तालिबान लडाकूहरूले अफगानिस्तानका उच्च सैनिक अधिकृत तथा अमेरिकाका निकट साझेदार अब्दुल राशिद दोस्तमको घरमा मोजमस्ती गरेको भिडियो सार्वजनिक गरेका छन् ।
अफगान सेना किन यति कमजोर भएर तालिबानसमक्ष आत्मसमर्पण गरेको भन्ने कुरालाई दोस्तमको विलासी घरले राम्ररी देखाएको विश्लेषकहरू बताउँछन् ।
मजार-ए-शरीफमा रहेको दोस्तमको विलासी घरको भित्री भाग हेर्दा सेनाका उच्च अधिकृतहरू भ्रष्टाचारको रकमबाट मोज गर्ने अनि तल्लो दर्जाका जवानहरू युद्धमा खटिन बाध्य हुने स्पष्ट भएको छ ।
तालिबान लडाकूहरूले शनिवार मजार ए शरीफमा कब्जा ...