नवलपराका सीमा नाकाबाट चिनीको तस्करी बढ्यो

नवलपरासी । पश्चिम नवलपरासीमा सीमा नाकाबाट नेपालतर्फ चिनीको तस्करी बढेको छ । विगत केही दिनदेखि तस्करी मौलाए पनि नियन्त्रणका लागि प्रहरीले बेवास्ता गरेको स्थानीको आरोप छ । सीमा क्षेत्रमा प्रहरीका युनिटहरु तैनाथ भएपनि चिनी तस्करमार्फत सहज रुपमा भित्रिने गरेको छ । भन्सार छलेर भारतबाट दैनिक १० देखि १२ ट्रक चितवन, हेटौंडा, पोखरालगायतका प्रमुख शहरहरुमा जाने […]

सम्बन्धित सामग्री

सरकारको गलत कर नीतिका कारण तस्करी बढ्यो : उपभोक्तावादी

विराटनगर। सरकारको गलत कर नीतिको कारण तस्करी मौलाएको र चाडपर्वमा नेपाली बजार सुक्ने, तर सीमा नजिकका भारतीय बजार गुल्जार हुने गरेको उपभोक्ताको गुनासो छ । सरकारले दैनिक उपभोग्य वस्तुमा अत्यधिक कर लगाएकाले त्यस्ता वस्तु भन्सार नाकाबाट नभई तस्करीमार्फत नेपाल भित्रिरहेको बताइएको छ । भ्रष्टाचारविरुद्धको नागरिक निगरानी संस्था मोरङ र मोरङ व्यापार संघको संयुक्त आयोजनामा भएको कार्यक्रमका सहभागीहरूले सरकारको गलत भन्सार नीतिका कारण चाडबाडमा विराटनगरको बजार सुनसान हुने गरेको बताए । ‘आसन्न चाडपर्व र हाम्रो साझा दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले चिनी, तयारी कपडा लगायत सामग्रीमा ३० प्रतिशतभन्दा बढी भन्सार महसुलका साथै मूल्य अभिवृद्धि कर लगायत कारण चोरीपैठारी बढेको गुनासो गरे ।  ‘देशमा वार्षिक तीन लाख टन चिनी खपत हुन्छ । स्वदेशी उत्पादन एक लाख जति छ । त्यसमा पनि दुई/चार जना चिनी मिलका मालिकलाई पोस्नेगरी सरकारले आयातित चिनीमा चर्काे कर लगाउँदा आम उपभोक्ता मारमा परिरहेका छन्,’ उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले भने । सरकारको अव्यावहारिक नीतिका कारण व्यापारी, उद्योगी र आम जनता मर्कामा परेको संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडाले बताए । उपभोक्तालाई नेपाली बजारमै भारतीय बजारमा सरह सामान उपलब्ध गराउने गरी सरकारी नीति आउनुपर्नेमा उनले जोड दिए ।  सरकारको नीतिका कारण आम उपभोक्तामाथि थपिएको मूल्यवृद्धिको असर अन्त्य हुनुपर्ने धारणा संघका महासचिव अनिल सारडाले राखे । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले बजार अनुगमन नियमित भइरहेको र गलत गर्नेहरूलाई कारबाही पनि भइरहेको बताए । स्थानीय पालिकाहरूसँग पनि समन्वय गरेर बजार अनुगमन गर्न आवश्यक रहेको उनको भनाइ थियो । कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले महानगरले नियमित बजार अनुगमन गरिरहे पनि कानूनी अधिकारको अभावमा अनुगमन प्रभावकारी हुन नसकेको स्वीकारे । आन्तरिक राजस्व कार्यालयका कर अधिकृत अशोक गुरागाईं र वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालयकी निमित्त प्रमुख ऋचा हुमागाईंले ती कार्यालयसँग सम्बन्धित जिज्ञासाको जवाफ दिएका थिए ।

लुम्बिनीका सीमा क्षेत्रबाट बढ्यो कुखुराको अवैध आयात

स्वदेशी बजारमा कुखुरा र अन्डाको भाउ बढेका बेला सस्तिएको भारतीय क्षेत्रबाट अवैध आयात बढेको छ । सीमा क्षेत्रबाट बढेको तस्करी रोकथाममा सुरक्षाकर्मीको अपेक्षित सक्रियता नदेखिएपछि किसान आफैं सक्रिय भएका छन् ।

तरकारीमा लगाएको भ्याटले सीमा नाकामा तस्करी बढ्यो, कालोबजारी मौलायो

बुटवल। सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत तरकारी फलफूलजन्य केही वस्तुमा मूल्य अभिवृद्धि (भ्याट) लगाएपछि त्यसले नेपालको तरकारी व्यवसायमा प्रत्यक्ष असर गर्नुकासाथै चोरी निकासीले प्रश्रय पाएको तर उपभोक्ता मूल्य बढेको  व्यवसायीले बताएका छन् । उनीहरुले कृषि जस्तो कुहिने र चाँडो नष्ट हुने उत्पादनमा विना तयारी भ्याट जस्तो जटिल कर लगाएर सरकारले चोरी निकासीलाई बढावा दिएको […]

रुपन्देहीमा बढ्यो तस्करी : व्यवसाय नै धरापमा परेको गुनासो

काँग्रेसका प्रभावशाली नेता एवं अहिलेका गृहमन्त्री वालकृष्ण खाणको निर्वाचन क्षेत्र रुपन्देहीको सिद्धार्थ नगरपालिका, शुद्धोधन गाउँपालिका, ओमसतिया, सियारी लगायतका स्थानहरूमा चोरी तस्करी बढ्दो छ । नेपाल र भारतको सीमा क्षेत्रमा पर्ने रुपन्देहीको दक्षिणी इलाकामा चोरी तस्करी झन् बढेको भन्दै गत आइतबार भैरहवाका उद्योगी व्यवसायीले पत्रकार सम्मेलन नै गरेका थिए ।व्यवसायीहरूले खुला सिमानाको कारण चोरी तस्करी झन् बढेकोले आफ्नो व्यवसाय धरापमा परेको भन्दै चोरी तस्करी रोक्न प्रहरी प्रशासनसँग आग्रह गरेका थिए । उनी

लागूऔषधजन्य आतंकवादको जोखिम बढ्यो

काठमाडौँ– विश्वभर लागूऔषधजन्य अतंकवादको जोखिम बढेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । लागूऔषधको आपूर्ति श्रृङ्खलामा अफगानिस्तान, पाकिस्तानजस्ता मुलुकको भूमिका, क्षेत्रीय आतंकवाद र धार्मिक अतिवादका कारण लागूऔषधजन्य आतंकवादको जोखिम बढेको पाइएको हो । इण्डोनेशियाबाट प्रकाशित हुने जकार्ता टाइम्सले जनाएअनुसार अफगानिस्तान र पाकिस्तान सीमा क्षेत्रमा जारी लागूऔषध तस्करी रोक्न दुबै मुलुकका प्रशासनले संघर्ष गरिरहेका छन् । यसबाहेक […]

बढ्यो चिनीको तस्करी

भारतले चिनी निर्यातमा रोक लगाएसँगै दैनिक रूपमा अवैध चिनी नेपालगञ्जमा भित्रिने गरेको पाइएको छ । राजस्व छली गरी नेपाल–भारत सीमा नाकाबाट चिनी तस्करी अत्यधिक बढेको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट अवैध रूपमा भित्रिँदै गरेको ठूलो मात्राको चिनी र दाल नेपालगञ्जबाट बरामद गरेको छ ।

नेपालबाट भारततर्फ तेल तस्करी बढ्यो, निगमले माग्यो गृहको सहयोग

१९ जेठ, काठमाडौं । नेपालको सीमा क्षेत्रबाट भारततर्फ तेलको तस्करी मौलाएको छ । लिटरमै ३० रुपैयाँसम्म सस्तो भएपछि नेपालबाट भारत तेल तस्करी गर्न गिरोह नै सक्रय भएको पाइएको छ । नेपाल आयल निगमले यसको नियन्त्रण गर्न गृह मन्त्रालयलाई आग्रह गरेको छ । तर, प्रभाव देखिएको छैन । सीमा क्षेत्रबाट भारतीय सवारीहरु …

नेपालबाट भारतमा हुने मानव तस्करी ५ सय प्रतिशत बढ्यो

नेपालबाट भारतमा हुने मानव तस्करी सन् २०१३ पछि ५ सय प्रतिशत बढेको भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले खुलासा गरेको छ।

कुखुराको तस्करी बढ्यो

चाडपर्वको मौका छोपी भारतबाट अवैध रूपमा जिउँदो कुखुरा भित्र्याउने समूह फेरि सक्रिय भएको छ । प्रहरीको मिलेमतोमा भारतीय सीमा बलैगाउँबाट बढदैयाताल गाउँपालिका हुँदै तस्करले अवैध कुखुरा नेपाल भित्र्याउने गरेका हुन् ।