प्रहरी निरीक्षक कुर्मी बर्खास्त

काठमाडौं । गृह मन्त्रालयले प्रहरी निरीक्षक राजु कुर्मीलाई पदबाट बर्खास्त गरेको छ । प्रहरी महानिरीक्षकसहितका विभिन्न प्रहरी कर्मचारीविरुद्ध बेनामे उजुरी हाल्ने कुर्मीलाई गृह मन्त्रालयले प्रहरी प्रधानकार्यालयको सिफारिसमा बर्खास्त गरेको हो । मन्त्रालयले उनलाई बर्खास्त गरेको पत्र बुधबार प्रधानकार्यालय नक्साल पठाएको छ । कुर्मीलाई ‘भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने’ गरी बर्खास्त गरिएको मन्त्रालयले जनाएको छ । […] The post प्रहरी निरीक्षक कुर्मी बर्खास्त appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

जिल्ला अध्यक्ष कुट्ने इन्स्पेक्टरलाई कारबाही गर्न जसपाको माग

जसपाका सप्तरी अध्यक्ष केदारप्रसाद यादवलाई कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक नवीन थापालाई बर्खास्त गर्न माग भएको छ । जसपाले जनताको काम लिएर प्रहरी कार्यालय पुगेका वेला जिल्ला...

प्रहरी निरीक्षक कुर्मीलाई बर्खास्त गर्न सिफारिस

काठमाडौँ । प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीलाई बर्खास्त गर्न सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयले गैरव्यवसायिक आचरण देखिएको भन्दै कुर्मीलाई बर्खास्त गर्न सिफारिस गरेको हो । कुर्मीलाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरिएको प्रहरी प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयमा कार्यरत रहेका बेला कुर्मीले गैरव्यवसायिक काम गरेको दाबी […]

डा. भट्टराईको प्रश्नः प्रहरी बर्खास्त गर्दैमा राज्यको दायित्व पूरा हुन्छ ?

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गर्दैमा राज्यको दायित्व पूरा नहुने बताएका छन् । उनले अपराधी पत्ता लगाउन राज्यलाई ...

निर्मला प्रकरण : एसपी विष्ट र इन्सपेक्टर भट्ट बर्खास्त :: Pahilopost.com

काठमाडौँ: १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याकाण्डमा निलम्बनमा परेका तत्कालीन कञ्चनपुर जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई गृह मन्त्रालयले बर्खास्त गरेको छ। बिहीबार गृह मन्त्रालयमा बसेको गृहसचिव स्तरको बैठकले उनीहरुलाई बर्खास्त गर्ने निर्णय गरेको हो। प्रहरी प्रधान कार्यालयले बिहीबार दिउँसो मात्रै एसपी