तालिबानले अफगानिस्तानमा कब्जा गरेलगत्तै देशको मध्यभागमा रहेको दायकुंडी प्रान्तमा हजारा समुदायका १३ जनाको हत्या गरेको खुलासा भएको छ ।
मर्नेहरूमा १७ वर्षीया एक किशोरी पनि थिइन् ।
अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलको रिपोर्टमा यो खुलासा भएको हो ।
गत अगस्ट ३० मा लगभग ३०० तालिबान लडाकूले खिद्र जिल्लामा अफगान सुरक्षा फौजमा रहेका हजाराहरूको हत्या गरेको रिपोर्टमा उल्लेख छ ।
मंगलवार प्रकाशित रिपोर्टअनुसार, सुरक्षाफौजका मानिसलाई नदीको किनारमा लगियो । उनीहरूले आत्मसमर्पण गरे...