चिनियाँ कम्पनी अलिबाबा ग्रुपका मालिक तथा चिनियाँ धनाढ्य ज्याक मा नेपाल भ्रमणमा आएका छन् । हङकङको जेट एभिएसन बिजनेस जेटको बोइङ ७३७ म्याक्स चार्टर्ड जहाजमा उनी मंगलबार दिउँसो काठमाडौं विमानस्थलमा अवतरण गरेका हुन् । बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएका उनको जेटमा ६ जना चालक दलका सदस्य रहेको नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।