काठमाडौं : कोभिड-१९ का कारण लकडाउन भएकाे करिब एक महिनापछि यतिखेर देशभरिकै विद्यालय खुलेका छन्। तर अधिकांशमा नियमित नभई आलोपालो प्रणालीबाट मात्रै पठनपाठन भइरहेको छ। कोरोना संक्रमण तीव्र गतिमा बढेकै कारण गत पुस २७ गतेदेखि माघ मसान्तसम्म सबै शैक्षिक संस्था बन्द भएका थिए। कोरोना संक्रमणदर घट्दै गएपछि सरकारले फागुन १ बाट आलोपालो प्रणालीबाट कक्षा सञ्चालन गर्न अनुमति दिएको छ।सरकारले १२ वर्षमाथिको उमेर समूहको हकमा नियमित र १२ वर्षमुनिका विद्यार्थीका हकमा आलोपालो प