नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेशले आफ्नो पार्टीका तीन मन्त्रीको बहिर्गमनसँगै सो ठाउँमा आफ्नै पार्टीका तीन जनालाई पठाउने निर्णय गरेको छ । आइतबार बसेको प्रदेश कमिटीको बैठकले सो निर्णय गरेको हो ।सरकारमा रहेका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अमरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको पदावधि सोमबार समाप्त हुँदैछ । प्रदेशसभा सदस्य नरहेको व्यक्ति बढीमा ६ महिनासम्म मात्र मन्त्री हुन पाउने भएकाले उनीहरु तीन