८ जेठ, धरान । धरान उपमहानगरपालिकामा सामाजिक समस्या परे सर्वसाधारणले सम्झने नाम हो हर्क साम्पाङ । धरानका बासिन्दा समस्या परे जनप्रतिनिधिलाई भन्दा पहिला साम्पाङलाई खोज्थे । खानेपानी, भ्रष्टाचार, चुरे दोहनको मुद्दा उठाउँदै आएका उनी एक दशकयता धरानका चोक र चौतारीमा खबरदारी गरिरहेका हुन्थे । सर्वसाधारणलाई समस्या परेका ठाउँमा पुग्थे, सरोकारवाला निकायलाई प्रश्न गर्थे उनी । […]