प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचन घोषणा प्रकरणका सम्बन्धमा सर्वोच्च अदालतमा दायर ३० वटा रिटमध्ये १९ वटाको पेशी बिहीबारका लागि तोकिएको छ ।
राष्ट्रपतिबाट गरिएको प्रतिनिधि सभा विघटन बदर र संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित सर्वोच्चमा रिट परेका हुन् ।
३० मध्ये ४ वटा रिटमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गरिएको सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए ।
विपक्षी गठबन्धनका तर्फबाट विघटित प्रतिनिधि सभाका बहुमत सांस...