मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत दोस्रोपटक निर्वाचित
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत दोस्रोपटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । पर्सा क्षेत्र नम्बर १ (ख) मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राउत ७ हजार ५ सय ४५...
जनकपुरधाम । जसपा नेपाल मधेस प्रदेशको दलको नेतामा निवर्तमान सभामुख सरोज यादव निर्विरोध चयन भएका छन् । दलको नेताका लागि सोमबार भएको निर्वाचनमा मुख्यमन्त्री लालबाबु राउत र निवर्तमान सभामुख यादवले उम्मेदवारी दिएका थिए । तर
जनता समाजवादी पार्टी (जसपा)को मधेस प्रदेश संसदीय दलको नेताका लागि दुईजनाले उम्मेदवारी दर्ता गराएका छन्।प्रदेश संसदीय दलको नेताका लागि मुख्यमन्त्री लालबाबु राउत र निवर्तमान प्रदेश सभामुख सरोजकुमार यादवले उम्मेदवारी दिएका...
२०७४ को निर्वाचनमा तत्कालीन समाजवादी र राजपा मिलेर निर्वाचन लडेका थिए । पछि, पार्टी एकता नै गरी जसपा भयो । गत निर्वाचनमा राम्रो परिणाम ल्याएको त्यही जसपा विभाजन भएर दुई समूहमा विभाजित छ ।जसपा नेतृत्व उपेन्द्र यादव र लोसपा महन्थ ठाकुरले नेतृत्व गरिरहेका छन् । मधेस प्रदेश मुख्यमन्त्री लालबाबु राउत पूरै कार्यकाल सत्तामा रहे । सुरुमा राजपाको सहयोगमा र पछि जसपा विभाजन भएपछि कांग्रेस, माओवादी, एकीकृत समाजवादीको सहयोगमा मुख्यमन्त्रीमा रहिरहे ।पछिल्लो समय जसपा एमाले नेतृत्वको गठबन्धनमा सहभागीपछि प्रधानम
गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदको ट्रफी बिहीबार मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरिएको छ । नवौँ राष्ट्रिय खेलकुदको ट्रफी टुर अन्तर्गत मधेस प्रदेशको पवित्र धार्मिक स्थल जानकी मन्दिर परिसरमा ट्रफी प्रदर्शन गरिएको हो ।मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र मधेस प्रदेशका महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहलगायतको उपस्थितिमा ट्रफी प्रदर्शन गरिएको थियो । कार्यक्रममा मधेस प्रदेश खेलकुद मन्त्रालयका सचिव रज्जितकुमार यादव, मधेस प्रदेश खेलकुद विभाग
मधेस प्रदेश सरकारले मधेस विश्वविद्यालय उद्घाटन गरेको छ । वीरगञ्जमा एक कार्यक्रमका बीच मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकासमन्त्री नवलकिशोर साहले विश्वविद्यालय उद्घाटन गरेका हुन् ।पर्साको सदरमुकाम वीरगञ्जमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयलाई पर्साको ग्रामीण भेगमा १०० बिघा जग्गा खरिद गरेर अन्य भौतिक संरचना निर्माण गरिने बताइएको छ । हालका लागि नेसनल ट्रेडिङको भौतिक संरचनामा यसको कार्यालय स्थापना गरिएको हो । भौतिक संरचना निर्माणका लागि १० अर्बको दाता भेटिइसकेको उपकुलपति प्र
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको नेतृत्वमा प्रदेश सरकारको टोली युरोप भ्रमणमा जाने भएको छ । संघीयताको मोडालिटी अध्ययन गर्न भन्दै प्रदेश सरकारको जम्बो टोली युरोप जान लागेको हो ।संघीय संसद र प्रदेशसभाको निर्वाचनको मुखमै प्रदेश सरकारको टोली संघीयताको मोडालिटी अध्ययनका लागि युरोप भ्रमणमा जानुको अर्थ नहुने कतिपयको भनाइ छ । पाँच वर्षे कार्यकालको अन्तिम समयमा प्रदेश सरकारले संघीयताको मोडालिटी अध्ययन गर्नु अर्थहीन हुने उनीहरुको तर्क छ ।मधेस सरकारको टोली भदौ ६ गते युरोप प्रस्थान गर्ने भएक
सर्वोच्च अदालतको आदेशमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएसँगै मुलुकको राजनीतिक समीकरण पनि फेरियो । सोही क्रममा संघीय सरकारसँगै कतिपय प्रदेश सरकारको समेत नेतृत्व परिवर्तन भयो ।प्रदेश सरकार गठन भएको करिब साढे चार वर्ष भएको छ । यो अवधिमा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेश बाहेक सबै प्रदेशको मुख्यमन्त्री परिवर्तन भइसकेका छन् ।मधेस प्रदेश सरकारको मुख्यमन्त्री लालबाबु राउत पाँच वर्षे कार्यकाल पूरा गर्न लागेका भाग्यमानी मुख्यमन्त्रीको रुपमा देखिएका छन् । तर उनले आफ्नो नेतृत्वको सरक
११ वैशाख, वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकाको अध्यक्षमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीको स्वकीय सचिवले उम्मेदवारी दिएका छन् । जनता समाजवादी पार्टीको तर्फबाट स्वकीय सचिव दिपकप्रसाद यादवले उम्मेदवारी दिएका हुन् । उनी जनता समाजवादी पार्टीको मधेस प्रदेश समिति सदस्य पनि हुन् । पटेर्वासुगौलीस्थित निर्वाचन अधिकृतको कार्यालयमा आइतबार उपाध्यक्षमा स्वतन्त्र तर्फबाट एक जना उपाध्यक्षको उम्मेदवारी […]
मधेस आन्दोलनका क्रममा शहीद परिवारलाई मधेस सरकारले जनही ३/३ लाख रुपैयाँ प्रदान गरेको छ । मधेस आन्दोलनको क्रममा प्रहरीको गोली लागि मारिएका शहीदहरूको सम्झनामा प्रत्येक वर्ष झैँ यस वर्ष पनि मधेस सरकारले बलिदानी दिवस मनाउने क्रममा सो रकम शहीद परिवारलाई वितरण गरेको हो ।बुधबार राजविराजमा आयोजित चौथो बलिदानी दिवसका अवसरमा शहीद परिवार तथा घाइते परिवारलाई नगदसहित सम्मान गरिएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले गठन गरेको मधेसी शहीद प्रतिष्ठानले आयोजना गरेको बलिदानी दिवस कार्यक्रममा मुख्यम