काठमाडौं । प्रहरी प्रधान कार्यालयले गैरव्यवसायिक आचरण देखिएको भन्दै प्रहरी निरीक्षक राजुप्रसाद कुर्मीलाई बर्खास्त गर्न सिफारिस गरेको छ । प्रहरी प्रवक्ता विष्णुकुमार केसीले कुर्मीलाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरिएको बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयमा कार्यरत रहेका बेला कुर्मीले गैरव्यवसायिक काम गरेको दावी गरिएको छ । प्रारम्भिक छानबिनपछि कुर्मीलाई निलम्बन गरिएको थियो […]