काठमाडौं — स्वस्थ रहनका लागि स्लिम हुनु जरूरी हुन्छ । मोटो मान्छेलाई अनेकौं रोगले सताउँछ । एकचोटि तौल बढेपछि घटाउनका लागि धेरै मेहनत गर्नुपर्ने हुन्छ ।
यसका लागि कसैले जिम धाउँछन् भन्ने अरूहरू डाइटिङ गर्छन् ।
तर तपाईंलाई थाहा छ, चिसो पानीले नुहाउँदा पनि तौल घट्छ । शरीरमा दुई किसिमका बोसोहरू हुन्छन् : सेतो र खैरो । सेतो बोसो बढ्यो भने शरीर मोटाउँछ । चिसो पानीले नुहाउँदा शरीरमा बढेको बोसो घट्छ ।
यसका अरू पनि फाइदा छन् । चिसो पानीले नुहाउँदा तनाव कम हुन्छ । यसले रक्तसञ्चार बढाउँछ जसका कारण बोसो घट्छ । ...