१६.६९ अंकले घटेको बजारमा ३ अर्बभन्दा बढीको शेयर कारोबार, जीवन बीमा समूहमा लगानीकर्ताको आकर्षण

चैत १०, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक १६ दशमलव ६९ अंकले घटेको छ । २ हजार ६३० दशमलव ९३ विन्दुबाट शुरु भएको बजार यो दिन शून्य दशमलव ६३ प्रतिशतले घटेर २ हजार ६१३ दशमलव ६३ विन्दुमा झरेर बन्द भएको हो ।  यो दिन कारोबारमा आएका २२४ ओटा धितोपत्रको ४५ हजार ७६ पटकमा ५२ लाख ९८ हजार ५४३ कित्ता शेयरको रू. ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८२५ बराबरको खरीदविक्री भएको छ ।  कारोबारमा आएका २२४ ओटा धितोपत्र मध्ये तीन ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशत र इमर्जिङ नेपाल लिमिटेडको ९ दशमलव ९९ प्रतिशत र युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको शेयरमूल्य ९ दशलमव ९३ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. ८१९, इमर्जिङ्ग नेपालको रू. ७६० र युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको शेयरमूल्य रू. ९९६ कायम भएको छ ।  त्यसैगरी, बिहीवार नेपाल फाइनान्स, सामलिङ्ग पावर, माउन्टेन हाइड्रो नेपाल र मैलुङखोला जलविद्युत् कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ ।  त्यसैगरी, सर्वाधिक शेयर खरीदविक्री भने जीवन विकास लघुवित्त वित्तीय संस्थाको भएको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ५ हजार १०० मा रू. ३० करोड ६३ लाख ९७ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।  कम्पनीको बिहीवार लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएकाले सर्वाधिक शेयर किनबेच भएको हो । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि चैत १२ गतेदेखि बुक क्लोज गर्ने भएकाले बिहीवारसम्म कायम शेयरधनीले साधारण सभामा भाय लिन तथा लाभांश पाउनेछन् ।  लघुवित्तले गत आवको मुनाफबाट ७० प्रतिशत बोनस शेयर र ३ दशमलव ६८ ४२ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत २५ गते साधारण सभा गर्ने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय कटहरी २ मोरङगमा बिहान १०:३० बजे शुरु गर्ने बताइएको छ । त्यसैगरी, दोस्रोमा नेपाल दूरसञ्चार कम्पनीको रू. २३ करोड ५० लाख बराबरको शेयर खरीदविक्री भएको छ । कम्पनीको शेयरमूल्य रू. १ हजार ४६५ कायम भएको छ ।  नेपाल दूरसञ्चार कम्पनीको पनि लाभांश सुरक्षित गर्ने बिहीवार अन्तिम दिन भएकाले सर्वाधिक शेयर खरीदविक्री भएको हो । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि चैत ११ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।  दूरसञ्चार कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत २४ गते त्रिभुवन आर्मी अफिसर्स क्लब टुँडिखेल काठमाडौंमा दिनको ११ बजे साधारण सभा बोलाएको जानकारी दिएको छ । यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये निर्जीवन बीमा र जीवन बीमा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो । निर्जीवन बीमा समूहको परिसूचक १ दशमलव शून्य ५ प्रतिशत र जीवन बीमा समूहको परिसूचक २ दशमलव ५४ प्रतिशतले बढेको छ ।  समूहगत परिसूचक घट्नेमा बैंकिङ समूहको शून्य दशमलव ८२ प्रतिशत, व्यापार समूहको शून्य दशमलव ८३ प्रतिशत, होटल एण्ड टुरिजम समूहको १ दशमलव ३८ प्रतिशत, विकास बैंक समूहको १ दशमलव ९८ प्रतिशत, हाइड्रोपावर समूहको १ दशमलव शून्य २ प्रतिशत, वित्त समूहको १ दशमलव ९८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ३४ प्रतिशत, अन्य समूहको १ दशमलव ४१ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ४ प्रतिशत, म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव ५५ प्रतिशत र लगानी समूहको परिसूचक १ दशमलव ९४ प्रतिशतका दरले घटेको हो । 

सम्बन्धित सामग्री

तीन जीवन बीमा कम्पनीको शेयर कारोबार फुकुवा, मंगलवारदेखि कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ( नेप्से) ले तीन जीवन बीमा कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सकोे शेयर फुकुवा गरेको हो । नेप्सेले यी तीनओटै कम्पनीको आधारभूत शेयरधनीबाहेक शेयरधनीको शेयर कारोबार फुकुवा गरेको हो ।  यी कम्पनीको भोलि अर्थात् मंगलवारदेखि शेयर खरीदविक्री गर्न मिल्नेछ । यी तीनओटै कम्पनीले एक आपसमा मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेसँगै गत जेठ ३ गतेदेखि शेयर कारोबार रोक्का भएको थियो ।  हाल मर्जर तथा प्राप्ति प्रयोजनका लागि शेयर कारोबार एकीकृत कारोबारपछि मात्र बढीमा १५ दिन मात्र रोक्का गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा आएसँगै रोक्का रहेका कम्पनीहरूले कारोबार फुकुवाको प्रक्रिया अघि बढाएका हुन् ।

नेप्सेमा २ वटा जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ वटा जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का भएको छ । नेप्सेमा सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड र रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको कारोबार ओक्का भएको हो। २ कम्पनी बीच आज बिहान मर्जर सम्बन्धि सम्झौता भएसंगै नेप्सेमा कारोबार रोक्का भएको हो ।  मर्जर सम्बन्धि समझदारीपत्रमा सानिमा लाइफ कम्पनीको तर्फबाट सञ्चालक घनश्याम थापा तथा रिलायन्स लाईफ इन्स्योरेन्सको तर्फबाट सञ्चालक भरत कुमार तोदीले हस्ताक्षर गरेका छन्। बीमा समितिले बीमा कम्पनीहरुले पुँजी वृद्धि गर्ने नीति ल्याएपछि बीमा कम्पनीहरुले धमाधम मर्जरको लागि सम्झौता गरिरहेका छन् । बीमा समितिले  आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीले ५ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने निर्देशन जारी गरेको छ । त्यस्तै निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड पुँजी पुर्याउनु पर्न  छ ।

नेप्सेमा २ वटा जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ वटा जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का भएको छ । नेप्सेमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्सको कारोबार रोक्का भएको हो ।दुवै कम्पनीले आइतबार मर्जरमा जानको लागि सम्झौता गरेसंगै नेप्सेमा कारोबार रोक्का भएको हो ।  आइतबार भएको सम्झौतामा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई र ज्योति लाइफका अध्यक्ष नन्द किशोर शर्माले हस्ताक्षर गरेका छन् । स्वाप रेसियो भने डीडीएपछि तय हुने छ ।बीमा समितिले बीमा कम्पनीहरुले पुँजी वृद्धि गर्ने नीति ल्याएपछि बीमा कम्पनीहरुले धमाधम मर्जरको लागि सम्झौता गरिरहेका छन् । बीमा समितिले  आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीले ५ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने निर्देशन जारी गरेको छ । त्यस्तै निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड पुँजी पुर्याउनु पर्न  छ ।मर्जरको नाममा  कारोबार रोक्का हुँदा लगानीकर्ता भने मारमा पर्ने गरेका छन् । नेपाल धितोपत्र बोर्डले साउनदेखि यसको समाधान हुने दाबी गरेको छ । बोर्डका अध्यक्ष रमेश कुमार हमालले साउनपछि मर्जरको नाममा कुनै पनि कम्पनीको शेयर कारोबार रोक्का नहुने बताएका छन् । केहि दिन अघि बोर्डमा आयोजित पत्रकार सम्मलेनको क्रममा उनले कारोबार नरोक्ने विषयमा काम भईरहेकोले साउनसम्ममा त्यसको नतिजा देखिने बताएका हुन् ।राष्ट्र बैंकको नियमावली मै मर्जरमा जाँदा कारोबार रोक्का गर्ने विषय रहेकोले त्यसको लागि नियमावली नै संशोधन गर्नु पर्ने र सो कार्य प्रक्रियामा नै गईसकेकोले साउनपछि कारोबार नरोकिने बताएका हुन् । कारोबार नरोक्ने विषयमा बोर्ड, नेप्से, राष्ट्र बैंक, बिमा समिति सबैको समान धारणा रहेको उनले बताएका थिए ।

शेयर बजारमा दोहोरो अंकको गिरावट, जीवन बीमा र निर्जीवन बीमा समूह तीन अंकले घट्यो

नेप्से घटेसँगै कारोबार रककममा पनि गिरावट आएको छ । यसदिन २ सय २४ कम्पनीको ३९ लाख १७ हजार ६ सय ५५ कित्ता शेयर कारोबार हुँदा १ अर्ब ३६ करोड ९५ लाख रुपैयाँको कारोबार भयो ।

शेयर बजार ३० अङ्कले बढ्याे, काराेबार रकम डेढ अर्ब रुपैयाँ पनि पुगेन

काठमाण्डाै – शेयर बजार आज बुधवार ३० अङ्कभन्दा धेरैले बढेको छ । हिजो मङ्गलवार ३४ अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव २४ अङ्कले बढेर दुई हजार चार सय १५ दशमलव २४ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा निर्जीवन बीमा, माइक्रोफाइनान्स, जीवन बीमा, उत्पादन, विकास बैंक र होटल तथा पर्यटनको समूहको शेयर उच्च अङ्कले बढेको छ । आज शेयर बढे पनि कारोबार रकम भने घटेको छ । हिजो एक अर्ब ५२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा आज दुई सय २९ कम्पनीको ३३ लाख ९८ हजार कित्ता शेयर एक अर्ब ४७...

मंगलवार जीवन बीमा समूहको मात्र परिसूचक बढ्यो, ८१ करोडभन्दा बढीको शेयर खरीदविक्री

माघ ११, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक ५ दशमलव ५९ अंक घट्दा कारोबारमा आएका समूहमध्ये जीवन बीमा समूहको मात्र परिसूचक बढेको छ ।  यस दिन जीवन बीमा समूहको परिसूचक शू्न्य दशमलव ४४ प्रतिशत बढेको हो । पूँजी वृद्धिलाई जोड दिएको यो समूह अन्तर्गतका कम्पनीहरुमध्ये धेरैले लाभांश प्रस्ताव गर्न बाँकी छ । बीमा समितिले यस वर्ष बीमा कम्पनीहरुलाई कर वाहेक नगद लाभांश वितरणमा रोक लगाएको छ ।  यतिबेला सूचीकृत कम्पनीहरुमध्ये अधिकांश कम्पनीहरुले गत आर्थिक वर्षको वार्षिक साधारण सभा गरिसकेका छन् । विमांकिय मूल्याङ्कनका कारण एक वर्ष वार्षिक साधारण सभा ढिलो हुदैं आएका जीवन बीमा कम्पनीहरुमध्ये भने धेरैले वार्षिक साधारण सभा गर्न बाँकी छ । नगद लाभांशमा रोक लगाएका कारण आकर्षक बोनस शेयर दिने अपेक्षा लगानीकर्ताहरुले जीवन बीमा कम्पनीहरुसँग गरेको देखिन्छ ।  मंगलवार बजारको कुल कारोबार रकममा जीवन बीमा समूहको मात्र १५ दशमलव १० प्रतिशत हिस्सा रहेको छ । यस दिन रू. ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार बराबरको ९७ लाख ८४ हजार ६५१ कित्ता शेयर कारोबार भएकोमा जीवन बीमा समूहको रू. ८१ करोड ४८ लाख ९७ हजार बराबरको ७ लाख ६४ हजार ३२५ कित्ता शेयर कारोबार भएको हो । यस दिन सर्वाधिक कारोबार पनि जीवन बीमा समूह अन्तर्गतकै कम्पनीको भएको छ । एशियन लाईफ इन्स्योरेन्सको मंगलवार सर्वाधिक रू. २६ करोड ९४ लाख ५१ हजार बराबरको २ लाख २ हजार ७५८ कित्ता शेयर कारोबार भएको हो ।  हालसम्म लाभांश प्रस्ताव गरेका जीवन बीमा कम्पनीहरुमध्य यस वर्ष एशियन लाईफले सर्वाधिक २७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७६/ ७७ को मुनाफाबाट कम्पनीले २५ प्रतिशत बोनस शेयर र करसमेत २ प्रतिशत नगद लाभांश गरी २७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजी रू. २ अर्ब १ करोड ७ लाख ६० हजारको आधारमा लाभांश वितरण गर्न लागेको हो ।  उक्त लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले माघ २१ गते १३औं वार्षिक साधारण सभा बोलाएको छ ।उक्त सभा प्रयोजनका लागि कम्पनीले माघ १२ गते एक दिन बुक क्लोज गर्ने भएकाले माघ ११ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुने भएका हुन् । कम्पनीको आकर्षक लाभांशप्रति कम्पनीको कारोबार रकम हेर्दा लगानीकर्ताहरु आकर्षित भएको देखिन्छ ।

शेयर बजार साढे ५ अङ्कले बढ्यो, ३ अर्ब ६२ करोड रुपैयाँको कारोबार

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज बुधवार सामान्य बढेको छ । नेप्से आज पाँच दशमलव ५१ अङ्कले बढेर दुई हजार पाँच सय २४ दशमलव ५० विन्दुमा पुगेको छ ।  आज व्यापार, विकास बैंक, फाइनान्स, जीवन बीमा र लगानी समूहको शेयर घटे पनि अरू समूहको शेयर सामान्य बढेको छ ।  यस्तै दुई सय २८ कम्पनीका ५६ लाख ३८ हजार कित्ता शेयर तीन अर्ब ६२ करोड ३४ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ५२ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।  आज मध्य भोटेकोसी जलविद्युत् कम्पनीको शेयर...

नेप्से दोहोरो अङ्कले घट्यो, बजार पुँजीकरण ४२ खर्ब ५४ अर्ब

निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त र जलविद्युत् उपसमूहको शेयर मूल्य उच्च अङ्कले ओरालो लागेपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । साताको पहिलो कारोबार दिनमा बजार उकालो लाग्ने अनुमानका बीच नेप्से ओरालो यात्रा तय गरेको हो । नेपाल स्टक एक्सेचञ्जका अनुसार नेप्से ४९.१८ बिन्दुले ओरालो लागेर तीन हजार ४४.८६ …