सुनसरी : स्वतन्त्र उम्मेदवारी दिएर सुनसरीको धरान उपमहानगरपालिका प्रमुखमा निर्वाचित हर्कराज साम्पाङले पदभार ग्रहण गरेका छन्। मंगलबार उपमहानगरको कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्। उनले स्थानीय कर प्रणालीलाई वैज्ञानिक एवं व्यवस्थित तुल्याउन राजश्व सम्बन्धी कार्यदल गठन गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन्। वरिष्ठ राजश्व तथा सूचना अधिकृत खगेन्द्रप्रसाद खतिवडाले पेश गरेको राजश्व अध्ययन कार्यदल गठनसम्बन्धी प्रस्ताव प्रमुख राईले सदर गरेका हुन्। उनको निर्णय अनुसार उपप्रमुखक