प्रदेश २ को जसपा संसदीय दलको नेतामा लालबाबु राउत चयन

धनुषा – जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रदेश २ संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउत चयन हुनुभएको छ । पार्टी एकता भएको एक वर्षपछि राउत बहुमत सांसदको हस्ताक्षरसहित संसदीय दलको नेता चयन हुनुभएको हो । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र सङ्घीय समाजवादी पार्टीबीच २०७७ वैशाख ८ गते एकता भएको थियो । केन्द्रमा महन्थ–राजेन्द्र महतो र उपेन्द्र यादवको विवादले केन्द्रमा पार्टी विभाजनको सङ्घारमा पुगेका बेला प्रदेश २ मा बहुमतबाट दलको नेता चयन र विधानसमेत पारित भएको छ । जसपाका एक जना अध्यक्ष या...

सम्बन्धित सामग्री

प्रदेश २ ले नाम र राजधानी पाएपछि मधेस प्रदेशका मुख्यमन्त्री जानकी मन्दिरमा

जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री मोहम्द लालबाबु राउत गद्दीले जानकी मन्दिरका महन्थ तपेश्वर दाससँग आशीर्वाद लिएका छन्। प्रदेश २ को नाम मधेस प्रदेश र स्थायी राजधानी जनकपुरधाम कायम भएपछि आइतबार जानकी मन्दिरमा पुगेर उनले महन्थसँग आशीर्वाद लिएका हुन्। माघ ३ गते प्रदेशसभा बैठकबाट दुई तिहाइभन्दा बढी बहुमतबाट प्रदेशले नाम र स्थायी राजधानी पाएको छ। मधेस […]

पर्यटन प्रबर्द्धनमा पोखरा पुगे प्रदेश २ का मु्ख्यमन्त्री राउत

काठमाडौँ- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत पोखरा आइपुगेका छन्। उनलाई  पोखरा विमानस्थलमा गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले स्वागत गरेका थिए। नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) प्रदेश नं २ र नाट्टा गण्डकी प्रदेशको संयोजन एवम् गण्डकी प्रदेश सरकारको निमन्त्रणामा प्रदेश नं २ का मुख्यमन्त्री लालवावु राउत नेतृत्वको […]

प्रदेश २ का दुई नयाँ मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

जनकपुरधाम :  प्रदेश २ सरकारको मन्त्रीमण्डलमा नेकपा माओवादी केन्द्र सहभागी भएकाे छ। मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश २ सरकारमा आजदेखि नेकपा माओवादी केन्द्र पनि सहभागी भएको हो।मुख्यमन्त्री राउतले माओवादी केन्द्रका भरतप्रसाद साहलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्री र रुबि कर्णलाई राज्यमन्त्री नियुक्त गरेका हुन्। आज शनिबार मधेस भवनमा आयोजित कार्यक्रममा मन्त्री साहले प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ र राज्यमन्त्री कर्णले मुख्यमन्त्री राउत समक्ष पद त

प्रदेश २ मा उपेन्द्र यादव पक्षकै मुख्यमन्त्री र अर्थमन्त्रीबीच टकराव

प्रदेश २ को सरकारमा मुख्यमन्त्री र अर्थमन्त्रीबीचको टकराव जनता समाजवादी पार्टी नेपालका लागि टाउको दुखाइको विषय बनेको छ ।त्यसो त, जसपा अहिले दुई धारमा विभाजित देखिन्छ तर ती दुई धारमध्ये उपेन्द्र यादव पक्ष प्रदेश २ को सरकारमा छ भने अर्को पक्ष सरकारबाट बाहिरिएको छ । उपेन्द्र यादवकै पक्षका मुख्यमन्त्री लालबाबु राउत र अर्थमन्त्री विजय यादवबीच व्यक्तित्वको टकरावका कारण प्रदेश सरकार फेरि अस्थिरतातर्फ धकेलिने हो कि भन्ने चिन्ता बढेको हो ।मुख्यमन्त्री राउत र मन्त्री यादवबीचको अन्तरद्वन्द्व मिलाउन पार्टी

प्रदेश २ सरकारको मन्त्रिमण्डल विस्तारविरुद्ध रिट दायर

जनकपुरधाम : प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा प्रदेश प्रमुख डा. राजेश झा अहिराजबाट गरिएको मन्त्रिपरिषद् विस्तारविरुद्ध उच्च अदालत जनकपुरधाममा रिट दायर भएको छ। प्रदेश २ सरकार समावेशी समानुपातिक सिद्धान्तअनुसार गठन नभएको भन्दै बिहीबार रिट निवेदन दायर भएको हो। एडभोकेसी फोरमका प्रदेश २ संयोजकसमेत रहेका अधिवक्ता राजकुमार महासेठ र अमित कुमार पण्डितले रिट दायर गरेका हुन्।रिटमा प्रदेश प्रमुख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्

प्रदेश–२ सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

काठमाडौं। प्रदेश–२ सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। आज दिउँसो २ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेश प्रमुख राजेश झा(अहिराज)ले कार्यक्रम प्रस्तुत गर्नेछन्। मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश–२ सरकारमा कांग्रेसका तीन मन्त्री सहभागी भएका छन्। प्रदेशको बजेट असार १ गते ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।

प्रदेश २ : आफ्ना पक्षका मन्त्री हटाइए सरकार ढाल्ने पूर्वराजपाको चेतावनी

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) नेपालमा अहिले एकले अर्को समूहलाई स्पष्टीकरण सोध्ने दोहोरी नै चलेको छ।महन्थ ठाकुर समूहले उपेन्द्र यादव समूहलाई स्पष्टीकरण सोधेको केही घण्टामा अर्का अध्यक्ष यादव समूहले चार नेतालाई स्पष्टीकरण सोधेको छ।अहिलेजसपाका संघीय सांसदहरु स्पष्ट रुपमा विभाजित भई पार्टीको कार्यकारिणी समितिसमेत विभाजित भएको अवस्था छ।जसपाभित्रको विवादको असर प्रदेश २ मा पर्न थालेको छ। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत उपेन्द्र यादव समूहका भएकाले केन्द्रको निर्देशनअनुसार

लालबाबु राउत प्रदेश २ को मुख्यमन्त्रीमा नियुक्त

संघीय समाजवादी फोरम नेपालका नेता लालबाबु राउत प्रदेश २ को मुख्यमन्त्रीमा नियुक्त भएका छन्। बिहीबार बिहान प्रदेश प्रमुख