काठमाडौं : कोरोना महामारीको तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था खुलेका छन्।करिब एक महिना पश्चात विद्यालय खुलेका हुन्। कोरोना संक्रमण मत्थर भएपछि फागुन १ देखि विद्यालय खोल्ने निर्णय सरकारले गरेको हो। विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्ने व्यवस्था गरिएको छ।स्वास्थ्यको मापदण्ड अनिवार्य पालना गरेर मात्र विद्यालय सञ्चालन गर्न सरकारले निर्देशन दिएको छ। संक्रम