जिल्ला अध्यक्ष कुट्ने इन्स्पेक्टरलाई कारबाही गर्न जसपाको माग

जसपाका सप्तरी अध्यक्ष केदारप्रसाद यादवलाई कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक नवीन थापालाई बर्खास्त गर्न माग भएको छ । जसपाले जनताको काम लिएर प्रहरी कार्यालय पुगेका वेला जिल्ला...

सम्बन्धित सामग्री

गाउँपालिका अध्यक्षविरुद्ध न्याय परिषद् र न्याय सेवा आयोगमा उजुरी

रुपन्देही । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) विरुद्ध छानबिन गरी कारबाही गर्न माग गर्दै न्याय परिषद् र न्याय सेवा आयोगमा उजुरी परेको छ । पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ६ कै जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादवले गुप्तालाई लागू औषध र भ्रष्टाचार मुद्दामा कारबाही गर्न माग गर्दै उजुरी दिएका हुन् । भ्रष्टाचार गरेको […]

राप्रपा नेपालका चितवन अध्यक्ष खरालको घरमा तोडफोड

काठमाडौं । राप्रपा नेपालका चितवन जिल्ला अध्यक्ष विष्णु खरालको घरमा तोडफोड भएको छ । भरतपुर महानगरपालिका–५ स्थित खरालको निवासमा तोडफोड भएको जनाइएको छ । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार गए राति उक्त घरमा ‘आक्रमण’ भएको हो । घटनाको भर्त्सना गर्दै उनले छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग पनि गरेका...

पार्टी कार्यालय तोडफोड गर्नेलाई कारबाही गर्न जनमत पार्टीको माग

सर्लाही- जनमत पार्टीले सर्लाही जिल्ला पार्टी कार्यालयमा तोडफोड र आगजनीमा संलग्नहरूलाई कारबाहीको माग गर्दै उजुरी दिएको छ । बिहीबार पार्टीको जिल्ला अध्यक्ष जवाहर यादव नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको हो । बुधबार मलंगवा नगरपालिका-८ स्थित कार्यालयमा जनता समाजवादी पार्टीका कार्यकर्ताहरूले जनमत पार्टीको ब्यानरमा आगो लगाउनुका साथै कार्यालयमा तोडफोड गरेका थिए । यसअघि, जनकपुरधाममा […]

पाख्रिबास नगरपालिकामा बजेटको विषयमा जुहारी, बहिष्कारदेखि तोडफोडसम्म

असार १३, धनकुटा । देशका अधिकांश स्थानीय तहले असार १० गते बजेट तथा अगाडि नीति तथा कार्यक्रम ल्याएका छन् । सोही क्रममा धनकुटाका स्थानीय तहले पनि नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । धनकुटाका अधिकांश स्थानीय तहमा बहुमत र अल्पमतको खेल भएको छ ।  बहुमतवालाले पेलेर जाने रणनीति बनाए भने अल्पमतमा रहेकाले बहिस्कार गरेका छन् । यसै क्रममा धनकुटाको पाख्रिवास नगरपालिकामा भने तोडफोडसम्म हुन पुगेको छ । तोडफोड भएपछि त्यसको जिम्मा एकले अर्को पक्षले लिनुपर्ने बताउँदै आएका छन् ।  धनकुटाका ७ ओटै स्थानीय तहमा एमालेको ओली पक्षको एक्लै बहुमत रहेको छ भने अझ पाख्रिबास नगरपालिकामा एमालेको ओली पक्षको ५१ जनप्रतिनिधी र माधव नेपाल पक्षका १ जना जनप्रतिनिधी रहेका छन् । अरु दलका कुनै जनप्रतिनिधी छैनन् ।  एमालेले ‘क्लीन स्वीप’ गरेको पाख्रिबास नगरपालिकामा भएको विवादले भने उग्र रुप लिएको छ । नगरपालिकालको हलभित्र आठौं नगरसभा चलिरहँदा वडा नं. ४ का वडावासीहरुले आफ्नो वडाको बजेट कटौती गरी नगरप्रमुख वृषबहादुर राईले एकलौटी गर्न खोजेको भन्दै विरोध प्रदर्शनमा उत्रिएपछि भएको विवादले अहिले राजनीतिक दलहरुबीच निक्कै खटपट भएको छ । दलहरुका ध्रुविकरण बढ्दै, प्रतिकार गर्ने एमाले ओली पक्षको चेतावनी पाख्रिबासमा भएको तोडफोडपछि राजनीतिक दलहरुबीच ध्रुविकरण बढेको छ । नेकपा एमालेले सो घटनापछि राजनीतिक र कानूनी रुपमै प्रतिकार गर्ने चेतावनी दिएको छ भने नेपाली कांग्रेस सहित, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायतले एमालेले सरकारी निकाय र एमालेले प्रतिकारमा उत्रिएपछि नहट्ने चेतावनी दिएका छन् । यसले गर्दा धनकुटामा बजेटकै विषयलाई लिएर राजनीतिक दलहरुमा हुन थालेको टकरावले जिल्लामा विकास निर्माणको मात्रै होइन, सुरक्षाको चुनौती पनि थपिदिएको छ । नगरपालिकामा भएको तोडफोडको विरोधमा शुक्रवार नेकपा एमालेले धनकुटामा पत्रकार सम्मेलन आयोजना गरी पाख्रीवास नगरपालिकाको नगरसभामा भएको हुलदंगा र तोडफोडको घटनालाई कानूनी र राजनीतिक हिसावले प्रतिवाद गर्ने चेतावनी दियो ।  पत्रकार सम्मेलनमा एमाले जिल्ला अध्यक्ष राजेन्द्र राईले गुण्डागर्दी शैली देखाउनेहरुलाई पक्राउ गरी कानूनी कारबाही गर्न पनि प्रशासनलाई आग्रह गरे भने भने नेपाली कांग्रेस लगायत दलले गुण्डागर्दी शैलीमा नगरसभा विथोल्ने, सभाहल तोडफोड गर्ने, कुर्सी टेवल भाँच्ने, शिशा फुटाउने, जनप्रतिनिधि माथि हातपात गर्ने जस्तो जघन्य अपराध गरेकाले प्रतिवाद गर्ने चेतावनी दिए । सरकारी तवरबाट प्रतिकार भए प्रतिवाद गर्ने, घटनाको कारक स्थानीय तह : विपक्षी दल एमालेले प्रतिकार गर्ने चेतावनी दिएलगत्तै शुक्रवार नै पाख्रिबासमा भएको विपक्षी दलको पत्रकार सम्मेलनमा सरकारी तवरबाट प्रतिकार भए प्रतिवाद गर्ने बताएका थिए । नेपाली कांग्रेस धनकुटा लगायत विपक्षी गठनबन्धनले पाख्रिवासका केही जनप्रतिनिधिहरुले गरेको स्थानीयलाई गरेको दुर्व्यवहार र हात हाल्ने समेत गरी उत्तेजित बनाउन कार्यको सशक्त प्रतिरोध गर्ने बताएका थिए । पाख्रिवासमा भएको सर्वदलीय भेलामा सत्ता पक्ष र प्रशासनले अन्याय र जवरस्ती गरे सशक्त प्रतिरोध गर्ने बताएका हुन् । उनीहरुले नगरप्रमुख वृषबहादुर राईसहितले ओली प्रवृत्ति देखाएका कारण सम्पूर्ण शक्ति लगाएर विरोधमा उत्रने समेत बताएका छन् ।  नेपाली कांग्रेसका पाख्रिबास नगर सभापति प्रेम भण्डारी, नेकपा माओवादी केन्द्र पाख्रिबास नगर अध्यक्ष मुक्ति बजगाई, नेकपा एमाले (नेपाल–खनाल) समुहका अध्यक्ष तथा वडा नं. ४ वडाध्यक्ष सोभित निरौला, जनता समाजवादी पार्टीका जितेन्द्र माङफुङ लगायतका नेताहरुले नगर प्रमुख वृषबहादुर राईले संघीयताको मर्म विपरित अलोकतान्त्रिक ढंगले वडाका बजेट व्यापक कटौती र चरम भ्रष्टचार गरेको भण्डारफोर गर्दै जनता समक्ष जाने बताएका थिए । पाख्रिवास नगरपालिकाका जनप्रतिनिधिहरुले नै गैरजिम्मेवार ढंगले हात हालेपछि स्वभाविक रुपमा प्रतिकार भएको र अब फेरि त्यसलाई प्रतिशोध साँध्नेगरी सरकारी पक्षबाट कुनै कदम चालिए यसको कडा विरोध गर्दै शसक्त प्रतिरोध गर्ने उनीहरुले पत्रकार सम्मेलनमा बताएका थिए ।  पाख्रिवास नगरपालिकामा भएको तोडफोडको जिम्मा स्वय नगरपालिकाले लिनुपर्ने विपक्षी दलले बताएका छन् । नगरसभामा जनताका शान्तिपूर्ण मागलाई दबाउन खोज्दा सो परिस्थति आएको उनीहरुको भनाइ छ । स्थानीय तहहरुले ल्याएका बजेटहरुमा पक्षपात पूर्ण योजनाहरु, विवादास्पद परियोजनाहरु, एकलौटी ढंगबाट गरिएका कार्यहरु तत्काल सच्याउनुपर्ने उनीहरुको भनाइ छ । जनताको भावना विपरित उठेका मागहरुलाई बुद्धीमता पूर्ण हिसाबले सम्बोधन गर्नुको सट्टा उल्टै गुण्डागर्दी धाकधम्की र छलछामको माध्यम अपनाउँदा उत्पन्न हुने परिस्थितीको जिम्मेवारी पनि स्थानीय सरकारले लिनुपर्ने नेपाली कांग्रेश धनकुटाका सभापति अग्नी पौडेलले बताए । नगर सभामा तोडफोड गर्नेलाई कारवाही र क्षतिपूर्ति माग : नगरपालिका पाख्रिबास नगरपालिकाको आठौ नगर सभामा आक्रमण गरी भौतिक सामग्री तोडफोड गर्नेहरु माथि कारवाहीको माग गरिएको छ । शनिवार पाख्रिबास नगरपालिका र नेकपा एमाले पाख्रिबास नगर कमिटीले छुट्टछुट्टै पत्रकार सम्मेलन मार्फत् विज्ञप्ति जारी गरेर कारवाहीको माग गरेका छन् । नगरपालिकाले प्रमुख बृषबहादुर राईले पत्रकार सम्मेलन गरेर नगर सभा सदस्यहरुलाई हातपात गर्नेरुलाई कारवाही र ५ लाख बराबर बढीको भौतिक क्षतिको परिपूर्ति गराउन सम्बन्धित प्रशासन र प्रहरीलाई अपिल गरेका छन् ।  प्रमुख राईले बजेट विनियोजनमा नगरको वडा न.४ को असहमति भएकोले उनीहरुको असहमति नगर सभामा राखेर टुंग्याउने भनिए पनि आफूहरु माथि आक्रमण भएको बताए । तोकीएको समयमा वडाको बजेट तथा कार्यक्रम नआएपछि स्थानिय सरकार सञ्चालन ऐन अनुसार वडाका बहुमत सदस्यहरुले सिफारिस गरेको योजना समावेश गरिएको राईले जानकारी दिए ।  अध्यक्ष निरौलालाई साधारण सदस्य समेत नरहने गरी कारवाही : एमाले (ओली पक्ष) घटनालाई लिएर उता नेकपा एमाले पाख्रिबास नगर कमिटीले वडा नं. ४ का वडा अध्यक्ष निरौलालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । नेकपा एमाले पाख्रिबास नगर कमिटीले नगर कमिटीले आयोजना पत्रकार सम्मेलनमा गरेको नगर अध्यक्ष शान्तिराम गौतमले पार्टीले निरौलालाई कारबाही गरेको जानकारी दिए । विपक्षीहरु सँग साँठगाँठ गरी पाटी विरुद्धमा लागेर सार्वजनिक सम्पति तोडफोड गर्ने योजनाकार निरौलाको अध्यक्ष पदको खारेजीका लागि समेत निर्वाचन कार्यालय जाने गौतमले बताए । यता वडाध्यक्ष निरौलाले भने कारबाहीको अर्थ नरहने बताएका छन् । उनले जनताको योजना माग गर्दा कोठामा बसेर कारबाही गर्ने एमाले पार्टी नै नभएको बताएका छन् । उनले एमालेको विधान, विधी, सिद्धान्त अनुसार पार्टीको काम गरेको र स्थानीय तह सञ्चालन ऐन अनुसार वडाध्यक्षको काम गरिएको बताएका छन् । कारबाही कसले र किन गयो भन्ने जानकारी नभएको निरौलाको भनाइ छ ।  स्थानीय तहको विरोध धनकुटाका सात ओटै स्थानीय तहहरुले पाख्रिबास नरपालिकामा नगरसभा सञ्चालन भइरहेको समयमा सभाहलभित्र भएको तोडफोडको विरोध जनाएका छन् । असार १० गते पाख्रिबास नगरपालिकाको हलमा नगरसभा चलिरहेका बेला नगरपालिका तोडफोडमा संलग्नलाई कारवाहीको दायरा ल्याउन पनि सात ओटै स्थानीय तहले माग गरेका छन् । सात ओटै स्थानीय तहले विज्ञप्ती जारी गर्दै यस्ता कार्यको घोर निन्दा एवम् भत्र्सना गर्दै संलग्न जो सुकै भए पनि अबिलम्ब कानूनी दायरामा ल्याउन माग गरेका छन् ।

गुल्मीमा राजमोको ‘संगठन र संघर्ष’ अभियान : धुर्कोटमा सभा, खिल्लीमा समिति

शंकरप्रसाद पोख्रेल, गुल्मी । राष्ट्रिय जनमोर्चा, गुल्मीले ‘संगठन र संघर्ष’ अभियानलाई निरन्तरता दिएको छ । अभियान अन्तर्गत शनिबार धुर्कोट गाउँपालिकाको हाडहाडेमा विरोध सभाको आयोजना गरिएको छ भने मुसिकोट नगरपालिका–३ स्थित खिल्लिमा संगठन निर्माण भएको छ । राजमो धुर्कोट गाउँपालिकाले हाडहाडेमा प्रतिनिधि सभा विघटनविरुद्ध बिरोध सभा आयोजना गरेको हो । कार्यक्रममा प्रमुख अतिथि राजमो जिल्ला सचिव छबिलाल सर्तुङ्गीले ओली सरकारले चालेको असंवैधानिक कदमको बिरोध गर्नुभएको थियो । साथै उहाँले देशमा संघीयता असफल भैसकोले खारेज गर्न माग गर्नुभयो । त्यसै गरी उहाँले बैतडीकी भागिरथी भट्टका हत्यारा र बलात्कारीलाई कारबाही गर्नुपर्ने माग गर्नुभएको थियो । मुसिकोटको खिल्लिमा टोल समिति यता, मुसिकोट नगरपालिका वडा नं ३ अन्तरगत खिल्लिमा राजमोको टोल समिति गठन गरिएको छ । शनिबार सम्पन्न भेलाबाट केयरसिंह पाण्डेको अध्यक्षतमा ९ सदस्यीय खिल्ली टोल समिति गठन गरिएको हो । जस्को सचिवमा प्रकाश पाण्डे, कोषाध्यक्ष कमला पाण्डे, सदस्यमा लक्ष्मण पाण्डे, सुमित्रा पाण्डे, विष्णु पाण्डे, सिता पाण्डे रहनुभएको छ भने दुई स्थान रिक्त राखिएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष जीवन राना, जिल्ला सचिव छविलाल सर्तुङ्गी, जिल्ला सदस्य हरि न्यौपाने वैकल्पिक सदस्य देब रायमाझीको उपस्थिति रहेको थियो ।

गुल्मीको सत्यवती र मुसिकोटमा राजमोको विरोध शभा

शंकरप्रसाद पोख्रेल, तम्घास । राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभा विघटनको विरुद्ध गुल्मीका विभिन्न स्थानमा विरोध सभाको आयोजना गरेको छ । शुक्रबार रावजमोले सत्यवती र मुसिकोटमा विरोध सभा सम्पन्न गरेको हो । सत्यबती गाउँपालिकामा भएको विरोध सभालाई राजमोका केन्द्रीय सदस्य एवम् कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष तारा थापाले सम्बोधन गर्नुभएको थियो । त्यस क्रममा उहाँले प्रधानमन्त्री केपी ओलीले चालेका असंवैधानिक कदम सच्याउन माग गर्नुभयो । उहाँले प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्नेमा जोड दिँदै संघीयता खारेज हुनुपर्ने बताउनुभयो । नेत्री थापाले बलात्कार पछि हत्या गरिएकी किशोरी भागिरथी भट्टका बलात्कारी र हत्यारालाई छिटो पत्ता लगाएर कारबाही गर्न पनि माग गर्नुभयो ।   मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता रामकुमार क्षेत्रीले पनि सम्बोधन गर्नुभएको कार्यक्रममा नेकपा (मसाल) का जिल्ला प्रवक्ता ओमेन्द्र कुँवर, राजमो जिल्ला कोषाध्यक्ष टेकबहादुर केसी, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य गुमान सिहं पुन,अखिल नेपाल युवक संघका खिम बुचा मगरलगायतको आतिथ्यता रहेको थियो । राजमो सत्यवती गाउँपालिका अध्यक्ष मित्रलाल तरामुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत कमल पुलामी र सन्चालन नेत्र रानाले गर्नुभएको थियो भने रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले विभिन्न प्रस्तुतीहरु दिएका थिए । त्यसैगरी मुसिकोटमा सम्पन्न विरोध सभालाई राजमो जिल्ला अध्यक्ष जीवन राना, सचिव छविलाल सर्तुङ्गी, राजमो नेताहरु हरि न्यौपाने, इस्वरी आचार्य, गोपाल नेपालीलगायतले सम्बोधन गर्नुभएको थियो । राष्ट्रिय जनमोर्चा मुसिकोट नगरपालिकाका अध्यक्ष भानुभक्त खरेलको अध्यक्षयता र अर्जुन परियारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय जनमोर्चा गुल्मीले फागुनमा पनि संगठन र संघर्ष अभियान संचालन गर्ने जनाएको छ ।

भागरथीका हत्यारालाई कारबाही गर्न माग गर्दै कञ्चनपुरमा राजमोको विरोध सभा

कञ्चनपुर । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारी हत्यारालाई कारबाही गर्न माग गर्दै राष्ट्रिय जनमोर्चा कञ्चनपुरले विरोध सभाको आयोजना गरेको छ । सोमबार कृष्णपुरको गुलगरियामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै राजमो जिल्ला अध्यक्ष रामबहादुर कार्कीले तत्काल हत्यारा पत्ता लगाई कारबाही गर्न माग गर्नुभयो । उहाँले शान्तिपूर्ण प्रदर्शनका क्रममा आइतबार काठमाडौंमा विद्यार्थी नेताहरुलाई गिरफ्तारी गरिएको भन्दै आपत्ति पनि प्रकट गर्नुभयो । कार्यक्रमलाई तराई मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरी र जातीय समता समाजका महासचिव गोबिन्द विकले पनि सम्बोधन गर्नुभएको थियो । विरोध सभाको सञ्चालन राजमो जिल्ला सदस्य चक्र रैकालले गर्नुभएको थियो ।

गिरफ्तार विद्यार्थी नेताहरु रिहा

काठमाडौं । बैतडीमा हत्या गरिएकी किशोरी भागरथी भट्टको हत्यारालाई कारबाही गर्न माग गर्दै माइतीघर मण्डलामा धर्ना बस्ने क्रममा पक्राउ परेका विद्यार्थी नेताहरु रिहा भएका छन् । आइतबार साँझ राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलको रोहबरमा नेताहरु रिहा भएका हुन् । अखिल (छैठौं) को आयोजनामा भएको धर्ना कार्यक्रमबाट अध्यक्ष विमल पोखरेल र गण्डकी प्रदेश सांसद सुप्रभा थापा लगायत ७ जना नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । यो पनिः भागरथी बलात्कार हत्याको विरोध गर्दा अखिल (छैठौँ) का केन्द्रीय नेताहरू गिरफ्तार ‘हामीहरु भर्खरै रिहा भएका छौं’ अध्यक्ष पोखरेलले भन्नुभयो, ‘राजमो उपाध्यक्ष दुर्गा पौडेलको रोहबरमा हामी सबैलाई छोडेको छ ।’ रिहाईपछि अध्यक्ष पोख्रेलले बलात्कारपछि हत्या गरिएकी किशोरी भागरथी भट्टको न्यायका लागि आफूहरु थप सक्रियताका साथ देशैभर आन्दोलन गर्ने बताउनुभयो । प्रहरीले अध्यक्ष पोखरेल र सांसद थापासहित अखिल (छैठौं) का सचिव सुवास जिसी, राष्ट्रिय परिषद सदस्य सुमन पौडेल, केन्द्रीय सदस्यद्वय विवेक जिसी र प्रतिभा आचार्य, काठमाडौं जिल्ला उपाध्यक्ष ध्रुव बस्याललगायत नेताहरुलाई पक्राउ गरेको गरेको थियो । उहाँहरुलाई आइतबार दिनभर महानगरीय प्रहरी वृत सिंहदरबारमा राखि साँझ छोडेको हो । अखिल (छैठौं) ले भागरथी भट्टको बलात्कारपछि हत्या भएको भन्दै दोषीलाई कारबाही र पीडितलाई क्षतिपुर्ती दिन माग गर्दै राजधानीसहित देशका विभिन्न भागमा प्रदर्शन गरेको छ । त्यस्तै, अखिल (छैठौं) रुपन्देहीले पनि विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनमा अखिल (छैठौं) का केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष सरोजमान सिंह, जिल्ला सचिव सागर वेल्वासे र सदस्य टेकराज भुसालले सम्वोधन गर्नुभएको थियो ।

व्यवहार सच्याउन कञ्चनपुर प्रहरीलाई राजमोको चेतावनी

पुष्कर भट्ट, महेन्द्रनगर । राष्ट्रिय जनमोर्चाले निकालेको मसाल जुलुशका क्रममा प्रहरीले गरेको हस्तक्षेप र दमनप्रति राजमोले आपत्ति प्रकट गरेको छ । आइतबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गरी राजमोले घटनाको विरोध गरेको हो । पत्रकार सम्मेलनमा राजमोका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्टले शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै आपत्ति प्रकट गर्नुभयो । भट्टले भन्नुभयो, ‘प्रतिनिधि सभा विघटन गर्ने सरकारको असंवैधानिक कदमविरुद्ध हामीले देशैभर शान्तिपूर्ण प्रदर्शन गरिरहेका छौँ । त्यसै क्रममा माघ ९ गते साँझ महेन्द्रनगरमा पनि मसाल जुलुशको आयोजना गरिएको थियो । पूर्व घोषित शान्तिपूर्ण कार्यक्रममा प्रहरीले जसरी हस्तक्षेप र दमन गर्यो, त्यो निन्दनीय छ ।’ उहाँले राष्ट्रवादका नाममा प्रधानमन्त्री केपी ओलीले जनमतको खिल्ली उडाएको भन्दै उनको प्रतिगामी कदमको सशक्त रुपमा सामना गर्ने चेतावनी दिनुभयो । कार्यक्रममा राजमो जिल्ला अध्यक्ष रामबहादुर कार्कीले प्रहरी हस्तक्षेपबाट विद्यार्थी नेता पुष्कर भट्टको हात भाँचिएको भन्दै उपचार गर्न र लाठी प्रहार गर्ने प्रहरी कमाण्डरलाई कारबाही गर्न माग गर्नुभयो । यस्तै, अखिल (छैठौं) का महासचिव महेशराज जोशीले आफूहरुमाथि प्रहरीले अपराधीलाई जस्तो व्यवहार गरेको भन्दै आफ्नो व्यवहार सच्याउन प्रहरीलाई चेतावनी दिनुभयो । कार्यक्रममा तराई मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरी, समता समाजका महासचिव गोविन्द विक, रक्तिम सांस्कृतिक अभियान जिल्ला संयोजक ललित चन्द, राजमो जिल्ला उपाध्यक्ष मञ्जु परियार, अखिल (छैठौं) जिल्ला सचिव पुष्कर भट्ट लगायतका नेताकार्यकर्ताको सहभागिता थियो । राष्ट्रिय जनमोर्चा जिल्ला सचिव अहिमान थापाले संचालन गरेका कार्यक्रममा जिल्ला सहसचिव लाल बहादुर कुँवरले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरुले राजमोको संगठन र संघर्ष अभियानप्रति विभिन्न जिज्ञासा राखेको थिए । यो पनिः कञ्चनपुरमा राजमोले निकालेको मसाल जुलुशमा प्रहरी हस्तक्षेप, पाँच नेता घाइते