अशरफ घानीकाे सरकार किनारा लाग्दै !

काठमाण्डौ – अफगान राष्ट्रपति अशरफ घानीको सरकार देशमाथिको नियन्त्रण गुमाउने अवस्थामा पुगेको छ ।  काबुलबाहेक सबै सहर नियन्त्रणबाहिर गइसकेको अवस्थामा राष्ट्रपति घानीसँग तालिबान विद्रोही समूहसमक्ष आत्मसमर्पण गर्ने कि राजधानी आफ्नो सरकारको नियन्त्रणमा राख्न युद्ध गर्ने भन्ने कठिन विकल्प छ ।  रातारात अमेरिकी राष्ट्रपति जो बाइडेनले रक्तपातबाट बच्नका लागि राजनीतिक सम्झौता गर्न अफगानिस्तान सरकारलाई आग्रह गर्नुभएको थियो ।  राष्ट्रपति घानीले हिजो शनिवार साहसी सुरक्षा बलको प्रशंसा गर्दै अफगान नागरिकलाई एक स...