मंगलवार जीवन बीमा समूहको मात्र परिसूचक बढ्यो, ८१ करोडभन्दा बढीको शेयर खरीदविक्री

माघ ११, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक ५ दशमलव ५९ अंक घट्दा कारोबारमा आएका समूहमध्ये जीवन बीमा समूहको मात्र परिसूचक बढेको छ ।  यस दिन जीवन बीमा समूहको परिसूचक शू्न्य दशमलव ४४ प्रतिशत बढेको हो । पूँजी वृद्धिलाई जोड दिएको यो समूह अन्तर्गतका कम्पनीहरुमध्ये धेरैले लाभांश प्रस्ताव गर्न बाँकी छ । बीमा समितिले यस वर्ष बीमा कम्पनीहरुलाई कर वाहेक नगद लाभांश वितरणमा रोक लगाएको छ ।  यतिबेला सूचीकृत कम्पनीहरुमध्ये अधिकांश कम्पनीहरुले गत आर्थिक वर्षको वार्षिक साधारण सभा गरिसकेका छन् । विमांकिय मूल्याङ्कनका कारण एक वर्ष वार्षिक साधारण सभा ढिलो हुदैं आएका जीवन बीमा कम्पनीहरुमध्ये भने धेरैले वार्षिक साधारण सभा गर्न बाँकी छ । नगद लाभांशमा रोक लगाएका कारण आकर्षक बोनस शेयर दिने अपेक्षा लगानीकर्ताहरुले जीवन बीमा कम्पनीहरुसँग गरेको देखिन्छ ।  मंगलवार बजारको कुल कारोबार रकममा जीवन बीमा समूहको मात्र १५ दशमलव १० प्रतिशत हिस्सा रहेको छ । यस दिन रू. ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार बराबरको ९७ लाख ८४ हजार ६५१ कित्ता शेयर कारोबार भएकोमा जीवन बीमा समूहको रू. ८१ करोड ४८ लाख ९७ हजार बराबरको ७ लाख ६४ हजार ३२५ कित्ता शेयर कारोबार भएको हो । यस दिन सर्वाधिक कारोबार पनि जीवन बीमा समूह अन्तर्गतकै कम्पनीको भएको छ । एशियन लाईफ इन्स्योरेन्सको मंगलवार सर्वाधिक रू. २६ करोड ९४ लाख ५१ हजार बराबरको २ लाख २ हजार ७५८ कित्ता शेयर कारोबार भएको हो ।  हालसम्म लाभांश प्रस्ताव गरेका जीवन बीमा कम्पनीहरुमध्य यस वर्ष एशियन लाईफले सर्वाधिक २७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७६/ ७७ को मुनाफाबाट कम्पनीले २५ प्रतिशत बोनस शेयर र करसमेत २ प्रतिशत नगद लाभांश गरी २७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजी रू. २ अर्ब १ करोड ७ लाख ६० हजारको आधारमा लाभांश वितरण गर्न लागेको हो ।  उक्त लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले माघ २१ गते १३औं वार्षिक साधारण सभा बोलाएको छ ।उक्त सभा प्रयोजनका लागि कम्पनीले माघ १२ गते एक दिन बुक क्लोज गर्ने भएकाले माघ ११ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुने भएका हुन् । कम्पनीको आकर्षक लाभांशप्रति कम्पनीको कारोबार रकम हेर्दा लगानीकर्ताहरु आकर्षित भएको देखिन्छ । 

सम्बन्धित सामग्री

१० अंकले बढ्यो नेप्से

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज (मंगलवार) दोहोरो अङ्कले बढेको छ। आज नेप्से परिसूचक १० दशमलव १४ अङ्कले बढेर २ हजार ४१ दशमलव ७० को बिन्दुमा कायम भएको हो।विभिन्न ३१० कम्पनीका ६८ लाख ४२ हजार ३९२ कित्ता शेयर ४९ हजार ५१२ पटक खरिदबिक्री हुँदा २ अर्ब ३५ करोड ४३ लाख ४८ हजार ५०३ रुपैयाँ बराबरको कारोबार भएको छ।आजको कारोबारमा वित्त समूह शून्य दशमलव ०६, जीवन बीमा समूह शून्य दशमलव १८ र व्यापार समूह शून्य दशमलव १४ प्रतिशतले घटेका छन् भने अरु सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै उत्

सेयर बजारमा तेस्रो दिन पनि गिरावट

काठमाडौं । सेयर बजारमा तेस्रो दिन पनि गिरावट आएको छ । पछिल्ला दुई दिन सोमबार र मंगलबार सामान्य करेक्सन आएको बजारमा बुधबार भने डेढ अर्ब नजिक पुग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से ४० अंक बराबरले घटेर १९ सय १७ मा आएर थामियो । सबै समूह राताम्मे रहँदा जीवन बीमा समूह सबैभन्दा उच्च २ सय […]

शेयर बजारमा गिरावट जारी

काठमाडौं । शेयर बजार ओराला लाग्ने क्रम आज पनि थामिएन । शुक्रबार दुई घण्टा भएको कारोबारमा नेप्से दोहोरो अंकले ओरालो लाग्दा कारोबार भने सवा अर्ब हाराहारीमा रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से १६ अंकले ओरालो लागेर २ हजार २२ मा आएर थामियो । जीवन बीमा समूह दोहोरो अंकले सकारात्मक रहेबाहेक अरु सबै समूह ओरालो […]

नेप्से करिब ३० अंकले घटेर १९ सय ६६ मा आइपुग्यो

काठमाडौं । शेयर बजारमा बुधबार पनि वियरिष ट्रेण्ड जारी रह्यो । बजार परिसूचक नेप्से २९.८९ अंक बराबरले झरेर १९ सय ६६ कायम भएर थामियो । सबै समूह ओरालो लाग्दा जीवन बीमा समूह सबैभन्दा उच्च २ सय अंक बराबरले झर्यो । निर्जीबन बीमा समूह पनि डेढ सय अंक नजिकले ओरालो लाग्यो । अरु पनि अधिकांश समूह […]

शेयर बजारमा ४२ अंकले गिरावट, कारोबार डेढ अर्ब

काठमाडौं । सोमबार पनि शेयर बजारमा वियरिष ट्रेण्ड जारी रह्यो । बजार परिसूचक नेप्से ४२ अंक बराबरले ओरालो लागेर २३ सय ४३ मा आएर थामियो । सबै समूह राताम्मे रहँदा कारोबार पनि डेढ अर्ब हाराहारीबाट माथि उठ्न सकेन । निर्जीबन बीमा समूहमा सबैभन्दा उच्च साढें ३ सय अंक हाराहारीको गिरावट आउँदा जीवन बीमा समूह पनि […]

शेयर बजार आज दोहोरो अंकले ओरालो

काठमाडौं । बुधबार एकाएक ४० अंकले उकालो लागेको शेयर बजार आज (बिहिबार) पुनः दोहोरो अंकले ओरालो लागेकाे छ । उतार चढावबीच बजार परिसूचक नेप्से २४ अंक बराबरले ओरालो लागेर २५ सय ४४ कायम भएर थामिएकाे हाे । व्यापार बाहेक अरु सबै समूह ओरालो लाग्दा कारोबार पनि २ अर्ब तलै खुम्चिएको छ । जीवन बीमा समूह […]

४१ अंकले घट्यो सेयर बजार, यी लगानीकर्तालाई भने फाइदा

आज साताको पहिलो कारोबारका दिन सेयर बजार परिसूचक ४१ अंकले घटेको छ । कारोबार समयदेखि घट्न थालेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तिम समयसम्म आइपुग्दा करिब ५० अंकले घटेर बन्द भएको हो ।यसक्रममा आज निर्जीवन बीमा समूह बाहेक सबै समूहमा गिरावट आएको छ । निर्जीवन बीमा समूहमा भने १३३ अंकको वृद्धि आएको छ । यसबाहेक, जीवन बीमा समूह अन्तिम समयमा समालिन नसक्दा ९८ अंकले घटेको छ ।यस्तै, उत्पादनमूलक समूह १४५ अंक, विकास बैंक समूह १४५ अंक, अन्य समूह ९३ अंक, होटल एण्ड टुरिजम समूह ६६ अंक र व्यापार समूह ५५ अंकले घटेको

शेयर बजारमा वृद्धि, कारोबार भने साढें २ अर्ब

काठमाडौं । मंगलबार पनि शेयर बजारमा दोहोरो अंकको सुधार जारी रह्यो । कारोबार भने साढें २ अर्बबाट माथि उठ्न सकेन । उतार चढावकाबीच बजार परिसूचक नेप्से १६ अंकले उकालो लागेर २६ सय ५० पुगेर थामियो । यस दिन वित्त, व्यापार र जलविद्युत समूहबाहेक अरु समूह सकारात्मक रहे । जीवन बीमा समूह सबैभन्दा उच्च अढाई सय […]

सेयर बजारमा दाेहाेराे अंककाे गिरावट, १३ वटै समूहमा राताे पाेतियाे

काठमाडाैं : साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकले गिरावट आएकाे छ। आज बजार ४०.५७ अंकले ओरालो लागेर नेप्से परिसूचक दुई हजार ८३६.१७ को विन्दुमा झरेको छ।राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.७३ अंकले घटेर ५३१.९२ को विन्दुमा झरेकाे छ।आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। आज जीवन बीमा समूह ३.५७ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह २.४१ प्रतिशतले घटेको छने बैंकिङ समूहमा १.०४ प्रतिशत, व्यापार समूहमा १.६६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.५९ प्रतिशतले गिर

बजार बढ्दा सबै समूहमा उत्साह

काठमाडौं। आज सेयर बजारमा कारोबार भएका सबै १३ वटै समूहमा उत्साहजनक वृद्धि आएको छ। सेयर बजार परिसूचक ७९ अंकले बढेको दिन १३ वटै समूह बढेका हुन्। सबैभन्दा बढी जीवन बीमा समूह ३८७ अंक र निर्जीवन बीमा समूह३७५ अंकले बढेका छन्। यसैगरी विकास बैंक समूह२५१, उत्पादनमूलक समूह १६२ अंकले बढेको छ। आज सबैभन्दा कम म्यूचुल फण्ड समूह ०.२१ अंकले बढेको छ।