देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै रिट लिएर विपक्षी सांसदहरू सर्वोच्च अदालतमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपालको संविधानको धारा ७६(५) को प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै विपक्षी दलका सांसदहरू सर्वोच्च अदालत पुगेका छन् ।  विघटित प्रतिनिधि सभाका १४० भन्दा बढी सांसदको हस्ताक्षरसहित नेताहरू सोमवार सर्वोच्च अदालत गएका हुन् । रिटमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएको दाबी गरिएको छ ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले विश्वासको मत नलिएका प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटनको सिफारिस असंवैधानिक भएको दाबीसहित रिट तय...

सम्बन्धित सामग्री

निवेदक पक्षको जवाफी बहसः गम्भीर संवैधानिक प्रश्न पन्छाएर राजनीतिक भाषणबाजी

काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश माग गर्दै १४६ जना सांसदले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाई अन्तिम चरणमा प्रवेश गरेको छ। आइतबार सभामुखका तर्फबाट पाँचजना कानुन व्यवसायीले बहस सकेपछि निवेदक पक्षले जवाफी बहस सुरु गरेको छ। सुरुवाती बहसका लागि १२ घण्टा पाएका निवेदक पक्षले जवाफी बहसका लागि थप तीन […]

रिट निवेदकको बहस सकियो, भोलिबाट सरकारी पक्षको पालो; सभामुखका वकिललाई १ घण्टा !

प्रतिनिधि सभा विघटन बदर र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा निवेदक पक्षको बहस सकिएको छ । निवेदक पक्षले पाएको कुल १५ घण्टामध्ये बहसका लागि छुट्ट्याइएको १२ घण्टाको समय सकिएको हो । अन्त्यमा बाँकी ३ घण्टा उनीहरूले जवाफी बहस गर्न पाउने छन् । बहसलाई बिट मार्ने क्रममा आइतवार संविधानविद् एवं वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य, चन्द्रकान्त ज्ञवाली, शतिषकृष्ण खरेल लगायत १६ जनाले बहस गरे । निवेदक पक्षबाट कुल ३६ जनाले बहस गरेपछि अब भोलिबाट प्रतिवादी (सरकारी) पक्षको बह...

प्रतिनिधिसभा विघटन प्रकरण : १९ वटा रिटमा आज सुनुवाइ

प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचन घोषणा प्रकरणका सम्बन्धमा सर्वोच्च अदालतमा दायर ३० वटा रिटमध्ये १९ वटाको पेशी बिहीबारका लागि तोकिएको छ ।  राष्ट्रपतिबाट गरिएको प्रतिनिधि सभा विघटन बदर र संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित सर्वोच्चमा रिट परेका हुन् । ३० मध्ये ४ वटा रिटमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गरिएको सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए । विपक्षी गठबन्धनका तर्फबाट विघटित प्रतिनिधि सभाका बहुमत सांस...

प्रधानमन्त्री पदमा ओलीलाई नै निरन्तरता दिन माग गर्दै सर्वोच्चमा ३ रिट

प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिन माग गर्दै सर्वोच्च अदालतमा ३ वटा रिट पेश भएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध हालसम्म सर्वोच्चमा ३० वटा रिट पेश भएका छन् । ओलीलाई प्रधानमन्त्री बनाउन माग गर्दै तीनवटा रिट पेश भएको सर्वोच्च अदालतका एक अधिकृतले रातोपाटीलाई बताए । प्रतिनिधिसभा पुनस्र्थापना गरेर शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै २७ वटा रिट पेश भएका छन् । विपक्षी गठबन्धनका १ सय ४६ जना सांसदले शेर बहादुरलाई प्रधानमन्त्री बनाउन माग गरेका छन् । विपक्षी च

विपक्षी गठबन्धनद्वारा सर्वोच्चमा रिट दायर (फोटोफिचर)

विपक्षी गठबन्धनका सांसदहरुले संसद पुनर्स्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।