काठमाडौं : हिजोआज अधिकांशले आफ्नो स्वास्थ्य र तौलको विशेष ख्याल राख्छन्। यसका लागि उनीहरूले आफ्नो खानपानमा विशेष सावधानी अपनाउने गर्छन्।बढ्दो मोटोपनको समस्याबाट छुटकारा पाउन भन्दै धेरै मानिसले भात खाँदैनन् तर भातको साटो गहुँको रोटी खान्छन्। के तौल घटाउन भातको साटो रोटी खानु उपयुक्त हो त?पोषणविद्हरूका अनुसार भात र रोटी दुवै आ-आफ्नो ठाउँमा फाइदाजनक हुन्छ। स्वास्थ्यको हिसाबले कुनै पनि कुरा छाड्नु राम्रो होइन। आफ्नो तौल घटाउने सोचमा हुनुहुन्छ भने तपाईले एउटा काम गर्न सक्नुहुन्छ।