जीवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण नगर्न बीमा समितिको निर्देशन

पुस २९, काठमाडौं । नियामक निकाय बीमा समितिले जीबन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण नगर्न निर्देशन दिएको छ ।  अर्को व्यवस्था नहुँदासम्म जीवन बीमा कम्पनीहरुलाई बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि बाहेक नगद लाभांश नगर्न अनरोध गरेको हो ।  बीमा समितिका अनुसार बीमकले भविष्यमा जोखिममा आधारित पूँजी कायम गर्नुपर्ने तथा बीमकलाई आइपर्न सक्ने थप जोखिम बहन गर्न पूँजी कोषलाई सबल बनाउनको लागि अर्को व्यवस्था नहुनजेलसम्मको लागि नगद लाभांश वितरणमा रोक लागाएको हो ।  यसअघि निर्जीवन बीमा कम्पनीहरुलाई पनि नगद लाभांश वितरणमा रोक लगाइसकेको छ ।