६ ओटा जीवन बीमा कम्पनीले घोषणा गरे लाभांश, सबैभन्दा बढी एशियन लाइफ इन्स्योरेन्सको

पुस २६, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत १२ ओटा जीवन बीमा कम्पनीमध्ये हालसम्म ६ ओटा जीवन बीमा कम्पनीले लाभांश घोषणा गरेका छन् ।  ६ ओटै कम्पनीले अघिल्लो आव २०७६/७७ को मुनाफाबाट लाभांश घोषणा गरेका हुन् । ती कम्पनीमध्ये तीन ओटा कम्पनीले साधारण सभा सम्पन्न गरिसकेका छन् ।  प्राइम लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले साधारण सभा सम्पन्न गरिसकेका छन् । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर १९ गते, सूर्या लाइफ इन्स्योरेन्सले पुस १९ गते र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले पुस ११ गते साधारण सभा सम्पन्न गरेका हुन् ।  बाँकी तीन ओटा कम्पनी एशियन लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सभा बोलाउन बाँकी रहेको छ ।  हालसम्म लाभांश घोषणा गरेका कम्पनीहरुमध्ये सबैभन्दा बढी एशियन लाइफ इन्स्योरेन्स कम्पनीले कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश कर सहित गरेर कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  यो प्रस्तावित लाभांश बीमा समितिले स्वीकृत गरेको छ भने अब कम्पनीको साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।  त्यसैगरी, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले शेयरधनीलाई आव २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।  त्यसैगरी, ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ५ प्रतिशत बोनस शेयर र ५ दशमलव ५२६३ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको हो । यी प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् ।  जीवन बीमा कम्पनीहरुको बीमाङ्किय मूल्याङन (एक्चुअरी भ्यालुएसन)का कारण साधारण सभा एक वर्ष ढिला हुँदै आएको छ । नेपालमा दक्ष जनशत्तिको आभावका कारण एक्युअरी भ्यालुएसन भारतमा गराउनु पर्ने भएकाले र वित्तीय विवरणको लेखापरिक्षण छिटो नहुँदा जीवन बीमा कम्पनीहरुको लाभांश घोषणा र साधारण सभामा ढिलाई भएको हो ।                                                                             स्रोत : कम्पनीद्वारा प्रकाशित सूचना 

सम्बन्धित सामग्री

४ जीवन बीमा कम्पनीले दिए गत आवको मुनाफाबाट लाभांश , कुन कम्पनीको कति लाभांश ?

काठमाडौं । नेप्सेमा सूचीकृत १२ जीवन बीमा कम्पनीहरुमध्ये चार जीवन कम्पनीमात्रै आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट  लाभांश घोषणा गरेका छन् । एशियन लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ  र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन । यी मध्ये एशियन लाइफ ,सिटिजन लाइफ इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ लाभांश साधारण सभाबाट पारित गरिसकेका छन् ।  सिटिजन लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भइसकेको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस दिएको हो । त्यस्तै एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ७ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४०७८ प्रतिशत नगद लाभांश दिएको हो । त्यस्तै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशलमव ८४ प्रतिशत नगद लाभांश दिएको हो । त्यस्तै सन नेपाल लाइफ इन्स्योरेन्सले गत आवको मुनाफाबाट २३ दशलमव ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव २५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । यस कम्पनीले हालसम्ममा साधारण सभाको मिति तय गरेको छैन ।

जीवन बीमा कम्पनीहरूले दुई महीनामा गरे २९ अर्बभन्दा बढी बीमा शुल्क संकलन

काठमाडौं । जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८०/८१ को दुई महीनामा २९ अर्बभन्दा बढी बीमा शुल्क संकलन गरेका छन् ।  नेपाल बीमा प्राधिकरणका अनुसार बीमा कम्पनीहरूले दुई महीनाको अवधिमा २९ अर्ब १३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । गत वर्षको सोही अवधिको तुलनामा चालु आवमा बीमा शुल्क संकलन ११.८५ प्रतिशतले बढेको हो । गत आवको भदौसम्ममा जीवन बीमा कम्पनीहरूले २६ अर्ब ४ करोड ३३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ जीवन बीमा कम्पनीले मात्रै २९ अर्ब १२ करोड रुपैयाँ बीमा शुल्क संकलन छन् । यस्तै दुई लघु जीवन बीमा कम्पनीले १३ लाख ४५ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।  भदौसम्म सबैभन्दा बढी नेपाल लाइफले बीमा शुल्क संकलन गरेको छ । कम्पनीले दुई महीनामा ८ अर्ब १ करोड १८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । सर्वाधिक बीमा शुल्क संकलन गर्ने जीवन बीमा कम्पनीको सूचीमा दाेस्रोमा रहेको राष्ट्रिय बीमा संस्थानले ३ अर्ब ५६ करोड रुपैयाँ र तेस्रोमा रहेको एलआइसी नेपालले ३ अर्ब ६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।  कुन कम्पनीको कति बीमा शुल्क संकलन ? बीमक बीमा शुल्क संकलन (रू‍‍. लाखमा) राष्ट्रिय बीमा संस्थान 35,685.59 नेशनल लाइफ इन्स्योरेन्स 29,077.28 नेपाल लाइफ इन्स्योरेन्स 80,118.52 लाइफ इन्स्योरेन्स कर्पोरेशन  30,634.70 मेट लाइफ 9,212.49 एशियन लाइफ इन्स्योरेन्स  12,208.84 आइएमई लाइफ इन्स्योरेन्स 7,631.34 सन नेपाल लाइफ इन्स्योरेन्स 6,374.10 रिलायबल नेपाल लाइफ इन्स्योरेन्स 6,755.33 सिटिजन लाइफ इन्स्योरेन्स 10,110.82 सुर्यज्योती लाइफ इन्स्योरेन्स 15,500.30 सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स 10,159.73 हिमालयन लाइफ इन्स्योरेन्स 29,579.73 प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स 8,249.61 जम्मा  (क) 291,298.38 लघु  बीमक   गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स 10.37 क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स 3.07 जम्मा  (ख) 13.45 जम्मा  (क+ख) 291,311.83 स्रोतः नेपाल बीमा प्राधिकरण

साढे ८ अर्बको हकप्रद निष्कासन गर्दै बीमा कम्पनी

काठमाडौं । नियामकले तोकेको चुक्ता पूँजी पुर्‍याउन बाँकी रहेका १० ओटा बीमा कम्पनीले झन्डै साढे ८ अर्ब रुपैयाँको हकप्रद शेयर निष्कासनको स्वीकृति पाएका छन् । उनीहरुलाई प्राधिकरणले हकप्रद शेयर निष्कासनको स्वीकृति दिएको हो ।  प्राधिकरणले पाँचओटा जीवन बीमा र त्यत्ति नै संख्याका निर्जीवन बीमा कम्पनीलाई ८ अर्ब ४८ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासनको लागि स्वीकृति दिएको छ ।  प्राधिकरणले जीवन बीमा कम्पनीका लागि ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीका लागि २ अर्ब ५० करोड रुपैयाँ न्यूनतम चुक्ता पूँजी तोकेको छ । प्राधिकरणले निर्धारण गरेको चुक्ता पूँजी कम्पनीहरूले मर्जपछि पनि नपुर्‍याएपछि प्राधिकरणले हकप्रद निष्कासनको बाटो खुलाएको हो ।  निर्जीवन बीमातर्फ एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सबैभन्दा बढी ६६ प्रतिशत हकप्रद निष्कासनको स्वीकृति पाएको छ । प्राधिकरणले जीवन बीमातर्फ पाँचओटा कम्पनीलाई ५ अर्ब ६२ करोड रुपैयाँ बराबरको हकप्रद निष्कासनका लागि स्वीकृति दिएको छ । जीवन बीमातर्फ लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले सबैभन्दा बढी ८६ प्रतिशत हकप्रद निष्कासनको स्वीकृति पाएको छ । कम्पनीले २ अर्ब २८ करोड रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्ने स्वीकृति पाएको छ । दोस्रोमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४२ प्रतिशत र तेस्रोमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले २० प्रतिशत हकप्रद निष्कानको स्वीकृति पाएको छ ।  यस्तै प्राधिकरणले निर्जीवन बीमातर्फ पाँचओटा कम्पनीलाई २ अर्ब ८५ करोड रुपैयाँ बराबरको हकप्रद निष्कासनका लागि स्वीकृति दिएको छ । निर्जीवन बीमातर्फ एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सबैभन्दा बढी ६६ प्रतिशत हकप्रद निष्कासनको स्वीकृति पाएको छ । उसले ९६ करोड ३१ लाख रुपैयाँ बराबरको हकप्रद निष्कासनको स्वीकृति पाएको हो । यस्तै दोस्रोमा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२ प्रतिशत र तेस्रोमा नेको इन्सुरेन्स लिमिटेड र सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड दुवैले २५–२५ प्रतिशत हकप्रद निष्कासन अनुमति पाएका छन् ।  नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले न्यूनतम चुक्ता पूँजी कायम गर्न नसकेका बीमा कम्पनीलाई हकप्रद निष्कासनको बाटो खुलाइएको बताए । ‘प्राधिकरणको पूँजी वृद्धिको पहिलो प्राथमिकता मर्जर थियो । अब हकप्रद निष्कासनको बाटो खोलेर न्यूनतम चुक्ता पूँजी कायम गर्ने मौका प्राधिकरणले दिएको छ,’ उनले भने ।

जीवन बीमा व्यवसाय : वैशाखमा चालू आवकै सबैभन्दा थोरै बीमा शुल्क आर्जन

काठमाडौं । वैशाखमा जीवन बीमा कम्पनीहरूले आर्जन गरेको बीमा शुल्क चालू आवकै सबैभन्दा कम रहेको छ । १० महीनाको अवधिमा असोजमा बाहेक हरेक महीना कम्तिमा १० अर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गरेका कम्पनीहरूले वैशाखमा भने ९ अर्ब ३७ करोड रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेका छन् । यो बीमा शुल्क पछिल्लो १० महीना यताकै सबैभन्दा कम हो । कम्पनीहरूले चैतमा ११ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका कम्पनीले फागुनमा १० अर्ब ३३ करोड, माघमा ११ अर्ब ७३ करोड, पुसमा १२ अर्ब १३ करोड र मंसिरमा १३ अर्ब ५० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । त्यस्तै कात्तिकमा १० अर्ब २३ करोड, असोजमा ९ अर्ब ७३ करो८, भदौमा १० अर्ब ९० करोड र साउनमा १५ अर्ब ५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । साउनमा आर्जन गरेको बीमा शुल्क नै चालू आवको सबैभन्दा धेरै बीमा शुल्क हो । साउन पछि मंसिरमा आर्जन गरेको बीमा शुल्क चालू आवकै दोस्रो धेरै हो । किन घट्यो बीमा शुल्क आर्जन ? देशमा देखिएको आर्थिक सुस्तीको असर बीमा व्यवसायमा परेको बीमा कम्पनीहरूको भनाइ छ । आर्थिक मन्दीमा पहिलो आवश्यक्ता परिवारको आवश्यक्ता र त्यसपछि मात्रै अन्य कुरा पर्दा बीमा व्यवसाय निकै खुम्चिएको कम्पनीकोहरू दाबी छ । नेशनल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (CEO) सुरेश खत्री आर्थिक मन्दीकै कारण बीमा व्यवसाय खस्किएको बताउँछन् । 'बीमितहरूले बीमा पोलीसी नविकरण गर्न अहिले नसकिने बताइरहेका छन् । उनीहरूको पहिलो आवश्यक्ता परिवारको छाक टार्ने भएको छ।' खत्रीले भने, 'जीवन बीमा भनेको फोर्स सेभिङ हो, मन्दीको बेला यो प्राथमिकतामा परेको छैन ।' 'सहकारीको व्यवसाय राम्रो भएको बेलामा व्यवसायिक अभिकर्ताले सहकारी मार्फत बीमितको पोलीसी नविकरण गरिदिन्थे । अहिले सहकारीहरू पनि समस्यामा परेपछि अन्य विकल्पबाट नविकरण सम्भव भएन । त्यसैले बीमा व्यवसाय यो वर्षकै न्युत स्तरमा आएको हो ।' उनले भने । अहिले नयाँ पोलीसीको विक्री पनि घटेको र नविकरण पनि ठप्पै भएको कम्पनीहरूको भनाइ छ ।  महीना प्रथम बीमा शुल्क (रु लाखमा) नवीकरण बीमा शुल्क (रु लाखमा) बीमा शुल्क (रु लाखमा) साउन 22,033.45 128,540.40 150,573.86 भदौ 26,124.99 83,734.80 109,859.79 असोज 22,796.96 74,537.96 97,334.93 कात्तिक 20,217.15 82,129.66 102,346.81 मंसिर 21,536.38 113,510.41 135,046.79 पुस 29,070.30 92,288.07 121,358.37 माघ 22,792.46 94,601.25 117,393.71 फागुन  20,673.03 82,665.25 103,338.27 चैत 24,808.16 85,287.54 110,095.70 वैशाख 23,225.91 70,523.31 93,749.22                                                                                         स्रोत: नेपाल बीमा प्राधिकरण बीमा शुल्क घट्दा पनि बीमा संस्थान र सानीमा रिलायन्सको बीमा शुल्क बढ्यो चालू आर्थिक वर्षको चैत महीनाको तुलनामा वैशाख महीनामा राष्ट्रिय बीमा संस्थान र सानीमा रिलायन्सको व्यवासायमा मात्रै सुधार आएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको वैशाख महीनामा जीवन बीमा कम्पनीहरुले ९ अर्ब ३७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।  कम्पनीहरुले चैत महीनामा भने ११ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । चैत महीनाको तुलनामा वैशाखमा कम्पनीहरूको बीमा शुल्क १४ दशमलव ८५ प्रतिशतले घटेको छ ।  सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको चैत महीनाको तुलनामा वैशाखमा बीमा शुल्क ३१ दशमलव ६० प्रतिशतले बढेको छ । प्राधिकरणका अनुसार चैत महीनामा ३६ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको संस्थानले वैशाखमा ४७ करोड ८३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।  त्यस्तै सानीमा रिलायन्सको चैत महीनाको तुलनामा वैशाखमा बीमा शुल्क ३७ दशमलव ७१ प्रतिशतले बढेको छ । प्राधिकरणका अनुसार चैत महीनामा २४ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको संस्थानले वैशाखमा ३४ करोड ०५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अन्य बीमा कम्पनीहरुको अवस्था के छ? बीमा कम्पनी चैत महीनाको बीमा शुल्क (रु लाखमा) वैशाख महीनाको बीमा शुल्क (रु लाखमा) फरक प्रतिशत राष्ट्रिय बीमा संस्थान 3634.54 4,783.09 31.60 नेशनल लाइफ इन्स्योरेन्स 11523.53 10,216.80 -11.34 नेपाल लाइफ इन्स्योरेन्स 28825.42 23,920.03 -17.02 लाइफ इन्स्योरेन्स कपोरेशन  14472.88 12,434.42 -14.08 मेट लाइफ 4862.5 3,973.08 -18.29 एशियन लाइफ इन्स्योरेन्स  6021.08 4,946.10 -17.85 गुरास लाइफ इन्स्योरेन्स* 2551.01 1,493.44 -41.46 प्राइम लाइफ इन्स्योरेन्स* 3762.42 1,865.62 -50.41 आइएमई लाइफ इन्स्योरेन्स 3638.44 2,794.56 -23.19 युनियन लाइफ इन्स्योरेन्स* 5777.86 4,744.84 -17.88 सन नेपाल लाइफ इन्स्योरेन्स 2901.21 2,635.70 -9.15 रिलायन्स लाइफ इन्स्योरेन्स* 499     रिलायबल नेपाल इन्स्योरेन्स 3838.25 2,639.83 -31.22 सिटिजन्स लाइफ इन्स्योरेन्स 4451.17 4,024.39 -9.59 सानीमा लाइफ इन्स्योरेन्स* 443.99     प्रभु लाइफ इन्स्योरेन्स 1547.58 1,364.69 -11.82 महालक्ष्मी लाइफ इन्स्योरेन्स 1679.62 1,266.56 -24.59 सुर्य ज्योती लाइफ इन्स्योरेन्स 7192.46 5,729.13 -20.35 सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स* २४७२.७५ 3,405.22 37.71 हिमालन लाइफ इन्स्योरेन्स*   1,511.73   जम्मा 110095.71 93,749.23 -14.85 स्रोत: नेपाल बीमा प्राधिकरण *सानिमा लाइफ र रिलायन्स लाइफ मर्जर अघि चैत ८ गते सम्म छुट्टाछुट्टै र मर्जर पछि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट व्यवसाय शुरु गरेको।  *गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफले मर्जर अघि वैशाख २८ गते सम्म छुट्टाछुट्टै र मर्जर पछि हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट व्यवसाय शुरू गरेको ।

एशियन लाइफको नयाँ बीमा योजना

काठमाडौं (अस) । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले सुनिश्चित आय (परिवार आयलाभ) जीवन बीमा योजना सुरु गरेको छ । कम्पनीका सञ्चालक समिति अध्यक्ष दीपककुमार श्रेष्ठ, सञ्चालक सुरेन्द्रकुमार गोयल, सजल मास्के, निष्ठा प्रधानांग, अच्युतराज सापकोटा, प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठ, कामु नायब प्रमुख कार्यकारी अधिकृत मुरारिराज हुमागाईंलगायतको उपस्थितिमा उक्त जीवन बीमा योजना सार्वजनिक गरिएको हो । बीमा योजनाको मुख्य विशेषतामा एक जना अभिभावकको आम्दानीमा निर्भर हुने परिवारको भविष्यमा आइपर्न सक्ने पैसाको खाँचोलाई सहज रूपमा व्यवस्थापन गर्नु रहेको छ । मुनाफामा सरिक नहुने जीवन बीमा योजनामा बीमितले अतिरिक्त बीमा शुल्क भुक्तानी गरेर अतिरिक्त लाभ जस्तै, दुर्घटना मृत्यु लाभ, स्थायी अपांगता, अशक्त सुविधा र बीमा शुल्क छुट सुविधा थप गर्न सकिने व्यवस्था छ । १८ वर्षदेखि ५३ वर्ष उमेरसम्मका व्यक्ति सहभागी हुन सक्ने यो जीवन बीमा योजनाको अवधि २४ वर्षसम्म भए पनि बीमितले सुरुको १२ वर्षसम्म मात्र बीमा शुल्क भुक्तानी गर्नुपर्नेछ । न्यूनतम वार्षिक बीमा शुल्क २५ हजारदेखि माथि बीमितको आर्थिक अवस्थाका आधारमा जतिसुकै रकमको बीमा शुल्क भुक्तानी गरी बीमा गर्न सकिनेछ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्बभन्दा बढी र जीवन बीमा कोष २६ अर्ब ४८ करोडभन्दा बढी रहेको छ । कम्पनीले हाल ४२ शाखा र १०६ वटा उपशाखामार्फत सेवाग्राहीलाई बीमा सेवा दिँदै आएको छ ।