काठमाण्डाै – सर्वोच्च अदालतमा प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्ने माग गर्दै २४ र केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने माग गरी चार रिट निवेदन दर्ता भएका छन् । प्रतिनिधि सभाका एक सय ४६ सांसदसहित पुनर्स्थापना गर्नुपर्ने पक्षमा तथा प्रतिनिधि सभामा बहुमतको आफ्नो आधार पेस गर्नुभएका प्रधानमन्त्री ओलीलाई नै फेरि नियुक्त गर्नुपर्ने पक्षमा अधिवक्ता धनजीत बस्नेत, कृष्ण भण्डारी, राजाराम घिमिरेलगायत हुनुहुन्छ । दर्ता भएका निवेदनमध्ये नौ वटा संवैधानिक इजालास र १९ वटा नियमित इजलासमा जाने तय भएको अदालत प्रशासनले तय गर...