जीवन बीमा कम्पनीमध्येकै सर्वाधिक चुक्तापूँजी भएको नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी विश्लेषण :

चैत ७, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले पाँच वर्षमा कुल २११ दशलमव शून्य ८ प्रतिशत लाभांश पाएका छन् । जसमध्ये १३७ प्रतिशत बोनस शेयर र ७४ दशलमव शून्य ८ प्रतिशत नगद लाभांश ( करसहित) पाएका हुन् ।  आव २०७६/ ७७ को लाभांश भने साधारण सभाले पारित गर्न बाँकी रहेको छ । कम्पनीले १४ प्रतिशत बोनस शेयर र शून्य दशलमव ७४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले आगामी चैत २१ गते साधारण सभा बोलाएको छ ।  कम्पनीले सभा होटल भिष्वा, वीरगञ्ज पर्सामा बिहान ९ बजे गर्ने जानकारी दिएको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका चैत ७ गते बन्द गरेको छ । यस आधारमा चैत ६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।  पाँच वर्षको लाभांश इतिहास : कम्पनीको सञ्चालक समितिको अध्यक्षमा गोबिन्द लाल सँघाई रहेका छन् भने डेपुटी सीईओमा प्रविण रमण पराजुली रहेका छन् ।  कम्पनीको पाँच आवको वार्षिक वित्तीय अवस्था (रू. हजारमा)  पाँच आवमा कम्पनीको नाफाको ट्रेण्ड  कम्पनीले आव २०७१/ ७२ मा रू. ५२ करोड ७५ लाख नाफा कमाएकोमा आव २०७५/ ७६ सम्म आइपुग्दा रू. १ अर्ब १८ करोड पुगेको छ । जीवन बीमा कम्पनीमध्ये सबैभन्दा बढी चुक्तापूँजी भएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी हो । चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको चुक्तापूँजी रू. ७ अर्ब १९ करोड रहेको छ । सो अवधिमा कम्पनीले जगेडामा रू. १ अर्ब ७५ करोड र जीवन बीमा कोषमा रू. १ खर्ब २४ अर्ब सञ्चित गरेको छ । कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा १३ करोड ४ लाख नाफा कमाएको हो ।  गत आवको दोस्रो त्रैमाससम्ममा भने कम्पनीले रू. ४२ करोड ९७ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खर्चमा वृद्धि भइ आम्दानी घटेकाले नाफा घटेको छ । सो अवधिमासम्म कम्पनीले रू. १८ अर्ब ३९ करोड बीमाशुल्क आर्जन गरेको छ ।  मैनबत्ती चित्र  साताको दोस्रो कारोबार दिन सोमवार बोनस शेयरको समायोजन पछि कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार १०६ मा खुला भएको छ । नेप्सेले १४ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. १ हजार ८५ दशलमव शून्य ९ तोकेको छ । कम्पनीले आइतवार कायम अन्तिम शेयर मूल्य रू. १ हजार २३७ को आधारमा शेयरमूल्य समायोजन गरेको हो । सोमवार कम्पनीको ७७ हजार १२८ कित्ता शेयर खरीदविक्री भएको छ ।  साथै एक वर्षको तुलनामा कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ११ रुपैयाँले घटेको छ । कम्पनीको शेयरमूल्य २०२१ मार्च २१ मा प्रतिकित्ता रू. २ हजार २० रहेकोमा २०२२ मार्च २१ मा प्रतिकित्ता रू. १ हजार १०९ मा झरेको छ । कम्पनीले विगतमा आकर्षक लाभांश दिंदै आएको थियो । आव २०७६/ ७७ को मुनाफाबाट भने विगतको तुलनामा लाभांश दर केही घटेको छ । सोही कारण पनि कम्पनीको शेयर मूल्य घटेको हो ।  उक्त कम्पनीको शेयरमा दिर्घकालिन रुपमा लगानी गरेका लगानीकर्ताले राम्रो प्रतिफल प्राप्त गरेको देखिन्छ ।   सोमवार ह्याम्मर प्यार्टन आकृती बनेको छ । यस्तो आकृतीले कम्पनीको शेयरमूल्य बुलिसमा रिर्भस हुने संकेत गर्दछ ।    (यद्यपि हामीले उपलब्ध तथ्याङ्कको अधारमा गरेको यो विश्लेषण आफैंमा पूर्ण होइन, लगानीकर्ताले लगानी गर्नु पूर्व कम्पनीको समग्र आधारभुत पक्ष र प्राविधिक पक्ष हेर्नु आवश्यक  छ । )