लालबाबु राउत प्रदेश सभा सदस्य निर्वाचित

काठमाडौं : मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत पुनः प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्।पर्सा क्षेत्र नं. १ (२) मा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राउत सात हजार ५४५ मतका साथ पुनः प्रदेश सभा सदस्य निर्वाचित भएका हुन्।निर्वाचन अधिकृत विनोद पोखरेलका अनुसार उनका निकटतम् प्रतिद्वन्द्वीनेपाली कांग्रेसका उम्मेदवार रामनारायण कुर्मीले छ हजार २१२ मत पाए।

सम्बन्धित सामग्री

जसपामा संसदीय दलका चयन गर्ने प्रक्रिया सुरु

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) मधेस प्रदेशमा संसदीय दलको नेता चयन गर्न प्रक्रिया सुरु भएको छ । संसदीय दलको विधान तयार गरी बिहीबार त्यसमा छलफल चलिरहेको हो ।  जसपा प्रदेश सभा सदस्य रामअषिश यादवका अनुसार अहिले संसदीय दलको विधानमा छलफल चलिरहेको छ । विधान पारित भएपछि संसदीय दलको नेता चयन गर्ने प्रक्रियामा प्रवेश गर्ने उनले बताए । मधेस प्रदेशमा जसपाले मुख्यमन्त्री पाउने भएपछि संसदीय दलको नेतामा धेरै नेताको आकर्षण बढेको छ । जसपाका प्रदेशसभा सदस्य लालबाबु राउत, राजकुमार गुप्ता, रामअषिश यादव, सरोज यादवलगायतले संसदीय दलका नेताका लागि प्रयास गरिरहेका छन् । यद्यपि सरोज यादवलाई संसदीय...

भागबण्डामा सहमति नजुट्दा प्रदेश २ सरकारमा माओवादी सहभागी नहुने

जनकपुरधाम : नेकपा माओवादी केन्द्र जसपा नेतृत्वको प्रदेश २ सरकारमा सहभागी नहुने जनाएको छ। वार्ताका लागि कार्यदलका सदस्य समेत रहेका प्रदेश सभा सदस्य जगत यादवले पार्टी लालबाबु राउत नेतृत्वको सरकारमा सहभागी नहुने जानकारी दिए।मागेको जति मन्त्रालय नपाउने भएपछि प्रदेश नम्बर २ सरकारमा नेकपा माओवादी केन्द्र सहभागी नहुने भएको हो। माओवादीले २ मन्त्रालय मागेकोमा जसपाले अन्तिम समयमा १ मन्त्रालय मात्रै दिन सकिने बताएपछि रुष्ट भएका माओवादी सरकारमा सहभागी नहुने जनाएको छ।माओवादी केन्द्रका सांसद जगत याद