हर्क साम्पाङ र रवि लामिछानेबीच भेट

काठमाडौं :  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।धरानस्थित उपमहानगरपालिकाकै कार्यकक्षमा बुधबार साम्पाङ र लामिछानेबीच भेटवार्ता भएको हो। भेटमा मेयर बनेका हर्कलाई रविले बधाई दिएका थिए भने हर्कले नयाँ पार्टी गठन गरेका लामिछानेलाई आगामी दिनमा सफलताको कामना गरेका थिए। लामिछाने पार्टी निर्माणका लागि देश दौडाहामा रहेका छन्। यतिखेर उनी सुनसरी भेलाका लागि बिहीबार नै धरान पुगेका थिए।

सम्बन्धित सामग्री

रवि, बालेन र हर्क अन्धकार भएको बेला आशाका किरण हुनसक्छन् : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, काठमाडौं मानगरपालिकाका मेयर बालेन साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राम्रो काम गर्ने असल व्यक्ति भएको बताउनुभएको छ । थापालले सामाजिक सञ्जालमार्फत यी तीनजना असल र राम्रो काम गरौं भन्ने भावना र चाहना बोकेका व्यक्ति भएकाले खुट्टा नतान्न अनुरोध गर्नुभएको छ । …

रवि गृहमन्त्री भएकोमा हर्क साम्पाङ खुसी

११ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री भएकोमा धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले खुसी व्यक्त गरेका छन् । शपथपछि रविले गृहमन्त्रालयमा जिम्मेवारी सम्हालेलगत्तै हर्कले फेसबुकमा लेखेका छन्, ‘रवि लामिछाने गृहमन्त्री बन्नुभएकोमा खुसी लाग्यो है, अब केही तह लाग्छन् होला ।’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रवि […]

काठमाडौंमा स्वतन्त्र उम्मेदवारको लहर, नयाँ दल पनि उत्साहित

काठमाडौं : वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौंमा महानगरपालिकामा बालेन साह र सुनसरीको धरान उपमहानगरपालिकामा हर्क साम्पाङ स्वतन्त्रबाट रुपमा निर्वाचित भए।स्थानीय तहको निर्वाचनमा ठूला दललाई पन्छाउँदै स्वतन्त्र उम्मेदवारले जितेपछि आगामी प्रदेश र संघको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनेको होड नै चलेको छ। देशको संघीय राजधानी समेत रहेको काठमाडौंमा उम्मेदवारीको घोषणा गर्ने लहर नै चलेको छ। काठमाडौंबाट चुनाव लड्ने तयारीस्वरुप सञ्चारकर्मी रवि लामिछाने पनि राजनीतिमा होमिएका छन्