दक्षिणका सीमा नाकाबाट दुई दिनभित्रै पूर्ववत् रुपमा यात्रुबाहक सवारी साधन आउजाउ गर्न पाउने भएका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेलले वीरगञ्जबाट आएको व्यवसायी र पत्रकार टोलीसँग सो जानकारी दिएका हुन् । ‘सीमा खोल्नुपर्छ भन्नेमा हामी पहिलेदेखि नै सकारात्मक छौँ । सीमा नखुल्दा समस्या भयो भन्ने कुरा होटल व्यवसायीबाट आइरहेको छ । बिहीबार बस्ने सीसीएमसी (केन्द्रीय कोभिड–१९ व्यवस्थापन केन्द्र) को बैठकबाट यस विषयमा निर्णय गर्नेछौँ,’ ज्ञापनपत्र बुझेपछि मन्त्री पोखरेलले भने, ‘कोरो