सुनसरी : जिल्लाको बर्जु गाउँपालिकामा दादुरा फैलिएको छ।दुई साताको अवधिमा बर्जुमा २९ जना दादुरा पोजेटिभ पाइएका हुन्। बर्जुमा पहिलोपटक २ नम्बर वडामा ७ महिने शिशुमा दादुरा पुष्टि भएको थियो। हाल उक्त गाउँपालिकाको ६ मध्ये ४ वटा वडामा दादुरा संक्रमित बिरामी फेला परेका छन्।तीमध्ये केही वयस्क व्यक्तिसमेत रहेका छन्। योसँगै गाउँपालिकाको एकै ठाउँमा एकसाथ ५ जना बढी दादुरा संक्रमित भेटिएसँगै स्वास्थ्य कार्यालय सुनसरीले आपत्कालीन कार्य योजना अघि बढाएको छ।प्रदेश १ सरकार, स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ
सुनसरी । सुनसरीको बर्जु गाउँपालिकामा दादुरा फैलिएको छ । दुई साताको अवधिमा बर्जुमा २९ जना दादुरा पोजेटिभ पाइएका हुन् । बर्जुमा पहिलो पटक २ नम्बर वडामा ७ महिने शिशुमा दादुरा पुष्टि भएको थियो । हाल
मोरङ – प्रदेश १ सरकारले चार जिल्लालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। प्रदेश सरकार स्वास्थ्य मन्त्रालय प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्रद्वारा धनकुटामा आयोजित एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ बजेटमा राखिएको बताएका छन्। बुधबार आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले जनताको स्वास्थ्यजति संवेदनशील र सरकारका लागि महत्वपूर्ण अन्य कुरा नरहेको बताए। […]
विनियोजन विधेयकमा निर्दिष्ट गरिएका शीर्षकमाथिको छलफल समाप्त भएको छ । प्रदेश नं १ प्रदेशसभाको आज बसेको बैठकमा स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल भएको थियो ।छलफलमा प्रदेशसभा सदस्य सञ्जाकुमारी दुनुवारले नागरिकको स्वास्थ्यका लागि स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेटको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताइन् । सदस्य सावित्रकुमारी रेग्मीले सामाजिक क्षेत्र र स्वास्थ्य क्षेत्रमा विनियोजित बजेटलाई कार्यान्वयन गराउन निर्देशिका पनि आवश्यक रहेको बताइन् । सदस्य शान्ता पोखर
विराटनगर- विनियोजन विधेयकमा निर्दिष्ट गरिएका शीर्षकमाथिको छलफल समाप्त भएको छ । प्रदेश नं १ प्रदेशसभाको आज बसेको बैठकमा स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल भएको थियो । छलफलमा प्रदेशसभा सदस्य सञ्जाकुमारी दुनुवारले नागरिकको स्वास्थ्यका लागि स्वास्थ्य क्षेत्रमा छुटाइएको बजेटको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । सदस्य सावित्रीकुमारी रेग्मीले सामाजिक क्षेत्र र स्वास्थ्य क्षेत्रमा […]
विराटनगर : प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले प्रयोगशालाको प्रभावकारी जाँचबाट क्षयरोग पत्ता लाग्ने र नियमित औषधि सेवन गरे सजिलै निको हुने बताएका छन्। क्षयरोग निवारण दिवसका अवसरमा स्वास्थ्य मन्त्रालय, विराटनगर महानगरपालिका, स्वास्थ्य निर्देशनालय र नेपाल क्षयरोग निवारण संस्थाद्वारा संयुक्त रुपमा आज (बिहीबार) आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन्।समुदाय नागरिक समाज, सार्वजनिक तथा निजी सेवा प्रदायकहरूको ऐक्यबद्धता तथा सहभागितामा जोड दिएर क्षयरोग नियन्त्रण गर्
माघ १८, विराटनगर । प्रदेश १ सरकारमा ५ मन्त्रालय थपिएर १२ पुगेको छ । यसअघि ७ ओटा मात्रै मन्त्रालय थिए ।
प्रदेश मन्त्रिपरिषद्को आइतवार बसेको बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गरी ७ ओटा मन्त्रायलाई १२ ओटा बनाएको हो । गठबन्धनमा भाग पुर्याउन मन्त्रालय थप गरिएको हो । तर सरकार पक्षले मन्त्रालय थपिए पनि आर्थिक भार नथपिने दाबी गरेको छ ।
थप गरिएका सहित अब प्रदेश १ मा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, खानेपानी सिँचाई तथा ऊर्जा मन्त्रालय, वन वातावरण तथा भू संरक्षण मन्त्रालय, पर्यटन तथा संस्कृति मन्त्रालय, उद्योग श्रम तथा रोजगार मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, भूमि सहकारी तथा यातायात व्यवस्था मन्त्रालय रहनेछन् ।
मन्त्रालयको विस्तार गरिएपनि मन्त्रीहरु भने टुंगो लागि सकेका छैनन् । मन्त्रालय थपिएको भन्दै नेकपा एमालेले सरकारले भाग भण्डाका लागि सरकारलाई आर्थिक भार थपेको भन्दै विरोध गरेको छ भने एमालेको भातृ संगठन अनेरास्ववियूले सडक आन्दोलन शुरु गरेको छ ।
प्रदेश १ सरकारको मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन भइसकेकोले यही साता मन्त्रिपरिषद् विस्तार हुने भएको छ । नेकपा एकीकृत समाजवादीका राजेन्द्रकुमार राई कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएपछि उनले कात्तिक १७ गते आर्थिक मामिला तथा योजना मन्त्रीमा नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो, भौतिक पूर्वाधार विकासमन्त्रीमा नेपाली कांग्रेसका हिमाल कार्की, आन्तरिक मामिला तथा कानूनमन्त्रीमा कांग्रेसका केदार कार्की, सामाजिक विकासमा जनता समाजवादी पार्टीका नेता जयराम यादव र सोही मन्त्रालयको राज्यमन्त्रीमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णु तुम्बाहाम्फेलाई नियुक्त गरेका थिए ।
अब दलहरुबीच भागबण्डा गरेर बाँकी मन्त्रीहरुको नियुक्त गरिनेछ । स्रोतका अनुसार कांग्रेसले ४, माओवादी केन्द्रले ३, एकीकृत समाजवादीले मुख्यमन्त्रीसहित ३ र जसपाले १ मन्त्रालय लिनेबारे दलहरुबीच सहमति छ । बाँकी रहेको १ मन्त्रालयमा कांग्रेस र एकीकृत समाजवादी दुवैको दाबी रहेको छ । मन्त्रीसहित अब मन्त्रिमण्डल विस्तारमा केहि राज्यमन्त्री पनि थप हुँदा मन्त्रिपरिषद्को संख्या १५ सम्म पुग्ने बताइएको छ ।
मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रालयको बाँडफाँट र मन्त्रीको नाम टुंग्याएर यो हप्ताभित्र मन्त्रिपरिषद् विस्तार गर्ने बताएका छन् । मन्त्रालय विस्तारका लागि शीर्ष नेताहरुसँग परामर्श गर्न मंगलवार काठमाडौं गएका छन् ।
थपिएका मन्त्रालयलाई सरकारी भवनमै राखिने
प्रदेश १ सरकारले मन्त्रालयको संख्या बढेपनि सकेसम्म प्रदेश सरकारमा आर्थिक बोध नथप्ने नीति लिएको छ । त्यसको लागि यसअघिका मुख्यमन्त्रीले निजी घर भाडामा लिएर आवास बनाएकोमा मुख्यमन्त्री राजेन्द्र राईले सरकारी भवनलाई नै आवास बनाएका छन् । यस्तै थपिएका मन्त्रालय पनि सरकारी भवनमै रहनेछन् ।
तत्कालको लागि सामाजिक विकास मन्त्रालय रहेको भवनमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय राखिने भएको छ । यस्तै साविकको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय रहेको भवनमा वन, वातावरण तथा भु संरक्षण मन्त्रालय र उद्योग, श्रम तथा रोजगार मन्त्रालय रहनेछ ।
साविकको भौतिक पूर्वाधार विकास मन्त्रालय रहेको भवनमा सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र खानेपानी, उर्जा तथा सिँचाई मन्त्रालय रहने भएको छ । पर्यटन तथा संस्कृति मन्त्रालय र भूमि, सहकारी तथा यातायात व्यवस्था मन्त्रालय राख्नको लागि प्रदेश योजना आयोग र पशुपंक्षी तथा मत्य विकास निर्देशनालयको भवन तयार गरिएको छ ।
प्रदेश सरकारलाई केही सरकारी कार्यालयहरू प्राप्त भएकाले त्यसको मर्मत सम्भार गरेर मन्त्रालय सार्ने सरकारको योजना छ । मन्त्रालय राख्नको लागि प्रदेश सरकारले खाद्य प्रविधि तथा गुण नियन्त्रण, बाली संरक्षण प्रयोगशाला र शिक्षा विकास तथा समन्वय इकाई मोरङलाई प्राथमिकतामा राखेको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र प्रदेश खेलकुद विकास बोर्डको कार्यालय पनि प्रदेश सरकारले हेरिरहेको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।
चाडपर्वलाई मध्यनजर गर्दै स्वास्थ्य सेवा विभागले एन्टिजेन परीक्षणको व्यवस्था गर्न विभिन्न निकायलाई अनुरोध गरेको छ ।
सबै हेल्थ डेस्क, नगर तथा गाउँपालिकाहरू, स्वास्थ्य कार्यालय, स्वास्थ्य निर्देशनालय, प्रदेशस्तरीय स्वास्थ्य मन्त्रालय (बागमती, गण्डकी, लुम्बिनी) र प्रदेशस्तरीय सामाजिक विकास मन्त्रालय (प्रदेश १, २, कर्णाली र सुदूरपश्चिम) लाई विभागले एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन अनुरोध गरेको हो ।
चाडपर्व मनाउन विदेशबाट नेपाल प्रवेश गर्ने यात्रुहरूको सकेसम्म सीमा नाकाका हेल्थ डेस्कहरूमा र छुटेकाहरूको समुदायमा तथा देशभित्रकै उ...
विराटनगर: प्रदेश १ मा कोरोना भाइरसबाट संक्रमितको संख्या बढ्दै गएको छ। पछिल्लो केही दिनयता प्रदेशमा कोरोना संक्रमितका साथै मृतकको संख्यामा पनि वृद्धि हुँदै गएको छ।
स्वास्थ्य मन्त्रालय र प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले दैनिक ब्रिफिङ गरेर संक्रमणको अवस्था बताउँदै आएको छ। यद्यपि, केन्द्र र प्रदेशबीच सहर्काय नहुँदा