ लाख २ हजार ७५८ कित्ता शेयर कारोबार भएको हो ।  हालसम्म लाभांश प्रस्ताव गरेका जीवन बीमा कम्पनीहरुमध्य यस वर्ष एशियन लाईफले सर्वाधिक २७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७६/ ७७ को मुनाफाबाट कम्पनीले २५ प्रतिशत बोनस शेयर र करसमेत २ प्रतिशत नगद लाभांश गरी २७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजी रू. २ अर्ब १ करोड ७ लाख ६० हजारको आधारमा लाभांश वितरण गर्न लागेको हो ।  उक्त लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले माघ २१ गते १३औं वार्षिक साधारण सभा बोलाएको छ ।उक्त सभा प्रयोजनका लागि कम्पनीले माघ १२ गते एक दिन बुक क्लोज गर्ने भएकाले माघ ११ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुने भएका हुन् । कम्पनीको आकर्षक लाभांशप्रति कम्पनीको कारोबार रकम हेर्दा लगानीकर्ताहरु आकर्षित भएको देखिन्छ ।

जीवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण नगर्न बीमा समितिको निर्देशन

पुस २९, काठमाडौं । नियामक निकाय बीमा समितिले जीबन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण नगर्न निर्देशन दिएको छ ।  अर्को व्यवस्था नहुँदासम्म जीवन बीमा कम्पनीहरुलाई बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि बाहेक नगद लाभांश नगर्न अनरोध गरेको हो ।  बीमा समितिका अनुसार बीमकले भविष्यमा जोखिममा आधारित पूँजी कायम गर्नुपर्ने तथा बीमकलाई आइपर्न सक्ने थप जोखिम बहन गर्न पूँजी कोषलाई सबल बनाउनको लागि अर्को व्यवस्था नहुनजेलसम्मको लागि नगद लाभांश वितरणमा रोक लागाएको हो ।  यसअघि निर्जीवन बीमा कम्पनीहरुलाई पनि नगद लाभांश वितरणमा रोक लगाइसकेको छ ।

बीमकरूको पूँजी वृद्धि गर्ने योजनामा बीमा समिति

बीमा समितिले बीमा कम्पनी (बीमक)हरूलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट नगद लाभांश वितरणमा रोक लगाउने भएको छ । नगद लाभांश वितरणमा निर्जीवन बीमा कम्पनीलाई पूर्णरूपमा (कर प्रयोजनबाहेक) र जीवन बीमा कम्पनीहरूलाई आंशिक रूपमा रोक लगाउन लागिएको हो । विशेषगरी कायमै रहेको कोरोना महामारीलाई लक्षित गरेर बीमा कम्पनीहरूलाई नगद लाभांश वितरणमा रोक लगाउने तयारी गरिएको हो । यसअघि २०७२ को भूकम्पको समयमा पनि बीमा कम्पनीहरूलाई नगद लाभांशमा रोक लगाइएको थियो । निर्जीवन बीमा कम्पनीहरूलाई कर प्रयोजन बाहेक नगद लाभांश वितरणम...

यी चार बिमा कम्पनीको लाभांश प्रस्ताव

नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीमध्ये केहीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश वितरण गर्न थालेका छन्।