काठमाडौं, १ पुस । मधेस प्रदेशका मुख्यमन्त्री एवं नवनिर्वाचित प्रदेशसभा सांसद लालबाबु राउतले संघीय सरकारमा सहभागी हुनुपर्ने औंल्याएका छन् । ‘जसको बनाए पनि जसरी बनाए पनि सरकार त बनाउनैपर्छ । कोसँग जाने कसरी जाने पार्टीले निर्णय गरिसकेको छैन । निर्वाचनमा हामी एमालेसँग सिट तालमेल गरेर गएका थियौं । तर यतिबेला सरकारबाहिर रहनुको औचित्य छैन । […]