प्रतिनिधि सभा विघटन बदर र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा निवेदक पक्षको बहस सकिएको छ ।
निवेदक पक्षले पाएको कुल १५ घण्टामध्ये बहसका लागि छुट्ट्याइएको १२ घण्टाको समय सकिएको हो । अन्त्यमा बाँकी ३ घण्टा उनीहरूले जवाफी बहस गर्न पाउने छन् ।
बहसलाई बिट मार्ने क्रममा आइतवार संविधानविद् एवं वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य, चन्द्रकान्त ज्ञवाली, शतिषकृष्ण खरेल लगायत १६ जनाले बहस गरे ।
निवेदक पक्षबाट कुल ३६ जनाले बहस गरेपछि अब भोलिबाट प्रतिवादी (सरकारी) पक्षको बह...