शान्तिपूर्ण रुपमा सत्ता छाडेर आत्मसमर्पण गर्न अफगान सरकारलाई तालिवानको आग्रह

काठमाडौं । अफगानिस्तानको शासन सत्तामा पुनः कब्जा गर्ने तयारीमा रहेको तालिवान लडाकू समूहले अफगान सरकारलाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न चेतावनी दिएको छ । तालिवान प्रवक्ताले कुनै हिंसाबिना आत्मसमर्पण गर्न सरकारलाई आग्रह गरेका हुन् । तालिवानले आफूहरु वल प्रयोग गरेर काबुल छिर्न नचाहेको भन्दै आफ्ना सबै मुजाहिद्दिनहरुलाई काबुल गेटमै रोकिन निर्देशन दिएको बताएका छन् । […]

सम्बन्धित सामग्री

सत्ता पाउनेबित्तिकै तालिबानले हजाराहरूको हत्या गरेको खुलासा

तालिबानले अफगानिस्तानमा कब्जा गरेलगत्तै देशको मध्यभागमा रहेको दायकुंडी प्रान्तमा हजारा समुदायका १३ जनाको हत्या गरेको खुलासा भएको छ ।  मर्नेहरूमा १७ वर्षीया एक किशोरी पनि थिइन् ।  अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलको रिपोर्टमा यो खुलासा भएको हो ।  गत अगस्ट ३० मा लगभग ३०० तालिबान लडाकूले खिद्र जिल्लामा अफगान सुरक्षा फौजमा रहेका हजाराहरूको हत्या गरेको रिपोर्टमा उल्लेख छ ।  मंगलवार प्रकाशित रिपोर्टअनुसार, सुरक्षाफौजका मानिसलाई नदीको किनारमा लगियो । उनीहरूले आत्मसमर्पण गरे...

पंजशिरका लडाकूको दाबी, आक्रमणमा मारिए ६०० जना तालिबान लडाकू

तालिबानले अफगानिस्तानका सबै प्रान्तमा विजय हासिल गरिसकेको भए पनि पंजशिर नियन्त्रणमा लिन सकेको छैन ।  त्यसलाई पनि कब्जामा पार्नका लागि तालिबानले आक्रमण गरिरहेको छ । शनिवार तालिबानका ६०० जना लडाकूलाई मारेको अफगान प्रतिकार बलहरूले बताएका छन् ।  ‘लगभग ६०० जना तालिबान आतंकवादीहरूलाई पंजशिरका विभिन्न जिल्लामा सफाया गरिएको छ । एक हजारभन्दा बढी तालिबान लडाकूहरूलाई नियन्त्रणमा लिइएको अनि कतिपयले आत्मसमर्पण गरेका छन्,’ प्रतिकार बलका प्रवक्ता फाहिम दश्तीले बताए ।  तालिबानले अन्य प्रान्तबाट आपू...

अफगान सेनाले सहजै आत्मसमर्पण गर्नुको खास कारण– अमेरिकाको एक गल्ती पर्न गयो भारी

अमेरिका तथा पश्चिमका मुलुकहरूलाई चकित खुवाउँदै तालिबानले सोचेभन्दा छिटो देशमा कब्जा जमाएपछि यसको कारण धमाधम खोतल्न थालिएको छ ।  अफगान सेना तालिबानसँग लड्न तयार नभइसकेको अवस्थामा अमेरिका र नेटोले देश छोड्नु यसको एउटा कारण मानिएको छ ।  अनि अफगान सेना तथा सरकारमा व्याप्त चरम भ्रष्टाचारले गर्दा युद्धमोर्चामा लड्ने सैनिकहरू राम्रो तलब नपाएकाले हतोत्साहित भएर छिटो आत्मसमर्पण गरेको अर्को कारण देखाइएको छ । तीन लाख सैनिक छन् भने पनि खासमा नभएका सैनिक देखाएर सेनाका उच्च अधिकृतले तलब खाइदिने गरेको अर्को कारण ब...

अफगान स्पेशल फोर्सले कन्धारमा आत्मसमर्पण गरेको तालिबानको दावी

काबुलको दक्षिणमा अवस्थित कन्धार शहरमा बगराम एयरबेस छ, जुन स्थानमा अमेरिकी नेतृत्वको गठबन्धन भएका दलहरूको अभियान केन्द्र छ ।

अफगान विशेष दलद्वारा तालिबानसमक्ष आत्मसमर्पण, तीन दिनदेखि घेरेका थिए

अफगानिस्तानको कंधार विमानस्थलमा डेरा जमाएर बसेका अफगान सेनाको एक विशेष दलका हज्जारौं सैनिकले तालिबान समक्ष आत्मसमर्पण गरेको छ । तालिबानले सोमबार एक बयान जारी गरेर यसबारे जानकारी दिएको हो । तालिबानी लडाकूले पछिल्लो तीन दिनदेखि यो दललाई घेरेका थिए । काबुलको दक्षिणस्थित कंधार शहरमा बगराम एयरबेस पनि छ जुन अमेरिकी नेतृत्व भएको गठबन्धन दलको अभियान केन्द्र रहँदै आएको छ ।

अशरफ घानीकाे सरकार किनारा लाग्दै !

काठमाण्डौ – अफगान राष्ट्रपति अशरफ घानीको सरकार देशमाथिको नियन्त्रण गुमाउने अवस्थामा पुगेको छ ।  काबुलबाहेक सबै सहर नियन्त्रणबाहिर गइसकेको अवस्थामा राष्ट्रपति घानीसँग तालिबान विद्रोही समूहसमक्ष आत्मसमर्पण गर्ने कि राजधानी आफ्नो सरकारको नियन्त्रणमा राख्न युद्ध गर्ने भन्ने कठिन विकल्प छ ।  रातारात अमेरिकी राष्ट्रपति जो बाइडेनले रक्तपातबाट बच्नका लागि राजनीतिक सम्झौता गर्न अफगानिस्तान सरकारलाई आग्रह गर्नुभएको थियो ।  राष्ट्रपति घानीले हिजो शनिवार साहसी सुरक्षा बलको प्रशंसा गर्दै अफगान नागरिकलाई एक स...

कावुल बाहेकका अफगानिस्तानका सबैजसो मुख्य शहर तालिबानको नियन्त्रणमा

काठमाडौँ- अफगानिस्तानको राजधानी कावुलबाहेक सबैजसो मुख्य शहर तालिबानले नियन्त्रणमा लिएको छ । मुस्लिम अतिवादी विद्रोही समूह तालिबानले आज बिहान पूर्वी शहर जलालावाद सहरमा पनि नियन्त्रणमा लिएको छ । अफगान सुरक्षाकर्मीहरू आत्मसमर्पण शैलीमा प्रतिकारबिनै जलालावाद तालिबानलाई  छोडेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । तालिबान अब राजधानी काबुल कब्जा गर्न अघि बढिरहेका छन् । अमेरिकी सैनिक फिर्ता […]

अफगानिस्तानका युद्धसरदार इस्माइल खानले तालिबानसमक्ष गरे आत्मसमर्पण

अफगानिस्तानमा तालिबानले देशको दोस्रो ठूलो शहर कन्दहार समेत १७ वटा प्रान्तमा कब्जा गरिसकेको छ ।  तालिबानविरुद्ध लड्नेहरूले धमाधम आत्मसमर्पण गर्न थालेका छन् ।  हेरात प्रान्तको गभर्नर रहिसकेका युद्धसरदार इस्माइल खानले पनि तालिबानसमक्ष आत्मसमर्पण गरेका छन् ।  उनी र उनका लडाकूहरू तालिबानको नियन्त्रणमा आफ्नै घरमा छन् । आफूलाई तालिबानले राम्रो व्यवहार गरिरहेको उनले बताएका छन् ।  त्यस्तै अफगान सरकारका गृह राज्यमन्त्री रहमान, हेरात प्रशासन प्रमुख खयाल नबी अहमदजई, हेरातका गभर्नर अब्दुल सबुर काने र राष्ट्रिय स...

तालिबानको धम्की – अफगान सैनिकले आत्मसमर्पण गरोस्, टर्कीलाई पनि चेतावनी

अफगानिस्तानका एक वरिष्ठ बागी नेताले तालिबानले अफगान सैनिकसँग शहरमा लड्न नचाहेको बताउँदै उनीहरुले आत्मसमर्पण गरेको देख्न चाहेको बताएका छन् ।समाचार एजेन्सी एएफपीले आफ्नो रिपोर्टमा यसबारे जानकारी दिएको छ ।यसैबीच तालिबान नेताले टर्कीलाई पनि अफगानिस्तानमा आफ्नो सेनाको उपस्थिति नबढाउन चेतावनी दिएको छ ।कट्टरपन्थी इस्लामी समूह ‘तालिबान’ ले अफगानिस्तानका अधिकांश इलाकामा कब्जा जमाएको छ । विदेशी सैनिक फिर्ता भएपछि तालिबानले अत्यधिक तीब्र गतिमा आफ्नो कब्जा भएको क्षेत्रको विस्तार गरेको छ ।अफगानिस