प्रधानमन्त्री पदमा ओलीलाई नै निरन्तरता दिन माग गर्दै सर्वोच्चमा ३ रिट

प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिन माग गर्दै सर्वोच्च अदालतमा ३ वटा रिट पेश भएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध हालसम्म सर्वोच्चमा ३० वटा रिट पेश भएका छन् । ओलीलाई प्रधानमन्त्री बनाउन माग गर्दै तीनवटा रिट पेश भएको सर्वोच्च अदालतका एक अधिकृतले रातोपाटीलाई बताए । प्रतिनिधिसभा पुनस्र्थापना गरेर शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै २७ वटा रिट पेश भएका छन् । विपक्षी गठबन्धनका १ सय ४६ जना सांसदले शेर बहादुरलाई प्रधानमन्त्री बनाउन माग गरेका छन् । विपक्षी च