यहाँका कुनै कुनै नेता पेट दुख्यो भने पनि भारतलाई दोष दिन्छन्, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे मित्रराष्ट्रप्रति औंला ठड्याउनु लज्जास्पद होः लालबाबु राउत

काठमाडौं, २३ जेठ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत सर्वोच्च अदालत जनचाहनाविपरीत जान नसक्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री राउतले भने, “निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे सम्मानित सर्वोच्च अदालतको पूर्ण फैसला आएको छैन । यो नेपालका साथै मधेस प्रदेशको पनि गौरवको विकास आयोजना हो […]