६ ओटा जीवन बीमा कम्पनीले गरे लाभांश प्रस्ताव : प्राइम र गुराँस लाईफले मंसिर महीनामै पारित गर्दै

मंसिर ५, काठमाडौं । सूचीकृत कम्पनीहरुले लाभांश प्रस्ताव सार्वजनिक गर्ने क्रम चलिरहँदा हालसम्म ६ ओटा जीवन बीमा कम्पनीहरुले लाभांश प्रस्ताव गरेका छन् । एशियन लाईफ, रिलायन्स लाईफ, प्राइम लाईफ, सूर्या लाईफ र गुराँस लाईफले लाभांश प्रस्ताव सार्वजनिक गरेका हुन् । यी मध्ये गुराँस लाईफले  आर्थिक वर्ष ०७५/७६ को लाभांश सार्वजनिक गरेको हो भने बाँकी कम्पनीले आर्थिक वर्ष ०७६/७७ को लाभांश सार्वजनिक गरेका हुन् । जीवन बीमा कम्पनीहरुको बीमांकीय मूल्यांनका लागि भारतनै जानुपर्ने हालसम्मको बाध्यात्मक अवस्था र सो पश्चात मात्र लाभांश प्रस्ताव गर्न सकिने भएकाले एक वर्ष पुरानो लाभांश अहिले सार्वजनिक भइरहेको हो । गुराँस लाईफले पनि सोही कारण गत वर्षनै पारित गर्नुपर्ने लाभांश अहिले पारित गर्न लागेको छ । गुराँस लाईफ इन्स्योरेन्सले साउन २४ गतेको सञ्चालक समितिको बैठकले गरेको ५ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २९ प्रतिशत नगद लाभांश प्रस्ताव मंसिर १० गते वार्षिक साधारण सभा मार्फत पारित गर्दैछ । हाल यस कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ९७ करोड ८५ लाख ८४ हजार छ । सोही पूँजीको आधारमा गुराँस लाईफले ५ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गरी जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने रू. २ अर्ब बराबरको चुक्तापूँजी कायम गर्नेछ । अघिल्लो आर्थिक वर्ष ०७६/७७ को लाभांश सार्वजनिक गर्ने पाँच कम्पनीहरुमध्ये प्राइम लाईफ इन्स्योरेन्सले मंसिर १९ गते साधारण सभा गर्दैछ । उक्त सभाबाट कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ । हाल प्राइम लाईफ इन्स्योरेन्सको चुक्तापूँजी रू. २ अर्ब ४१ करोड ७० लाख ५७ हजार छ । यस वर्ष लाभांश सार्वजनिक गर्ने जीवन बीमा कम्पनीहरुमा एशियन लाईफ इन्स्योरेन्सले सबैभन्दा बढी प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक ३० गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. २ अर्ब १ करोड ७ लाख ६० हजारको आधारमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत २ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।   त्यस्तै, यो वर्ष सूर्या लाईफले १२ दशमलव ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । हाल यस कम्पनीको चुक्तापूँजी रू. २ अर्ब २६ करोड २८ लाख ९४ हजार रहेको छ । हालसम्म लाभांश सार्वजनिक गर्ने ६ ओटा जीवन बीमा कम्पनीहरुमध्ये दुई कम्पनी भने नयाँ जीवन बीमा कम्पनी रहेका छन् । रिलायन्स लाईफ र ज्योति लाईफले पनि लाभांश प्रस्ताव सार्वजनिक गरिसकेका हुन् । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्र्ष ०७६÷७७ को मुनाफाबाट कुल १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक १४ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. २ अर्र्ब २०ं करोडको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । ज्योति लाईफले सर्वसाधारणमा आईपीओ जारी गरेपश्चात पहिलो पटक लाभांश वितरण गर्न लागेको हो । यस कम्पनीले सर्वसाधारणमा २०७७ साल फागुन २१ गतेदेखि २६ गतेसम्म आईपीओ जारी गरी २०७७ साल चैत १३ गते बाँडफाँट गरेको थियो । त्यस्तै, रिलायन्स लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कर समेत ५ दशमलव २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको असोज १८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ५ दशमलव २६ प्रतिशत करसमेत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले ५ प्रतिशत नगद लाभांश र सो कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत रकम छुट्याएको जानकारी दिएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १० करोड रहेको छ ।                                                                         स्रोत : कम्पनीद्वारा जारी सूचना

सम्बन्धित सामग्री

प्राइम लाइफले मर्जर प्रस्ताव पारित गर्न बोलायो साधारण सभा

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैशाख ६ गते मर्जर सम्बन्धि प्रस्ताव पारितका लागि विशेष साधारण सभा बोलाएको छ । गत चैत २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अग्रवाल सेवा केन्द्र, कमलपोखरी, काठमाडौंमा विहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो । प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स मर्जरमा जान लागेका हुन् । वैशाखमै एकीकृत कारोबार गर्न लागेका तीन ओटै कम्पनीहरूले विशेष साधारण सभा आव्हान गरेका छन् । युनियन लाइफले र गुराँस लाइफले पनि वैशाख ६ गतेनै विशेष साधारण सभा बोलाएका हुन । समान हैसियतमा एक हुन लागेका यी तीन कम्पनीको मर्जरपछि चुक्तापूँजी रू. ७ अर्ब ७२ करोड ३१ लाख ९० हजार पुग्नेछ । बीमा कम्पनीहरूले नियामक निकायले तोकेबमोजिमको चुक्तापूँजी यहि चैतभित्र कायम गर्नुपर्नेछ । जीवन बीमा कम्पनीको लागि रू. ५ अर्ब र निर्जीवन बीमा कम्पनीको लागि रू. २ अर्ब ५० करोड पूँजी कायम गर्नुपर्ने व्यवस्था नियामक निकाय नेपाल बीमा प्राधिकरणले गरेको छ ।  प्राइम लाइफले आर्थिक वर्ष ०७७/ ७८ को मुनाफाबाट यस वर्ष १३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पुस २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ । बोनसपछि प्राइम लाइफको चुक्तापँजी रू. ३ अर्ब १४ करोड ९ लाख ६५ हजार पुगेको छ । युनियन लाइफले पनि यस वर्ष ८ दशमलव ९७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव माघ २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ । उक्त बोनसपछि युनियन लाइफको चुक्तापूँजी रू. २ अर्ब ३४ करोड २८ लाख ५५ हजार पुगेको छ । गुराँस लाइफले भने हालसम्म यस वर्षको लाभांश प्रस्ताव गरेको छैन । हाल गुराँस लाइफको चुक्तापूँजी रू. २ अर्ब २३ करोड ९३ लाख ७० हजार रहेको छ । यी तीन कम्पनी एक भएपछि चुक्तापूँजीको हिसाबमा जीवन बीमा क्षेत्रकै दोस्रो ठूलो कम्पनी बन्नेछ । मर्जरपछि बन्ने कम्पनीको सञ्चालक समितिको अध्यक्षमा युनियन लाइफ इन्स्योरेन्सका हालका अध्यक्ष सुलभ अग्रवाल र प्रमुख कार्यकारी अधिकृतमा युनियन लाइफ इन्स्योरेन्सका हालका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लालकणर् हुने अन्तिम सम्झौता भएको छ । गुराँस लाइफका प्रमुखकार्यकारी अधिकृत विपिन कणर् र प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत निर्मल दाहाल भने वरिष्ठ नायब प्रमुख कार्यकारी रहने सहमति कम्पनीहरूबीच भएको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्राईम लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

प्राइम लाइफ इन्स्योरेन्स Prime Life Insurance Company लाभांश घोषणा गरेको छ ।कम्पनीको आज शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीको हाल कायम चुक्ता पुंजीको १५ प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनको लागि ०.८७ प्रतिशत नगद लाभांश गरि कुल १५.८७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।