पर्सामा इनर्वा बाहेक अन्य नाकाबाट सीमा वारपारमा रोक

जिल्ला प्रशासन कार्यालयले वीरगन्जस्थित इनर्वा नाका बाहेक अन्य नाकाबाट सीमा वारपार गर्नमा रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बिहीबार सार्वजनिक सूचनामार्फत यस्तो आदेश जारी गरेका हुन् ।

सम्बन्धित सामग्री

झापाका सीमा नाकाबाट पटाका भित्रियो

बिर्तामोड– तिहार र छठपर्वमा बढी प्रयोग हुने प्रतिबन्धित बारुदजन्य पटाका झापाका सीमा नाकाबाट भित्रिन थालेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट डाँगाबारीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएको करिब ४ लाख ७० हजार बराबरको पटाकासहित एउटा मोटरसाइकल नियन्त्रणमा लिएसँगै यस्तो तथ्य फेला परेको हो । सशस्त्र प्रहरीको टोलीले झापाको कचनकवल […]

दुई देशबीच रहेका सीमा विन्दूहरु बन्द गर्ने अमेरिका र क्यानडाको निर्णय

अमेरिका र क्यानडाले सहमति गरेर दुई देशबीच रहेका अनौपचारिक सीमा विन्दूहरु बन्द गर्ने निर्णय गरेका छन् । अनौपचारिक सीमा पार गरेर शरण खोज्न आउनेहरुको प्रवाहलाई रोक्न दुई देश बीच शनिबार मध्यरातबाट लागू हुने गरी नयाँ सम्झौता गरिएको हो । अनौपचारिक सीमा नाका मार्फत् अमेरिका प्रवेश गर्न खोज्नेलाई औपचारिक नाकाबाट प्रक्रिया पुर्‍याएर मात्रै अमेरिका प्रवेश गर्न […]

रसुवागढी नाकाबाट भित्रिन थाले समानका कन्टेनर

रसुवागढी नाकाबाट चिनियाँ सामग्री आयात हुन थालेपश्चात सीमा क्षेत्रको चहलपहल बढ्न थालेको छ।

रसुवागढी नाकाबाट भित्रिन थाले सामानका कन्टेनर

काठमाडाैँ- रसुवागढी नाकाबाट चिनियाँ सामग्री आयात हुन थालेपश्चात सीमा क्षेत्रको चहलपहल बढ्न थालेको छ। केरुङ क्षेत्रमा कोभिड सङ्क्रमण बढेको जनाउँदै चिनियाँ पक्षले गत साउन २१ देखि आफ्नो सीमानाका बन्द गराएको थियो। आयात पुनः सञ्चालन भएसँगै सुनसान रहेको रसुवागढी क्षेत्रमा सवारी चालक तथा सामान पल्टी गर्ने कामदारको बाक्लो उपस्थितिले चहलपहल बढाएको हो। गत भदौ ३० बाट […]

नवलपराका सीमा नाकाबाट चिनीको तस्करी बढ्यो

नवलपरासी । पश्चिम नवलपरासीमा सीमा नाकाबाट नेपालतर्फ चिनीको तस्करी बढेको छ । विगत केही दिनदेखि तस्करी मौलाए पनि नियन्त्रणका लागि प्रहरीले बेवास्ता गरेको स्थानीको आरोप छ । सीमा क्षेत्रमा प्रहरीका युनिटहरु तैनाथ भएपनि चिनी तस्करमार्फत सहज रुपमा भित्रिने गरेको छ । भन्सार छलेर भारतबाट दैनिक १० देखि १२ ट्रक चितवन, हेटौंडा, पोखरालगायतका प्रमुख शहरहरुमा जाने […]

सीमा नाकाबाट भित्रिनेको व्यवस्थापन गर्न हैरानी

सुदूरपश्चिम । पछिल्ला दिनमा कोरोना सङ्क्रमण दर बढेसँगै सुदूरपश्चिम प्रदेशमा सीमा नाकाबाट भित्रिने नागरिकको सहज व्यवस्थापन गर्न चुनौती देखिएको छ । भित्रिने कतिपय व्यक्तिबाट अटेरी स्वभाव देखाउँदै धम्क्याउनेसम्मका व्यवहार भइरहँदा सहजरूपमा व्यवस्थापन गर्ने काममा चुनौती देखिएको सीमामा खटिएका प्रहरी कर्मचारीले बताएका छन् । गौरीफन्टा सीमा नाका नजिकको डोकेबजारमा खटिनुभएका प्रहरी नायब निरीक्षक दीपेन्द्र थापाले भित्रिने […]

सीमा नाकाबाट युवतीको उद्धार

पश्चिमी सीमा नाका त्रिनगर (डोकेबजार) हुँदै भारततर्फ लैजाँदै गरेकी युवतीको सशस्त्र प्रहरीले आज उद्धार गरेको छ । कैलालीको लम्की चुहा नगरपालिका–१ थकालीपुर बस्ने १९ वर्षीया युवतीलाई प्रलोभनमा पारेर भारततर्फ लग्दै गरेको अवस्थमा सीमा नाकामा तैनाथ सशस्त्र प्रहरीले उद्धार गरेको हो ।  भारतको राजस्थान बस्ने वर्ष २१ का अरुणकुमार र भारतको हरियाणा बस्ने वर्ष १८ का चिराग दुग्गलले युवतीलाई प्रलोभनमा पारेर भारततर्फ लाँदै गरेको अवस्थामा दुवैलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका स...

६ किलो गाँजासहित वीरगञ्ज–रक्सौल सीमा नाकाबाट युवक पक्राउ

२९ भदौ, वीरगञ्ज । वीरगञ्ज-रक्सौल सीमा नाकाबाट सशस्त्र प्रहरीले ६ किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका–७ घर बताउने १८ वर्षीय पवन कुमार श्रीवास्तव रहेका छन् । उनलाई वीरगञ्जबाट पैदल रक्सौलतर्फ जाँदै गर्दा सशस्त्र प्रहरीले लागु औषध ६ किलो गाँजासहित पक्राउ गरेको जनाएको हो । पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान […]

सीमा नाकाबाट भारत जान लागेका चार युवतीको उद्धार

कञ्चनपुर। भारतीय सीमावर्ती बजार मेलाघाट भएर भारत जाँदै गरेका दोधारा चाँदनी नगरपालिका–१० का चार युवतीको उद्धार गरिएको छ। शान्ति पुनःस्थापना गृह कञ्चनपुरले सीमा नाकाबाट युवतीको उद्धार गरी प्रहरीमा बुझाएपछि प्रहरीले परिवारको जिम्मा लगाएको हो। पुनःस्थापना गृहको दोधारा चाँदनीकी परामर्शदाता रेखा भण्डारी पुजाराले अवैधरूपमा भारत जान लागेका युवती मानव बेचबिखनको उच्च जोखिममा पर्ने भएकाले उद्धार गरिएको जानकारी दिइन्।

भारतसँगको सीमा दुई दिनभित्र खुल्ने

दक्षिणका सीमा नाकाबाट दुई दिनभित्रै पूर्ववत् रुपमा यात्रुबाहक सवारी साधन आउजाउ गर्न पाउने भएका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेलले वीरगञ्जबाट आएको व्यवसायी र पत्रकार टोलीसँग सो जानकारी दिएका हुन् । ‘सीमा खोल्नुपर्छ भन्नेमा हामी पहिलेदेखि नै सकारात्मक छौँ । सीमा नखुल्दा समस्या भयो भन्ने कुरा होटल व्यवसायीबाट आइरहेको छ । बिहीबार बस्ने सीसीएमसी (केन्द्रीय कोभिड–१९ व्यवस्थापन केन्द्र) को बैठकबाट यस विषयमा निर्णय गर्नेछौँ,’ ज्ञापनपत्र बुझेपछि मन्त्री पोखरेलले भने, ‘कोरो