पाल्पा – पाल्पाको तिनाउ गाउँपालिकाले भौतिक उपस्थितिमा आलोपालो प्रणालीमा कक्षा सञ्चालनमा ल्याएको छ । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण पाँच महिनादेखि बन्द रहेका विद्यालयमा आलोपालो प्रणालीबाट कक्षा सञ्चालनमा ल्याइएको हाे ।
गाउँपालिकाले कक्षा वारअनुसार जाेर-विजाेर प्रणालीमा सञ्चालन गर्ने गरेको पालिकाका प्रवक्ता राजेश श्रेष्ठले बताउनुभयो । स्थानीय तहमा कोरोना भाइरस सङ्क्रमण जोखिम न्यूनीकरण हुँदै गएसँगै हप्ताअघि गाउँपालिकाभित्रका सबै विद्यालय नियमित रुपमा खोली वारअनुसार कक्षा सञ्चालन गर्न...