जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले लाखौँ युवा नागरिकता विहीनता हुनु मानवअधिकार संरक्षणमा ठूलो चुनौती भएको बताएका छन्।शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनकपुरधाममा आयोजना गरेको मानवअधिकार सम्बन्धी कार्ययोजना कार्यान्वयन छलफलमा मुख्यमन्त्री राउतले जन्मसिद्ध नागरिकता पाएका व्यक्तिका सन्तान नागरिकता नपाएर सामान्य अधिकारबाट समेत वञ्चित हुनु ठूलो चुनौती रहेको बताए।मुख्यमन्त्री राउतले भने‚ ‘नागरिकता विहीनताको अवस्थाले उनीहरू सामान्य मानवअ