काठमाडौं : सरकारले कोभिड–१९का कारण बन्द गरेको करिब एक महिनापछि विद्यालय खोल्न अनुमति दिएको छ। सबै स्कुलले फागुन १ देखि विद्यार्थीको भौतिक उपस्थितिमा अध्यापन गर्न पाउने छन्। त्यहीअनुसार देशभरका अधिकांश स्कुलले सबै कक्षाका विद्यार्थीलाई स्कुलमै बोलाएका छन्।तर, विद्यालयले पहिलाजस्तो गरी कक्षा सञ्चालन गर्न भने पाउने छैनन्। जिल्ला प्रशासन कार्यालय काठमाडौं,भक्तपुर र ललितपुरले माघ २३ गते जारी गरेको आदेशमा नियमित कक्षा सञ्चालन नगर्नू भनेको छ।‘विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भए