फागुन १ गतेबाट विद्यालय सञ्चालन गर्न सिसिएमसीको सिफारिस

काठमाडौं : कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले देशभरका विद्यालय फागुन १ गतेदेखि सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको छ।आइतबार बसेको सिसिएमसीको बैठकले आगामी फागुन १ गतेबाट सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र गृह मन्त्रालयलाई सिफारिस गरेको सिसिएमसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन्।उनका अनुसार स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर आलोपालो प्रणालीबाट कक्षा सञ्चालन गर्नुपर्ने छ। ‘विद्यालय, विश्वविद्यालय, तालिम सेन्टर केन्द्र जनस्वास्थ्य मापदण्ड पालना

सम्बन्धित सामग्री

आइतबारबाट पूर्ण रुपमा विद्यालय खुल्दै

लमजुङका विद्यालयहरु फागुन १ गते आइतबारदेखि पूर्ण रुपमा सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय लमजुङले फागुन १ गतेबाट विद्यालयहरु सञ्चालनका लागि अनुमति दिएको छ । प्रशासनले एक सूचना जारी गर्दै स्वास्थ्य मापदण्ड अपनाएर नियमित विद्यालय सञ्चालन गर्न अनुरोध गरेको छ ।

फागुन १ गतेबाट विद्यालय खोल्न सीसीएमसीसीको सिफारिस

कोरोनाको तेस्रो लहर ओमिक्रोनको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएको विद्यालय खुल्ने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को आइतबार बसेको बैठकले आगामी फागुन १ गतेदेखि बन्द रहेका विद्यालय सञ्चालन गर्न दिने निर्णय भएको सीसीएमसीसीका प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो ।