काेराेना जोखिमका आधारमा विद्यालय बन्द गर्ने वा खोल्ने अधिकार पालिकालाई

काठमाण्डाै – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा शुक्रवार बसेको बैठकपछि मन्त्रालयले विज्ञप्ति निकालेर विद्यालयहरूमा सावधानी अपनाउन आग्रह गरेको हो । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएर विद्यालय बन्द गर्न विज्ञहरूले सुझाव दिइरहेका बेला शिक्षा मन्त्रालयले भने विद्यालय बन्द नगर्ने आशयको विज्ञप्ति निकालेको छ । मन्त्रालयले स्वास्थ्य मापदण्ड अपनाएर, आलोपालो वा सिफ्टमा भए पनि विद्यालय सञ्चालन ...